Friday, April 24News That Matters

राजनीति

बयान दिन संसदीय समितिमा पुगे चोलेन्द्र

बयान दिन संसदीय समितिमा पुगे चोलेन्द्र

Breaking news 2, ट्रेन्डिङ, राजनीति, समाचार
१५ भदौ, काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन सिंहदरबार पुगेका छन् । उनीसँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदै छ । जबरा सिंहदरबारभित्र रहेको पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै भित्र छिरेका थिए । उनलाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिंदै भित्रसम्म पुर्याएका थिए । उनलाई संघीय संसदका महासचिवको कार्यकक्ष नजिकको कक्षमा राखिएको छ । समितिको बैठक अब केहीबेरमा सुरु हुँदैछ । गत फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए । आज बयान लिने भएपछि समितिले यसअघि नै प्रमाणहरू संकलन गरेको छ । सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ । समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाणहरू प...
नागरिकता विधेयक स्वीकृत नगर्ने राष्ट्रपतिलाई चाैतर्फि दबाब

नागरिकता विधेयक स्वीकृत नगर्ने राष्ट्रपतिलाई चाैतर्फि दबाब

Breaking news 2, राजनीति
काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आफ्ना सबै सुझावलाई पुरै बेवास्ता गरेर नागरिकता विधेयक पुनः पारित गरेपछि नागरिक अगुवा, कानुनविद् तथा सुरक्षा निकायका पूर्व उच्चपदस्थहरूसँग छलफल गरी आवश्यक रायसुझाव लिने कामलाई तीव्रता दिएकी छिन् । सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गराई सो विधेयक फेरि राष्ट्रपतिसमक्ष पठाउने तयारीलाई तीव्र दिएको छ । राष्ट्रपति भण्डारीले छलफलका क्रममा बुधबार नेपाली सेनाका पूर्व र बहालवाला उच्च पदाधिकारीसँग छलफल गरेकी हुन् । छलफलका क्रममा सेनाका पूर्वजर्नेलहरूले राष्ट्रपति संविधानको पालक र संरक्षक भएकाले संविधानको रक्षा गर्नकै लागि पनि यथास्थितिमा आउने नागरिकता विधेयक कुनै पनि हालतमा स्वीकृत गर्न नहुने सुझाव दिएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदासहित नागरिकता विधेयकलाई परिमार्जन गर्न सुझाव दिँदै केही दि...
आज प्रतिनिधि सभा बैठक बस्दै

आज प्रतिनिधि सभा बैठक बस्दै

Breaking news 1, राजनीति
काठमाडौं। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १० बजे बस्ने बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । यसअघि हिजो बसेको बैठक कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो । ...
निर्वाचनमा माैन अवधि घटाउन एमालेकाे आग्रह

निर्वाचनमा माैन अवधि घटाउन एमालेकाे आग्रह

Breaking news 1, राजनीति
काठमाडौं । नेकपा एमालेले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मौन अवधि घटाउन आग्रह गरेको छ । निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आचारसंहिता, २०७९ सम्बन्धमा आफ्ना तर्फबाट ३७ वटा बुँदामा सुझाव दिँदै एमालेले आयोगसमक्ष मौन अवधि घटाएर २४ घन्टा कायम गर्न आग्रह गरेको हो । यसअघि मौन अवधिको समय ४८ घन्टा तोकिएको थियो । एमालेले आज आयोगलाई निर्वाचन आचारसंहिताले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थताजस्ता पक्षमा ध्यान दिई निर्वाचन आचारसंहितालाई लागू गर्न सकिने बनाउनुपर्ने सुझाव दिएको छ । निर्वाचन आचारसंहिता लागू हुने अवधि निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म गर्नुपर्ने, उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचार प्रसारका लागि पच्चीस जनाभन्दा बढीको जुलुस लान नपाइनेलगायतको व्यवस्था हुने भएकाले सो व्यवस्था हटाउनुपर्ने तथा गलत मनसायले नियतवश निर्वाचनमा बालबाल...
निर्वाचन आचारसंहिता, २०७९ संशोधन गर्न एमालेको ३७ बुँदे सुझाव

निर्वाचन आचारसंहिता, २०७९ संशोधन गर्न एमालेको ३७ बुँदे सुझाव

Breaking news 3, राजनीति, समाचार
निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता २०७९ मा नेकपा एमालेले ३७ बुँदामा दफावार संशोधनका लागि सुझाव दिएको छ । सोमबार आयोग र दलका प्रतिनिधिबीच भएको छलफलमा उक्त सुझाव दिएको एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्यले जानकारी दिए ।  निर्वाचन आचारसंहिताले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थ्ताजस्ता पक्षमा ध्यान दिई निर्वाचन आचारसंहितालाई लागू गर्न सकिने बनाउनुपर्ने, आचारसंहिता लागू हुने अवधि निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म हुनुपर्ने, निर्वाचनको मौन अवधि ४८ घण्टा घटाई २४ घण्टा बनाउनुपर्ने रहेका छन् । साथै उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचार प्रसारको लागि २५ जनाभन्दा बढीको जुलुस लान नपाइने लगायतको व्यवस्था हटाउनुपर्ने, गलत मनसायले नियतवश बालबालिकाको निर्वाचनमा प्रयोगलाई निषेध गर्नुपर्ने, निजी क्षेत्रमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई छुट्टै आचा...
नागरिकता विधेयक पारित, १३५ जनाले गरे पक्षमा मतदान

नागरिकता विधेयक पारित, १३५ जनाले गरे पक्षमा मतदान

Breaking news 1, ट्रेन्डिङ, राजनीति, समाचार
२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ । बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुप (प्रस्तुत रुप) मा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ । त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए । मतदानका बेला १९५ जना सांसद बैठकमा उपस्थित भएका थिए । बिहीबार दिनभर प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि छलफल भएको थियो । छलफलमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका सांसदहरुले नागरिकता विधेयक पारित नहुँदा जन्मको आधारमा नेपाली नागरिकता पाएका नेपाली नागरिकको सन्तानले नागरिकता पाउन नसकेकाले यो विधेयक तत्काल पारित गर्नुपर्ने मत राखेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले भने राष्ट्रपत...
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

Breaking news 1, ट्रेन्डिङ, राजनीति, समाचार
काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले आम निर्वाचनमा पार्टीलाई पहिलो बनाउन सबै एक ढिक्का भएर लाग्नुपर्ने बताएकी छन्। नेपाल महिला संघ केन्द्रीय समितिले राजधानीमा आयोजित कार्यक्रममा बोल्दै राणाले  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सबै एक जुट भएर अघि बढ‍नुपर्ने बताएकी हुन्।उनले भनिन्,' स्थानी तह निर्वाचनको परिणामले कांग्रेसप्रति जनताको विश्वास बढेको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि कांग्रेसलाई  एक नम्बरको पार्टी ठूलो बनाउन सबै जुटौं।' सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तय गरेको छ।राणाले सानातिना कुरामा नअल्झिएर महिलाका समस्यालगायतका मुद्दा उठाउनुपर्नेमा जोड दिइन्। उनले पछिल्लो समय तीज गीतको मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरिन्। उनले भनिन,'  तीज...
जनतालाई गरिवीकाे चपेटाबाट मुक्त गर्छाै: केन्द्रीय सदस्य राना

जनतालाई गरिवीकाे चपेटाबाट मुक्त गर्छाै: केन्द्रीय सदस्य राना

Breaking news 2, ट्रेन्डिङ, राजनीति, समाचार
नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाले श्रमजिवी वर्गकाे प्रतिनिधिमूलक पार्टी नेकपा एमाले भएकाेले राष्ट्रिय पूँजीकाे विकास गरेर जनतालाई अवसर प्रदान गर्ने , जनवादी शासन व्यवस्था कायम गर्ने र जनतालाई गरिवीकाे चपेटाबाट मुक्त गर्दै समाजवादका पुग्ने लक्ष्यका साथ नेकपा एमाले अगाडि बढिरहेकाे बताएका छन् । नेकपा एमाले हेटाैँडा उपमहानगरपालिका वडा नं. ८ कमिटीद्वारा अायाेजित प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै नेता रानाले शान्तिपूर्ण जनपरिचालनद्वारा राजनितिक जनक्रान्ति सम्पन्न भएपनि सामन्तवादका अवशेषहरू कायम रहेकाेले संघीय लाेकतान्त्रिक गणतन्त्रमा पनि जनताकाे समस्या र माग पूरा हुनसकेकाे छैन भन्दै अामुल परिर्वतनकाे अाधार सामाजिक, अाथिक र साँस्कृतिक रूपान्तरण भएकाे बताउनु भयाे । पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पार्टीद्वारा सञ्चालित सुदृढीकरण तथा शुद्विकरण अभि...
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने

Breaking news 1, ट्रेन्डिङ, राजनीति, समाचार
१ भदौ, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने भएको छ । अध्यक्ष रवि लामिछानेले बुधबार एक भिडियो सन्देशमार्फत आफ्नो पार्टी प्रतिनिधि सभा चुनावमा सहभागी भए पनि प्रदेश सभा चुनावमा भने सहभागी नहुने जानकारी गराएका हुन । निर्वाचन आयोगले ४ मंसिरमा एकै पटक प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने तयारी गरिरहेको छ । प्रदेश सभाको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहनमा सहभागी हुनु भएको तर्क लामिछानेको छ । तर, उनले आफूहरु व्यवस्था विरोधी नभएको जिकिर गरेका छन् । ‘यही संरचनामा हामी प्रदेश मातहतको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहानमा सहभागी हुनु बाहेक केही होइन,’ उनको तर्क छ, ‘हामी व्यवस्थाविरुद्ध छैनौं । मात्र प्रदेशसभाको चुनावमा सहभागी हुन चाहँदैनौं ।’ प्रदेशसभा, प्रदेश प्रमुख र प्रदेश अन्तर्गतका सबै मन्त्रालय खारेजीको माग गरेका लामिछान...
“प्रचण्ड र माधवकाे स्वार्थले कम्युनिष्ट आन्दाेलन विखण्डन”: नेता रिजाल

“प्रचण्ड र माधवकाे स्वार्थले कम्युनिष्ट आन्दाेलन विखण्डन”: नेता रिजाल

Breaking news 1, राजनीति, समाचार, स्थानीय
नेकपा एमालेका केन्द्रीय पाेलिटव्यूराे सदस्य तथा केन्द्रीय स्कुल विभाग उपप्रमुख ईश्वरी रिजालले माधव र प्रचण्डकाे स्वार्थकाे कारण नेपालमा कम्युनिष्ट अान्दाेलन विखण्डन भएकाे र दक्षिणपन्थी हावी देखिएकाे बताउनुभयाे । नेकपा एमाले बाग्मति गाउँपालिकाद्वारा अायाेजित प्रशिक्षण कार्यक्रममा उहाँले स्थानीय निर्वाचनमा नेकपा एमालेकाे सिट संख्या कमि भएता पनि जनमतमा पहिलाे पार्टी भएकाेले संघीय निर्वाचनबाट नै सिट र जनमतमा पहिलाे पार्टी हुने दावि गरे । उहाँले पटक पटक नेपाली काँग्रेस सत्तामा पुगे पनि मुलुक बर्वादी भएकाेले नेकपा एमालेका नेताहरू मनमाेहन र केपी अाेली सरकारकाे ९/९ महिना सरकारकाे सफलतालाई स्मरण गराैँ भन्नुभयाे । नेपाली काँग्रेससंग एक्लै निर्वाचन लड्ने सामर्थ नभएकाे र साहारा खाेज्दै हिँडेकाेले एमालेकाे कार्यकर्ता एकजुट भएर निर्वाचनमा लाग्नुपर्ने बताउनुभयाे । कम्युनिष्टहरू अाफैमा अनुशासित ...