सर्वसाधारणलाई नयाँ स्टक एक्सचेञ्जमा ९० करोड रुपैयाँको आइपीओ
नयाँ स्टक एक्सचेञ्जमा सर्वसाधारणले ९० करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) पाउने भएका छन् । सरकारले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने नियमावली पास गर्दै सर्वसाधारणले ९० करोड रुपैयाँ बराबरको आईपीओ पाउने व्यवस्था गरेको हो ।पुँजी बजारसम्बद्ध ३ वटा नियमावली पास गरेर नेपाल धितोपत्र बोर्डले अर्थमन्त्रालयमार्फत् मन्त्रिपरिषद् पठाएको थियो ।
जसमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने धितोपत्र बजार संचालन नियमावली, २०७४, स्टक ब्रोकरलाई लाइसेन्स र पुुँजी वृद्धि गर्नेः धितोपत्रव्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) २०६४ को चौथो संसोधन र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओमा १० प्रतिशत कोटाको व्यवस्था गर्न धितोपत्र दर्ता तथा निष्काशन नियमवाली २०७३ पाँचौ संसोधन रहेका छन् ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रतिस्पर्धी नयाँ स्टक एक्सचेञ्ज ल्याउने गरी धितोपत्र बजार संचालन नियमावली, २०७४, क्या...