आसिफको शतकसँगै केन्यामाथि नेपालको सानदार जित
१७ भदौ, काठमाडौं । ओपनर आशिफ शेखको शतक र अर्जुन साउद बलियो साझेदारीको बलमा नेपालले पहिलो एकदिवसीयमा केन्यामाथि ७ विकेटको सानदार जित पारेको छ ।
२१९ रनको लक्ष्य नेपालले ३ विकेट क्षतिमा ४७.३ ओभरमा भेट्टायो । ओपनरद्व आशिफ र अर्जुनले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरी नेपालको जित आधार तय गरेका थिए । एकदिवसीय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च साझेदारी हो । यसअघि गत चैतमा पपुवा न्युगिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए ।
यद्यपि केन्याको एकदिवसीय मान्यता नभएका कारण यो खेलको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता हुँदैन ।
नेपालका लागि सिनियर टिमबाट पहिलो एकदिवसीय खेल खेलेका अर्जुनले ९७ बलमा ५ चौका र १ छक्कासहित ६१ रनको अर्धशतकीय पारी खेले ।
आशिफले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग मिलेर थप ५७ रनको साझेदारी गरे । ४३.५ ओ...








