सिक्लेस हाइड्रोपावरको आइपीओ अर्को साता बाँडफाँट हुने, १ लाख ५ हजार ८०० ले मात्रै सेयर पाउने
कम्पनीले भदौ २९ गते देखि असोज २ गतेसम्म सर्वसाधारणका लागि ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो ।
यसमध्ये ५% अर्थात् ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३% अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणको लागि छुट्याएको छ ।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सिक्लेस हाइड्रोपावरलाई ‘केयर एनपी रेटिङडबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । केयर नेपालले २०७८ असोज २० गते रेटिङ दिएको थियो । यो रेटिङ आगामी असोज १९ गतेसम्म बाहल रहनेछ ।
यता, सिक्लेसको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १६.२९ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १५ लाख ३८ हजार ३८३ जनाले कुल १ करोड ७२ लाख...