अनेरास्ववियु मकवानपुरले दियो आफ्ना कार्यकर्तालाई प्रशिक्षण
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन-अनेरास्ववियु , मकवानपुरले बिषयगत प्रशिक्षण आयोजना गरेको छ । अखिलले आफ्ना कार्यकर्ता स्पातिला बनाउने उद्देश्य राखी प्रशिक्षण दिएको हो । अहिले अखिलले "एक कमिटी पाँच काम" अभियान संचालन गरिरहेको छ र अखिल आफ्ना कार्यकर्तालाई पुर्ण क्षमतावान, बैचारिक, सांगठनिक कार्यभारबारे जानकार बनाउन चाहिरहेको छ । यसै सन्दर्भमा मंसिरको प्रदेससभा र प्रतिनिधिसभा निर्वाचन केन्दृत गतिविधिबारे पनि अखिलले योजना बनाएको छ । योजना बमोजिम अखिलले नयाँ मतदाताको पहिचान र मतदाता शिक्षा संचालन गर्ने अखिल मकवानपुर अध्यक्ष भुवन मैनालीले बताउनु भयो ।
अनेरास्ववियुले आयोजना गरेको प्रशिक्षणमा नेकपा एमाले पार्टी केन्द्रिय सदस्य रामेश्वर रानाले वर्तमान राजनितिक अवस्था र नेकपा एमाले बिषयमा प्रशिक्षण प्रदान गर्नु भयो । एमालेकै बागमती प्रदेस कमिटी उप सचिव महेस बर्तौलाले नयाँ पुस्...








