Tuesday, March 17News That Matters

श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपिओ मा कति पर्यो आवेदन

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेदेखि निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आइतबार अन्तिम दिन हो । उक्त कम्पनीको आईपीओमा शुक्रबार दिउँसोसम्म १३ लाख ४ हजार २ सय ५ जना आवेदनले १ अर्ब ४४ करोड ८० लाख ३७ हजार रुपियाँ बराबरको १ करोड ४४ लाख ८० हजार ३७० कित्ता शेयरको लागि आवेदन दिएका छन् भने उक्त संख्या बढ्दो छ ।

कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपियाँ बराबरको आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपियाँ अंकित ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको हो । उक्त आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ । कूल ३ लाख ९३ हजार ७ सय ५० कित्तामध्ये ५ हजार ४ सय ७० कित्ता कर्मचारीहरुका लागि, १९ हजार ६ सय ९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो ।

सर्वसाधारणका लागि छुट्याएको आईपीओ ३६ हजार ८ सय ५९ जनाले मात्र १०–१० कित्ता पाउने छन् । कम्पनीको हाल कायम चुक्ता पूँजी ७ करोड रुपियाँ छ । आईपीओ बाँडफाँटपश्चात चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपियाँ पुग्नेछ ।

Corporate Nepal बाट