Wednesday, April 22News That Matters

Author: admin

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

Breaking news 1, ट्रेन्डिङ, शिक्षा, समाचार
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२)ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए ।देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
कक्षा १२ काे नतिजा प्रकाशित

कक्षा १२ काे नतिजा प्रकाशित

Breaking news 1, समाचार
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो । एनजी उल्लेख हुनेले उच्च शिक्षामा भर्ना पाउँदैन । दुई विषयमा मात्रै एनजी भए ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ । परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।...
खप्तड लघुवित्तको आईपीओ प्रि अलोटमेन्ट आज हुँदै, बाँडफाँड कहिले ?

खप्तड लघुवित्तको आईपीओ प्रि अलोटमेन्ट आज हुँदै, बाँडफाँड कहिले ?

अर्थ, ट्रेन्डिङ
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदाै ८ गतेदेखि भदाै १२ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे प्रि अलाेटमेन्ट आज (भदाै १७ गते, शुक्रबार) हुँदैछ । निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आज प्रि-अलाेटमेन्ट सम्पन्न गरी आगामी साेमबार बाँडफाँड गरिनेछ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियाे । जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणलाई छुट्याइएकाे थियाे । अन्तिम दिनसम्म १८ लाख ५० हजार १ सय ३२ जना लगानीकर्ताहरूले २ अर्ब ४ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको...
२ लघुवित्तको आईपीओ आउदैँ कुनको कति कित्ता?

२ लघुवित्तको आईपीओ आउदैँ कुनको कति कित्ता?

अर्थ
बोर्डमा आइपीओ जारी गर्ने लघुवित्त क्षेत्रका २ वटा संस्था अनुमतिको पर्खाइमा छन् । जसमा बिपीडब्लु लघुवित्त र आत्मनिर्भर लघुवित्त हुन् ।बिपीडब्लु लघुवित्त वित्तीय संस्थाले ९७ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तले मूल्य १०० रुपैयाँ अंकित दरले ९ करोड ७० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो । लघुवित्तले आईपीओ निष्काशनको माग गर्दै असार ८ गते बोर्ड आवेदन दिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर निष्काशनका लागि अवेदन दिएको छ । संस्थाले सेयर निष्काशनको अनुमति प्राप्त गरेपछि २ लाख ३ हजार ३ सय ८० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्नेछ । संस्थाको निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ । संस्थाले गत वर्ष चैत्र २१ गते सेयर निष...
श्रृजनशील लघुवित्तको आईपीओमा करिब १० लाखको आवेदन,३० गुणा बढी शेयर माग

श्रृजनशील लघुवित्तको आईपीओमा करिब १० लाखको आवेदन,३० गुणा बढी शेयर माग

अर्थ
श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गते बुधबारदेखि निष्काशन गरेको शेयरमा करिब १० लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा ९ लाख ९४ हजार ४४६ जना आवेदनबाट १ अर्ब १० करोड ८३ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ८३ हजार ६७० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्टाएको ३ लाख ६८ हजार ५९० कित्ताको ३०.०७ गुणा बढी हो । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको छ । त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लघुवित्तको आई...
पीएसजीको जितमा नेमार र एमबाप्पेको गोल

पीएसजीको जितमा नेमार र एमबाप्पेको गोल

Breaking news 3, खेलकुद, ट्रेन्डिङ, समाचार
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा बुधबार राती टोलसलाई ३-० ले पराजित गरेको छ । नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरको प्रशिक्षणमा पीएसजीले अपराजित यात्रा कायम राखेको छ । पीएसजीका लागि नेमार, किलियन एमबाप्पे र जुवान बर्नाटले गोल गरे । नेमारले ३७औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । एमबाप्पेले ५०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । दुवै गोलका लागि लियोनल मेस्सीले असिस्ट गरेका थिए ।यस्तै बर्नाटले इन्जुरी टाइममा गोल गरे । सिजनको चौथो जितपछि पाँच खेलबाट १३ अंक जोडेर पीएसनी शीर्ष स्थानमा छ । लेन्सले लोरिएन्टलाई ५-२ ले र मार्सेले क्लोरमोट पुटलाई १-० ले अहराउँदै अपराजित यात्रा कायम राखेका छन् । दुवैले पीएसजी समान १३ अंक जोडेका छन् । तर गोलअन्तरमा लेन्स दोस्रो र मार्से तेस्रो स्थानमा छ ।...
७५ जनामा हैजा संक्रमण : काठमाडौं, ललितपुर र कागेश्वरी मनोहरा ‘रेड जोन’मा

७५ जनामा हैजा संक्रमण : काठमाडौं, ललितपुर र कागेश्वरी मनोहरा ‘रेड जोन’मा

Breaking news 1, ट्रेन्डिङ, समाचार, स्वास्थ्य
१६ भदौं, काठमाडौं । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका हैजा संक्रमणको ‘रेड जोन’ मा परेका छन् ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सात जनाभन्दा बढी भएका पालिकालाई रेड जोनमा राखेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौं महानगरमा ४०, कागेश्वरी मनोहरा नगरपालिकामा नौ र ललितपुर महानगरमा आठ जनामा हैजा पुष्टि भएको छ ।काठमाडौं उपत्यकाका १३ पालिकासहित नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा गरी हैजा संक्रमितको संख्या ७५ पुगेको महाशाखाले जनाएको छ । हालसम्म १४ वर्षमुनिका ९ जना बालबालिकालाई हैजा संक्रमण भएको छ ।...
आईपीओ निष्काशनको अनुमति माग्दै दोल्ती पावर बोर्ड पुग्यो

आईपीओ निष्काशनको अनुमति माग्दै दोल्ती पावर बोर्ड पुग्यो

Breaking news 2, अर्थ, ट्रेन्डिङ
दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति मागेको हो ।कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।कम्पनीले दैलेखमा ४.५ मेगावाटको पदम खोला स्मल हाइड्रोपावर प्रोजेक्ट सञ्चालन गर्दैछ । मेरोलगानी बाट...
खप्तड लघुवित्त वित्तीयको आईपीओ बाँडफाँड कहिँले ? यस्तो छ बिक्री प्रबन्धकको जबाफ

खप्तड लघुवित्त वित्तीयको आईपीओ बाँडफाँड कहिँले ? यस्तो छ बिक्री प्रबन्धकको जबाफ

Breaking news 1, अर्थ
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा १६५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। यो लघुवित्तले गत भदौ ८ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज भदौ १२ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। सीडीएससीका अनुसार आज साँझ ५ सम्म यो आईपीओमा १८ लाख५० हजार १३२ आवेदकबाट २ करोड ४ लाख २२ हजार ४०० कित्ता सेयर माग भएको छ। यो मागभन्दा १६५.४९ गुणाले बढी हो। मागभन्दा बढी आवेदन परेका कारण योआईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट भाग्यमानी १२ हजार ३४० ...
चोलेन्द्रशमशेरसँग आइतबार फेरि बयान लिइने

चोलेन्द्रशमशेरसँग आइतबार फेरि बयान लिइने

Breaking news 3, ट्रेन्डिङ, समाचार
संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग आइतबार फेरि बयान लिने भएको छ।राणासँग बुधबारबाट समितिले बयान लिन सुरू गरेको हो। बुधबार समितिका सबै प्रश्न सोध्न समय नभएपछि उनलाई आज पनि बोलाइएको थियो। बिहीबारको बैठकमा पनि राणासँगको बयान नसकिएपछि समितिले उनलाई आइतबारका लागि बोलाएको समितिका एक सदस्यले जानकारी दिए।यसअघि बुधबारको बयानमा चोलेन्द्रशमशेरले आफूमाथि लागेका आरोपहरूमा जवाफ दिनुको साटो आफू प्रधानन्यायाधीश हुँदा कसले किन आन्दोलन गरे र आफूमाथि किन महाभियोग प्रस्ताव आयो भन्ने कुरा गरेका थिए। उनले सर्वोच्च अदालतका पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीमाथि विभिन्न आरोप लगाएका छन्। ...