Saturday, April 25News That Matters

थप समाचार

आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

थप समाचार
सर्लाही | हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मौसम खराबीका कारण सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।...
सर्लाहीको क्षेत्र न.४ (ख) बाट माओवादी केन्द्रका फकिरा महतोले पाए टिकट

सर्लाहीको क्षेत्र न.४ (ख) बाट माओवादी केन्द्रका फकिरा महतोले पाए टिकट

थप समाचार
सर्लाहीको क्षेत्र न.४ का (ख) मा सत्ता गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्र का फकिरा महतोले टिकट पाएको छ ।आउदो मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य को निर्वाचनमा सर्लाही क्षेत्र न.-४ (ख) बाट माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा सदस्य पदमा बामपन्थी आन्दाेलनका बाैद्धिक तथा ऊर्जावान नेता महतोले टिकट पाएको माओवादी केन्द्र निकट एक केन्द्रिय नेताले जानकारी दिए । नेकपा माओवादी केन्द्रका नेता शिवपुजन यादव, रामेश्वर यादव, कमल बुढाथोकी, भरत थापा, प्रह्लाद बुढाथोकी लगायतका नेताको सहयोग र सदभावले उहाँलाई सर्लाही क्षेत्र नं ४ (ख) को उमेदवार बनाइएको बताइन्छ । उनिनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, प्रचण्ड पुत्री गंगा दाहाल निकष्ट मानिन्छ । नेकपा माओवादीका प्रदेश सदस्यका उम्मेदवा...
जनकपुरमा करेन्ट लागेर दाजुभाइको मृत्यु, आमाछोरा घाइते

जनकपुरमा करेन्ट लागेर दाजुभाइको मृत्यु, आमाछोरा घाइते

थप समाचार
धनुषा: करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजुभाइको मृत्यु भएको छ भने आमाछोरा घाइते भएका छन् । आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरीको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते दुवैजनाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए । करेन्ट लागेर दिनेशकी श्रीमती निर्मलादेवी र छोरा मुकेश घाइते भएका छन् । आमा–छोराको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।...
बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट टीका र जमरा लगाइँदै

बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट टीका र जमरा लगाइँदै

थप समाचार
सर्लाही । बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । ‘राज्य सञ्चालकले सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’, प्राध्यापक अधिकारीले भने । घटस्थापनाका दिन दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्कनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले...
आज दशैँकाे महानवमी, नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै

आज दशैँकाे महानवमी, नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै

थप समाचार
सर्लाही । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । नवरात्रको अन्तिम दिन आज दुर्गा भवानीको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ  । यसैबीच, हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ ।...
बडादशैंको आठौं दिन आज, महाअष्टमी मनाइँदै

बडादशैंको आठौं दिन आज, महाअष्टमी मनाइँदै

थप समाचार
काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र...
दशैँ मनाउन १७ लाखले छाडे काठमाण्डौ उपत्यका

दशैँ मनाउन १७ लाखले छाडे काठमाण्डौ उपत्यका

थप समाचार
काठमाण्डौ | काठमाण्डौ उपत्यकाबाट यस वर्ष गएको वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि आज आइतवार फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दशैँ मनाउन आ–आफ्नो घर गएका हुन् ।  विगत दुई वर्ष कोभिडका कारण दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाहिर जानेको सङ्ख्या कम हुने गरेकोमा यो वर्ष उल्लेख्यरूपमा बढेको हो । उपत्यकाबाट बाहिरका जिल्लामा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक गाडी नै प्रयोग गरिरहेका राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष विजय स्वाँरले बताउनुभयो । अहिलेसम्म १७ लाखको हाराहारीमा नागरिकले उपत्यका छाडेका छन् भने विजयादशमीको दिनसम्ममा अझै दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, ‘विभिन्न कारणले जान नपाएकाहरू पनि भोलि र पर्सिसम्म जानुहुन्छ ।’ विगतका वर्षजस्तै यो वर्ष पनि तोकिएको भन्दा बढी भाडा लिने, एउटै सिटमा दुई जनाको टिकट काट्ने, यात्र...
डेंगी संक्रमणको जोखिमलाई ध्यान दिई सचेत भएर चाडपर्व मनाउन सभामुखको आग्रह

डेंगी संक्रमणको जोखिमलाई ध्यान दिई सचेत भएर चाडपर्व मनाउन सभामुखको आग्रह

थप समाचार
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपालका चाडपर्व व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भ्रातृत्व एवं सम्बन्ध सुधारका लागि महत्वपूर्ण बन्ने बताउनु भएको छ। दसैं, तिहार, छठलगायत राष्ट्रिय पर्व र नेपाल संवत् ११४३ का अवसरमा सबै नेपालीलाई बधाई तथा शुभकामना दिँदै उहाँले हाम्रा संस्कृति, परम्परा एवं मनाउँदै आएका चाडपर्वले मौलिकता र विविधताको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो। उहाँले चाडपर्वका अवसरमा हुने पारिवारिक जमघट एवं आफन्त भेटघाटका क्रममा हुने छलफल समाज रुपान्तरणका लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो। डेंगी संक्रमणको जोखिमलाई ध्यान दिई सचेत भएर चाडपर्व मनाउन उनले सबैमा विशेष अपिल गर्नुभएको छ। आगामी मंसिर ४ गतेका लागि तय भएको निर्वाचन निष्पक्षरुपमा सफल बनाउन हरेक बालिग नेपाली नागरिकको विशिष्ट योगदान रहेको भन्दै उहाँले निर्वाचनलाई स्वतन्त्र, ...
निर्वाचन आयोगले तोक्यो उम्मेदवारको खर्च सीमा

निर्वाचन आयोगले तोक्यो उम्मेदवारको खर्च सीमा

थप समाचार
काठमाडौं। निर्वाचन आयोगले मतदाता सङ्ख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा आगामी संसदीय दलका उम्मेदवारको चुनावी खर्चको सीमा तोकेको छ। आयोगले आइतबार उम्मेदवारले खर्च गर्न सक्ने सीमा तोकेको हो। स्थानीय तह निर्वाचनमा समेत आयोगले सीमा तोके पनि बलियो अनुगमन भने हुन सकेन। आयोगले सार्वजनिक गरेको सूचीमा सबभन्दा कम सीमा काठमाडौँका ५ निर्वाचन क्षेत्रका उम्मेदवारलाई तोकेको छ। आयोगका अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १, ३, ६, ७ र ८ का उम्मेदवारहरूले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न सक्छन्। तेह्रथुम, पर्सा १, २ र ३, रसुवा, काठमाडौँ २, ४, ५, ९ र १० भक्तपुर २, ललितपुर २ र ३, मनाङ, कास्की २ र रुकुम पूर्वका उम्मेदवारले अधिकतम २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन्। झापा १ र ४, मोरङ ४, ५ र ६, सुनसरी ३ र ४, उदयपुर २, सप्तरी २, ३ र ४, सिराहा १,२,३ र ४, धनुषा १,२,३ र ४, महो...
आज दशैंकाे साताैं दिन : फुलपाती , घरघरमा भित्र्याइदै

आज दशैंकाे साताैं दिन : फुलपाती , घरघरमा भित्र्याइदै

थप समाचार
सर्लाही । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व असाेज १६ गते , आइतबार ( आज ) घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरि पूजाआजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु , हलेदो , केराको बोट , धानको बाला , बेलपत्र , दारिम , जयन्ती , अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ । हनुमानढोका दरबारको दशैं घरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैं घरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी , गुर्ज...