Monday, April 20News That Matters

ट्रेन्डिङ

दिपक पनेरुका ३ मुक्तक

दिपक पनेरुका ३ मुक्तक

Breaking news 1, ट्रेन्डिङ, मनोरञ्जन
मुक्तक(१) खुशी छैन मन तिमी बिना ओंठको मुस्कान अधुरो लाग्छ।      साथ तिमी नहुँदा मेरो किन यो सान मान अधुरो लाग्छ।  न तिमी भन्छौ आफ्नो कथा न मैं सुनाउन सक्छु आफ्नो ब्यथा    तिम्रो अनुपस्थितिमा पिएको मदिरापान अधुरो लाग्छ। (२) हिजो आज कालले पनि मलाई निकै छलेको छ ।    हिजो भन्दा आज झन किन मेरो ज्यान गलेको छ ।    बाहिर हेर्दा कतै देखिदैंन खै कता उड्छ धुँवा    भित्रभित्रै मुटु मेरो खरानी भई जलेको छ। (३) नबोली खै किन हो कुन्नी हात मात्रै मिलाएर गइन्  बुझिनन् मेरो पीडा आफ्नै कहानी सुनाएर गइन्शुभचिन्तक मित्रहरु बारम्बार सोध्छन मलाईतिनी को हुन् जसले तिम्रो जीवन भत्काएर गइन्। दिपक पनेरुसागरनाथ, सर्लाही...
आज मिति २०८० पुस १ गते, आइतवारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० पुस १ गते, आइतवारको हेर्नुहोस् आजको राशिफल

Breaking news 3, ट्रेन्डिङ, दैनिक राशिफल
मेष :  चु, चे, चो, ला, लि, लु, ले, लो, अ,आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। तारिफयोग्य कामले सामाजिक दायित्व दिलाउनेछ। विभिन्न भौतिक साधनहरू पनि जुटाउन सकिनेछ।वृष :इ, उ, ए, ओ, बा, बि, बु, बे,बोधर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आस मारेको कामले उत्साह जगाउनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। रोकिएकाे काम बन्नुका साथै नयाँ काम थालनी हुनेछ।मिथुन :का, कि, कु, घ, ङ, छ, के, को,हश्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नया...
लालबन्दीमा खुल्यो मिटर व्याज पिडितका लागि न्याय कार्यालय

लालबन्दीमा खुल्यो मिटर व्याज पिडितका लागि न्याय कार्यालय

Breaking news 1, ट्रेन्डिङ, समाचार, सर्लाही बिशेष
लालबन्दी । मिटर व्याज पिडित किसानलाई न्याय दिने उदेश्यले सर्लाहीको लालाबन्दीमा मिटर व्याज किसान मजदुर संघर्ष समिति न्याय कार्यालय खुलेको छ । लालबन्दी नगरपालिका ५ स्थित शान्तिटोलमा शनिवार विधिवत न्याय कार्यालयको उद्घाटन गरिएको हो । संघर्ष समितिका संयोजक कारिल धामी चौधरीको अध्यक्षता तथा माओवादी केन्द्रका नेता उपेन्द्र धामी चौधरीको प्रमुख आतिथ्यतामा कार्यालयको उद्घाटन गरिएको संघर्ष समितिले जानकारी दिएको छ । कार्यालयले अब देखि मिटरव्याज सम्बन्धी उजुरी, निवेदन लिएर प्रहरी र जिल्ला प्रशासन कार्यालय धाउनु नपर्ने जनाएको छ । उसले लालबन्दीमा कार्यालय खोल्नु अत्यावश्यक भएकोले खोलिएको र अन्य जिल्लामा पनि यस्ता कार्यालय क्रमशः खुल्दै जाने संघर्ष समितिले जनाएको छ । कार्यालयमा कानून व्यवसायी गोविन्द दाहालले कानूनी सेवा दिनु हुनेछ भने पिडितलाई आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया र आवश्यक सहयोग कार्यालयल...
पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा

पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा

Breaking news 1, ट्रेन्डिङ
काठमाडौं ।  आफूसहितका नेताहरूविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी गरेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। २०७६ पुसको मुद्दा ब्यूँताएर अदालतले दुई दिनअघि महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी र पोलिटब्यूरो सदस्य माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेपछि आन्दोलन घोषणा गरिएको हो। विप्लवले अदालतको उक्त कार्य २०७७ फागुन २१ गते भएको ३ बुँदे सहमतिको ठाडो उल्लंघन भन्दै बाँकी समस्यालाई शान्तिपूर्ण निकास दिन भइरहेका गम्भीर पहलमाथिको हमला भनेका छन्।  अदालतको उक्त कदमलाई विप्लवले गैरकानुनी, असभ्य एवं अराजक कार्य भन्दै भर्त्सना गरेका छन्। सरकारले प्रतिबन्ध हटाउँदा गरिएको ३ बुँदे सहमतिमध्ये एउटा बुँदा पार्टी नेता कार्यकर्ताविरुद्धका मुद्दा फिर्ता लिने र बन्दी मुक्त गर्ने उल्लेख रहेको उनले स...

आगो ताप्ने क्रममा घर जल्दा एक जनाको मृत्यु

Breaking news 2, ट्रेन्डिङ
सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको बाह्रबिसेमा आगो ताप्ने क्रममा घर जल्दा एकजनाको मृत्यु भएको छ ।आगलागीमा परी बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।सोमबार साँझ भएको आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै मृत्यु भएको उनले बताए । लोकबहादुरको परिवारका अन्य सदस्यलाई भने प्रहरीले उद्धार गरेको थियो ।घरभित्र आगो बालेर ताप्ने क्रममा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर पड्किएको थियो । काठले बारेको जस्तापाताको छानो भएको एकतले घर क्षतिग्रस्त भएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी छ ।...
अध्यक्ष ओलीलाई राउटेका मुखियाले दिए कोसी उपहार

अध्यक्ष ओलीलाई राउटेका मुखियाले दिए कोसी उपहार

Breaking news 3, ट्रेन्डिङ
काठमाडौं । लोपउन्मुख राउटे जातीका मुखिया सूर्यप्रकाश शाहीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोसी उपहार दिएका छन् । बैतडीको राकमबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा फूलमालाले स्वागत गर्दै राउटे मुखिया शाहीले आफ्नो समुदायको जिविको पार्जनका लागि बनाउँदै आएको काठबाट राउटेले बनाएको कोसी उपहार दिएका हुन् । उपहार ग्रहणपश्चात एमाले अध्यक्ष ओलीले राउटे मुखिया शाहीलाई आफूले लगाएको फुलको माला निकालेर लगाई दिए । एमाले राउटे समुदायको अस्थित्व बचाउँदै जीविको पार्जनमा सहज गर्न, शिक्षा स्वास्थ्यमा सहज पहुँच पुर्याउन नीतिगत र कार्यक्रमका हिसाबले पनि सहयोग गर्न तयार रहेको अध्यक्ष ओलीले बताए । स्वागत कार्यक्रममा आफ्नो समुदायको पुर्खौली पेशा नै संकटमा परेका कारण बाँच्न पनि समस्या भएको भन्दै एमालेले स...
ल्याण्डमार्कले दियाे खेलाडीहरुलाई जर्सि

ल्याण्डमार्कले दियाे खेलाडीहरुलाई जर्सि

Breaking news 2, खेलकुद, ट्रेन्डिङ
लालबन्दी ।  ल्याण्डमार्क ईन्टरप्राईजेज लालबन्दीले अखिल नेपाल फुटबल संघ(एन्फा) सर्लाहीलाई फुटबल जर्सी प्रदान गरेकाे छ । ल्याण्डमार्कका सञ्चालक टीका खत्रीसहित व्यवस्थापक सन्ताेष पाैडेेल संघका उपाध्यक्ष विभुसिंह थापा, महासचिव शिवहरि गाैतम र प्रशिक्षक बेनीबहादुर कटुवाल(श्याम) लाई  एक सेट(१८ पिस) जर्सी प्रदान गर्नु भएकाे हाे । खेलकाे विकास एवम् खेलाडीहरुकाे हाैसला बढाउने उदेश्यले ल्याण्डमार्ककाे तर्फबाट जर्सी सहयाेग गरेकाे ल्याण्डमार्कका व्यवस्थापक पाैडेलले बताउनु भयाे । खेलकाे विकासमा समाजका सबै वर्गकाे सहयाेग अावश्यक हुने भन्दै एन्फा सर्लाहीले ल्याण्डमार्क ईन्टरप्राईजेज र यसका सञ्चालकलाई धन्यवाद दिएकाे छ । जर्सि प्रदान कार्यक्रममा कराते प्रशिक्षक शक्ति साहसहित महिला फुटबल खेलाडीहरुकाे समेत उपस्थिति रहेकाे थियाे । यसैबिच िसरहाकाे बन्दीपुरमा मैत्री फुटबल खेल्न सर्लाही ११ क...
पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो

Breaking news 2, ट्रेन्डिङ
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मूल्य घटेको छ । एलपी ग्यासको मूल्य भने यथावत छ । नयाँ मूल्यअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १६७ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १७० रुपैयाँ पर्ने छ ।डिजेल र मट्टितेल भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्नेछ । एलपी ग्यासको मुख्य देशभर प्रति सिलिण्डर १८९५ रुपैयाँ नै कायम रहेको निगमले जनाएको छ ।हेर्नुहोस् आयल निगमको सूचना...
आज मिति २०८० मंसिर १५ गते शुक्रवारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० मंसिर १५ गते शुक्रवारको हेर्नुहोस् आजको राशिफल

Breaking news 3, ट्रेन्डिङ, दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अबिहानकाे समय लाभदायक रहनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसाेदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दु:ख पाइनेछ। आँटेकाे काम राेकिन सक्छ। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिनेछ। कामकाे उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोअध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। आजकाे मिहिनेतले दिगो फाइदा दिलाउनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। व्यवसायतर्फ नयाँ काम थालनी हुने समय छ। अधुराे काम बन्नेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्य धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ। मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हबिहानकाे समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर...
गजल :परशुराम घिमिरे `निदान´

गजल :परशुराम घिमिरे `निदान´

Breaking news 3, ट्रेन्डिङ, मनोरञ्जन
म तिम्रो सहरमा छु आइरहेकोम प्रेमिल सफरमा छु धाइरहेको जगाइरहेछन्  उनै सम्झनालेछ उनकै लहरले   सताइरहेको अनौठो जवानी र मुस्कानभित्रम यिनकै रहरमा छु  छाइरहेको हराए र खोज्दै बिहानी सुनौलोनसाको जहर नै  छु पाइरहेको बनायौ तिमीले न जाग्ने न उठ्नेछु मृत्यु प्रहरमा  समाइरहेको - परशुराम घिमिरे "निदान"      मकवानपुर ...