Wednesday, April 22News That Matters

Author: admin

मधेशमा ६० प्रतिशत सिट नछोड्न कांग्रेसको प्रदेश समितिको दबाव

मधेशमा ६० प्रतिशत सिट नछोड्न कांग्रेसको प्रदेश समितिको दबाव

Breaking news 3, राजनीति, समाचार
२३ भदौ, जनकपुरधाम । नेपाली कांग्रेसको मधेश प्रदेश समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेशमा सबैभन्दा धेरै जनाधार कांग्रेसको रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने निर्णय गरेको प्रदेश प्रचार प्रसार समिति संयोजक नितेश गुप्ताले जानकारी दिए । बैठकले जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिसलाई केन्द्रमा पठाउने निर्णय गरेको छ । सिफारिसमा नपरेका आकांक्षीले पनि निवेदन दिएपछि उनीहरूको नाम पनि केन्द्रमा पठाउने निर्णय भएको गुप्ताले बताए । उनका अनुसार प्रदेश समितिमा निवेदन दिएका अमरेश सिंहको पनि सिफारिस केन्द्रमा पठाउने निर्णय भएको उनले बताए । सर्लाही-४ बाट २०७४ को निर्वाचनमा विजयी भएका अमरेशको यस पटक क्षेत्रीय समितिले सिफारिस नगरी पार्टी महामन्त्री गगन थापाको नाम सिफारिस गरेको छ ।...
भन्सार छलेर ल्याएको एक करोडको चिनी र चामल बरामद

भन्सार छलेर ल्याएको एक करोडको चिनी र चामल बरामद

Breaking news 2, अर्थ, कृषि समाचार, समाचार
२३ भदौ, बुटवल । रुपन्देहीका दुई स्थानमा भन्सार छलेर ल्याइएको ठूलो परिमाणको चिनी र चामल सहित दुई वटा ट्रक सशस्त्र प्रहरीले बरामद गरेको छ । दुई वटा ट्रकमा ल्याइएको ६ सय ३८ बोरा चिनी र सय बोरा चामलसहित २ वटा ट्रक बरामद गरेको सशस्त्र प्रहरी बल नं. २७ गण हेड क्वाटर रुपन्देहीले जनाएको छ । ट्रकसहित बरामद सामानको बजार मुल्य १ करोड ३८ हजार ५०० रुपैयाँ रहेको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रकाश सिग्देलले बताए । सिग्देलका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिना हुलाकी मार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४१२९ नम्वरको ट्रकलाई अन्डर बिलिङ्ग भएको आशंकामा जाँच गर्ने क्रममा भारतबाट भन्सार छली अवैध रुपमा ल्याएको चिनी फेला परेको थियो । ट्रकका चालक प्युठानको माण्डवी गाउँपालिका ३ नयाँगाउँका विनोद थापालाई पक्राउ गरेर कारबाहीका लागि राजश्व कार्यालय बु...
निर्वाचन कार्यतालिका सार्वजनिक, २३ असोजमा मनोनयन दर्ता

निर्वाचन कार्यतालिका सार्वजनिक, २३ असोजमा मनोनयन दर्ता

Breaking news 1, ट्रेन्डिङ, समाचार
मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार पहिलो हुने (प्रत्यक्ष) निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रम अनुसार असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यस्तै असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको छ । यी सबै निर्वाचन कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा संचालन हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले​ले जानकारी द...
राष्ट्रिय क्रिकेट  टिमबाट सन्दीप लामिछाने निलम्बित

राष्ट्रिय क्रिकेट टिमबाट सन्दीप लामिछाने निलम्बित

Breaking news 1, समाचार
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको जनाएको हाे । विज्ञप्तिमा क्यानले भनेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ ।’​...
श्रृजनशील लघुवित्तको कहिले हुन्छ होला आइपीओ बाँडफाँट ?

श्रृजनशील लघुवित्तको कहिले हुन्छ होला आइपीओ बाँडफाँट ?

अर्थ, ट्रेन्डिङ
श्रृजनशील लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ५६.८७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले भदौ १५ गतेदेखि कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५% अथवा १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले श्रृजनशील लघुवित्तलाई ‘केयर एनपी इस्यूअर रेटिङडबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक र...
ताप्लेजुङमा याेगेश भट्टराईसहित ५ जनाकाे नाम सिफारिस

ताप्लेजुङमा याेगेश भट्टराईसहित ५ जनाकाे नाम सिफारिस

Breaking news 1, राजनीति
ताप्लेजुङ । प्रतिनिधि सभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा नेकपा(एमाले)ले पार्टी सचिव योगेश भट्टराईसहित ५ जना उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभातर्फ सचिव भट्टराई, पोलिटब्यूरो सदस्य तिलकुमार मेयाङ्वोसहित पासाङ शेर्पा, रामप्रसाद सुवेदी र टंक आङबुहाङ सिफारिस भएका छन् । यस्तै प्रदेश सभा ‘क’ तर्फ पार्टीका जिल्ला उपाध्यक्ष सन्तोष खतिवडा, पूर्व जिल्ला अध्यक्ष तथा वर्तमान प्रदेश सांसद बलबहादुर साम्सोहाङ, अनन्तबहादुर साँवा, कुमार मादेन, भरत गुरुङ, हेमन्त उप्रेती, देउमान विष्ट, महेश गुरागाईं, नर्वदा भण्डारी, सुनिता थापा, गोपाल न्यौपानेसहित ११ जनाको नाम सिफारिस भएको छ ।त्यस्तै, प्रदेश सभा ‘ख’ तर्फ गोपाल थोर्पा, मणिशंकर पोमु, चित्रगुप्त साँवा, होमकुमारी साँवा, त्रिवेणी चोङवाङ सिफारिस भएका छन्। प्रतिनिधि सभाको समानुपातिकतर्फ ६ जना र प्रदेशतर्फको समानुपातिकका लागि १८ ज...
सिन्धुलीकाे बाेहाेरेटारमा हायस दुर्घटना हुँदा  एकजना गम्भीर घाइते

सिन्धुलीकाे बाेहाेरेटारमा हायस दुर्घटना हुँदा एकजना गम्भीर घाइते

Breaking news 1
सिन्धुलीको बोहोरेटारमा माइकोक्रो हायस दुर्घटना भएको छ। सिन्धुली बाट काठमाडौँतर्फ जादैँ गरेको बा ४ ख २२६६ नम्बरको हायस र काठमाडौँ बाट सिरहातर्फ जादै गरेको बा ८० प ८६५ नम्बरको मोटरसाइकल सिन्धुलीको सुनकोशी गाउँपालिका ३ बोहोरेटारस्थित विपी राजमार्गमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी नायव निरिक्षक जेजंग कार्कीले जानकारी दिनुभयो । निरिक्षक कार्कीले दिएको जानकारी अनुसार हायस दुर्घटना हुँदा हायसमा सवार हरिपुर गाउँपालिकाको ६० वर्षको रोहित बहादुर लो सामान्य घाइते भएको छन् भन्नेमोटरसाइकलमा पछाडी सवार सर्लाही रामनगर गाउँपालिकाका २१ वर्षिया युवक गम्भिर घाइते भएको छन् । गम्भिर घाइते युवकलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको बताउनु भयो । त्यस्तै मोटरसाइकल चालक नागेश्वर महत्तो भने सामान्य घाइते भएका छन् ।गाडी र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएकोसि...

सन्दीपले मागे क्यानसँङ्ग कानुनी सहयोग

Breaking news 2, समाचार
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिगमाथि करणी गरेको आरोपका विषयमा नेपाल क्रिकेट संघ (क्यान) सँग सहयोग मागेका छन्। क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लका अनुसार सन्दीपसँग क्यानले सम्पर्क गरेको हो । जसमा सन्दीपले कानुनी उपचारका लागि क्यानबाट सहयोगको अपेक्षा गरेका छन्। हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। केन्याविरुद्धको टी-२० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका थिए। क्यानलाई सन्दीपले लिग सकिएपछि नेपाल फर्कने बताएका छन्। साथै उनले कानुनी उपचारका लागि क्यानसँग सहयोग मागेको पनि मल्लले बताए। सिपिएल आगामी अक्टोबर १ सम्म हुँदैछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ सम्म हुनेछ । यसअघि क्यानले कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिग करणी आरोपमा तत्काल केही छानबिन नगर्ने बताइसकेको छ।...
दक्षिण कोरिया शाखाद्वारा संघलाई प्रोजेक्टर अनुदान (सहयोग)

दक्षिण कोरिया शाखाद्वारा संघलाई प्रोजेक्टर अनुदान (सहयोग)

Breaking news 1, ट्रेन्डिङ, समाचार
काठमाडौं: नेपाल मगर सघ दक्षिण कोरिया मातहतमा सन्चालित “नेपाल कोरिया मगर उत्थान अक्षय कोष” द्वारा “शाखा अधिकृत लोकसेवा तयारी कक्षा सन्चालन” तथा कार्यालय प्रायोजनका लागि नेपाल मगर सघ केन्द्रीय कार्यालयलाई अनुदान स्वरूप प्रोजेक्टर हस्तान्तरण गरेको छ । भोलि २३ गतेबाट लोकसेवा तयारी कक्षा संचालन हुने भएकोले प्रवास शाखा दक्षिण कोरियाका पुर्व अध्यक्ष सि.पि.मगरज्युको नेतृत्वमा आज संघको मुल घर, कलंकीमा आएर प्रोजेक्ट हस्तान्तरण गरिएकोछ ।नेपाल मगर संघ, दक्षिण कोरियाका अध्यक्ष टेक बहादुर पुनमगर, नेपाल कोरिया मगर उत्थान कोषका अध्यक्ष अप्त पुनमगर, दक्षिण कोरियाको संयोजन सहित नेतृत्व गर्नुहुने सिपि मगर र सम्पूर्ण पदाधिकारी तथा सदस्यज्युहरू प्रती संघको तर्फबाट अध्यक्ष ज्ञानेन्द्र पुनमगरज्युले धन्यवाद ज्ञापन गरेकाछन । magardairy.com वाट...
खाली पेटमा दूध चिया पिउनुहुन्छ ? ध्यान दिनुहाेस् याे समस्या हुन सक्छ

खाली पेटमा दूध चिया पिउनुहुन्छ ? ध्यान दिनुहाेस् याे समस्या हुन सक्छ

Breaking news 2, स्वास्थ्य
हेटौंडा । चिया धेरै नेपालीले पिउने पेय पदार्थमा पर्छ । बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ । कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन् । अधिकांश नेपालीले बिहान चिया पिउछन् । के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो रु बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन् । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ। चिया पिउनुका फाइदा नभएका होइनन् । तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ । दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन । खाली पेटमा दूध चिया पिउदा थकान बढ्ने, एसिडिटी बढ्ने हुन्छ । यसले पेटको अल्सर पनि हुनसक्छ।दिनमा ५ कप भन्दा बढी चिया पिउने मानिसलाई प्रोस्टेट क्यान्सर हुनसक्ने बिभिन...