Tag: माओवादी

माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्ने

माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्ने

राजनीति
मंसिर ४ गते हुने चुनावका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । माओवादी केन्द्रले दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेको हो । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्त्वका साथ उठाएको जनाएको छ । उसले यसअघि पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा उठाउँदै आएको थियो भने संविधान जारी गर्ने बेलामा यो विषयमा फरकमत राखेको थियो । माओवादीले घोषणापत्रमा देशको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरण, कृषि क्षेत्रको विकास, पूर्वाधार निर्माण, जलवायु परिवर्तन, निजीकरण तथा उदारीकरणलगायत मुद्दा सम्बोधन गर्न आवश्यक नीति, नियम र कार्यक्रम आउँदो संसदबाट बनाउने प्रतिबद्धतामा जोड दिएको छ । एकीकृत समाजवाद...