Tag: Share market in nepal

श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपिओ मा कति पर्यो आवेदन

श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपिओ मा कति पर्यो आवेदन

अर्थ
श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेदेखि निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आइतबार अन्तिम दिन हो । उक्त कम्पनीको आईपीओमा शुक्रबार दिउँसोसम्म १३ लाख ४ हजार २ सय ५ जना आवेदनले १ अर्ब ४४ करोड ८० लाख ३७ हजार रुपियाँ बराबरको १ करोड ४४ लाख ८० हजार ३७० कित्ता शेयरको लागि आवेदन दिएका छन् भने उक्त संख्या बढ्दो छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपियाँ बराबरको आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपियाँ अंकित ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको हो । उक्त आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ । कूल ३ लाख ९३ हजार ७ सय ५० कित्तामध्ये ५ हजार ४ सय ७० कित्ता कर्मचारीहरुका लागि, १९ हजार ६ सय ९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयर सर्वसाधारणका लागि बिक...
राप्ती हाइड्रोको आईपीओ आजदेखि दोस्रो बजारमा, कतिमा खुल्छ पहिलो कारोबार ?

राप्ती हाइड्रोको आईपीओ आजदेखि दोस्रो बजारमा, कतिमा खुल्छ पहिलो कारोबार ?

अर्थ, ट्रेन्डिङ
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेदेखि श्रावण १ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) आज बुधबारदेखि नेप्सेमा दोस्रो बजार कारोबार सुरु हुने भएको छ । कम्पनीको आईपिओ मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको थियो । कम्पनीको कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३१ लाख ८६ हजार ५२८ कित्ता, सर्वसाधारणको २३ लाख २८ हजार ६१७ कित्ता र स्थानीयको ६ ला १२ हजार ९७३ कित्ता छन्। नेप्सेले यो कम्पनीलाई RHGCL कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यूनतम १०६.३५ रुपैयाँदेखि अधिकतममा ३१९.०५ रुपैयाँ तोकेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ करोड ६६ लाख बराबरको २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीक...