Saturday, April 18News That Matters

अर्थ

भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्दै सिक्लेस हाइड्रोपावर

भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्दै सिक्लेस हाइड्रोपावर

अर्थ, ट्रेन्डिङ
सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असोज २ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद असोज १२ गतेसम्म लम्बिनेछ। ...
सिद्धार्थ बैंकमा पनि अब आस्वा शुल्क निःशुल्क, सेयर भर्दा पैसा नलाग्ने

सिद्धार्थ बैंकमा पनि अब आस्वा शुल्क निःशुल्क, सेयर भर्दा पैसा नलाग्ने

अर्थ
सिद्धार्थ बैंकले पनि आस्वा शुल्क नलिने घोषणा गरेको छ । अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । यस अघि यो बैंकले आस्वावापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो । योसँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या ७ पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेपछि बैंकहरुले धमाधम यसलाई निःशुल्क गर्न थालेका हुन् ।...
श्रृजनशील लघुवित्तको आइपीओमा १९ लाख बढीले गरे आवेदन, पर्ने सम्भावना कति

श्रृजनशील लघुवित्तको आइपीओमा १९ लाख बढीले गरे आवेदन, पर्ने सम्भावना कति

Breaking news 1, अर्थ
श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गते बुधबारदेखि निष्काशन गरेको शेयरमा १९ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबारसम्ममा १९ लाख ५ हजार १८६ जना आवेदनबाट २ अर्ब ९ करोड ६४ लाख ५ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख ६४ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको हो । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो। आइतबारसम्म लघुवित्तको आइपीओमा आवेदन गर्ने अन्तिम दिन हो। बेलुका पाँच बजेसम्मको तथ्याँक हेर्दा कुल आवेदकमध्ये ...
खप्तड लघुवित्तको आईपीओ भाेली बाँडफाँट हुने, १२ हजार ३४० आवेदकले मात्रै शेयर पाउने

खप्तड लघुवित्तको आईपीओ भाेली बाँडफाँट हुने, १२ हजार ३४० आवेदकले मात्रै शेयर पाउने

Breaking news 1, अर्थ, ट्रेन्डिङ
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गते देखि निष्काशन गरेको आईपीओ भाेली सोमबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलको कार्यालय, कमलपोखरीमा भाेली सोमबार बिहान १० बजे बाँडफाँट हुने भएको हो । लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको थियो । त्यस मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ । लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाका माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ...
श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Breaking news 1, अर्थ, ट्रेन्डिङ
श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिनकाठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। लघुवित्तले सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । लघुवित्तले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गरेको छ। निष्काशन गरिएको कुल ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयरमध्ये ५ हजार ४ सय ७० कित्ता कर्मचारीहरुका लागि र १९ हजार ६ सय ९० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयरमा सर्वसाधारण आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशे...
श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपिओ मा कति पर्यो आवेदन

श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपिओ मा कति पर्यो आवेदन

अर्थ
श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेदेखि निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आइतबार अन्तिम दिन हो । उक्त कम्पनीको आईपीओमा शुक्रबार दिउँसोसम्म १३ लाख ४ हजार २ सय ५ जना आवेदनले १ अर्ब ४४ करोड ८० लाख ३७ हजार रुपियाँ बराबरको १ करोड ४४ लाख ८० हजार ३७० कित्ता शेयरको लागि आवेदन दिएका छन् भने उक्त संख्या बढ्दो छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपियाँ बराबरको आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपियाँ अंकित ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको हो । उक्त आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ । कूल ३ लाख ९३ हजार ७ सय ५० कित्तामध्ये ५ हजार ४ सय ७० कित्ता कर्मचारीहरुका लागि, १९ हजार ६ सय ९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयर सर्वसाधारणका लागि बिक्...
खप्तड लघुवित्तको आईपीओ प्रि अलोटमेन्ट आज हुँदै, बाँडफाँड कहिले ?

खप्तड लघुवित्तको आईपीओ प्रि अलोटमेन्ट आज हुँदै, बाँडफाँड कहिले ?

अर्थ, ट्रेन्डिङ
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदाै ८ गतेदेखि भदाै १२ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे प्रि अलाेटमेन्ट आज (भदाै १७ गते, शुक्रबार) हुँदैछ । निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आज प्रि-अलाेटमेन्ट सम्पन्न गरी आगामी साेमबार बाँडफाँड गरिनेछ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियाे । जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणलाई छुट्याइएकाे थियाे । अन्तिम दिनसम्म १८ लाख ५० हजार १ सय ३२ जना लगानीकर्ताहरूले २ अर्ब ४ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको...
२ लघुवित्तको आईपीओ आउदैँ कुनको कति कित्ता?

२ लघुवित्तको आईपीओ आउदैँ कुनको कति कित्ता?

अर्थ
बोर्डमा आइपीओ जारी गर्ने लघुवित्त क्षेत्रका २ वटा संस्था अनुमतिको पर्खाइमा छन् । जसमा बिपीडब्लु लघुवित्त र आत्मनिर्भर लघुवित्त हुन् ।बिपीडब्लु लघुवित्त वित्तीय संस्थाले ९७ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तले मूल्य १०० रुपैयाँ अंकित दरले ९ करोड ७० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो । लघुवित्तले आईपीओ निष्काशनको माग गर्दै असार ८ गते बोर्ड आवेदन दिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर निष्काशनका लागि अवेदन दिएको छ । संस्थाले सेयर निष्काशनको अनुमति प्राप्त गरेपछि २ लाख ३ हजार ३ सय ८० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्नेछ । संस्थाको निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ । संस्थाले गत वर्ष चैत्र २१ गते सेयर निष...
श्रृजनशील लघुवित्तको आईपीओमा करिब १० लाखको आवेदन,३० गुणा बढी शेयर माग

श्रृजनशील लघुवित्तको आईपीओमा करिब १० लाखको आवेदन,३० गुणा बढी शेयर माग

अर्थ
श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गते बुधबारदेखि निष्काशन गरेको शेयरमा करिब १० लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा ९ लाख ९४ हजार ४४६ जना आवेदनबाट १ अर्ब १० करोड ८३ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ८३ हजार ६७० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्टाएको ३ लाख ६८ हजार ५९० कित्ताको ३०.०७ गुणा बढी हो । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको छ । त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लघुवित्तको आई...
आईपीओ निष्काशनको अनुमति माग्दै दोल्ती पावर बोर्ड पुग्यो

आईपीओ निष्काशनको अनुमति माग्दै दोल्ती पावर बोर्ड पुग्यो

Breaking news 2, अर्थ, ट्रेन्डिङ
दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति मागेको हो ।कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।कम्पनीले दैलेखमा ४.५ मेगावाटको पदम खोला स्मल हाइड्रोपावर प्रोजेक्ट सञ्चालन गर्दैछ । मेरोलगानी बाट...