सोपान फर्मास्युटिकल्सले १४ करोड बराबरको आइपीओ निष्काशन गर्ने
सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा १४ लाख कित्ता धितोपत्रको सार्वजनिक निष्काशन गर्ने भएको छ । हाल कम्पनीको जारी पूँजीलाई वृद्धि गरी ७० करोड कायम गर्ने र सो जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड बराबरको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नकालागि एनएमबि क्यापिटल लिमिटेड(NMBCL)लाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।
सो निष्काशन गर्ने सम्बन्धी सम्झौतापत्रमा सोपान फर्मास्युटिकल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन न्यौपाने र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले एक कार्यक्रमकाबीच एनएमबि क्यापिटलको कार्यालयमा आज हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा सोपानका वित्त प्रमुख रुपेश महतका साथै क्यापिटलका चिफ बिज्नेश अफिसर कमल प्रसाद नेपाल तथा फण्ड म्यानेजमेण्ट प्रमुख आशिष राज पाण्डेको समेत उपस्थिति रहेको थियो । सोपानका प्रमुख क...