सर्लाहीमा तटबन्ध कस्न खनिएको खाल्डोमा डुबेर दाजुभाईको मृत्यु
पर्सा । सर्लाहीको पर्सा गाउँपालिका–४, जिङ्गडामा नदी नियन्त्रणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाईको ज्यान गएको छ ।
बाँके खोलाको कटान नियन्त्रण गर्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दीपुको मृत्यु भएको हो । शनिबार दिउँसोदेखि बेपत्ता भएका दुई बालकलाई स्थानीय भएर खोजी गर्नेक्रममा राति अबेर घरदेखि करिव पाँच सय मिटरको दूरीमा रहेको खाल्डोमा अचेत भइ डुबिरहेको अवस्थामा फेला पारेका थिए ।
उनीहरुलाई गाउँलेले नै तत्कालै उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनायो । दुवै बालकको शव पोष्टमार्टमका लागि मलङ्गवा अस्पतालमै राखिएको सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
उनले मृतक बालकको परिवारबाट जाहेरी लिएर घटनाको थप अनुसन्धान प...