Wednesday, April 22News That Matters

Author: admin

महाअभियोग सिफारिस समितिमा जबराको दोस्रो दिनको बयान सकियो

महाअभियोग सिफारिस समितिमा जबराको दोस्रो दिनको बयान सकियो

Breaking news 1, ट्रेन्डिङ, राजनीति, समाचार
१६ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिले दोस्रो दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयान लिएको छ । जबरा विहान ११ बजे सिंहदरबारमा पुगेका थिए । झण्डै २ घण्टा चलेको बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको छ । महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये आजसम्म ६ वटा प्रश्न सकिएको छ । अर्को बैठक १९ गतेलाई राखिएको छ ।...
सिटको बाँडफाँटमा कुरा मिलेन  : भोलि फेरी बस्ने

सिटको बाँडफाँटमा कुरा मिलेन : भोलि फेरी बस्ने

Breaking news 3, ट्रेन्डिङ, राजनीति, समाचार
१५ भदौ, काठमाडौं । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठक निष्कर्षमा नपुगी सकिएको छ । साँझ ५ बजेदेखि ८ बजेसम्म सिट बाँडफाँटको विषयमा छलफल गरेका शीर्ष नेताहरु सहमतिमा पुग्न नसकेपछि बिहीबार पुनः बस्ने गरी बैठक अन्त्य गरेका हुन् । बुधबार कार्यदलका सदस्यहरुलाई तयारी अवस्थामा राखेर शीर्ष नेताहरु छलफलमा जुटे पनि कुनै पनि दलले दाबी नछोडेपछि नेताहरु यसै उठेका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार आजको बैठकमा कुनै पनि दलका नेताहरु आआफ्नो दाबीबाट दायाँबायाँ भएनन् । चुनावी तालमेल गर्दा आफूहरुले १०० सिट पाउनुपर्ने दावी नेपाली कांग्रेसले गरेको छ । माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दावी गरेका छन् । आज पनि सबैले यही संख्यामा दावी गरेको बैठकमा सहभागी नेताले बताए । आज सहमति गर्ने भनिएपछि ...
हेटौंडा उपमहानगरपालिकाले प्रेस युनियनलाई १० लाख दिने

हेटौंडा उपमहानगरपालिकाले प्रेस युनियनलाई १० लाख दिने

Breaking news 1, ट्रेन्डिङ, समाचार, स्थानीय
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनलाई १० लाख रुपैयाँ दिने भएको छ । उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार हेटौं‌डामा ६-७ साउनमा सम्पन्न प्रेस युनियनको ९ औं महाधिवेशनको खर्चबापत १० लाख रुपैयाँ तिरिदिने निर्णय भएको हो ।बुधबार बसेको कार्यपालिका बैठकले हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय स्तरको कुनै कार्यक्रम भए उपमहानगरले सहयोग गर्ने सैद्धान्तिक निर्णय अनुसार उपमहानगरले महाधिवेशनमा भएको खर्च भुक्तानी गर्न १० लाख रुपैयाँ दिने निर्णय भएको न्यौपानेले बताए । युनियनको महाधिवेशनमार्फत उपमहानगरपालिकालाई देश–विदेशमालाई चिनाउन सहयोग गरेको भन्दै सहायता प्रदान गरिएको उनले बताए ।‘हामीले बिलको आधारमा प्रेस युनियनले गरेको खर्चको भुक्तानी दिन लागेका हौं । युनियनबाट १५ लाख रुपैयाँ माग भएको थियो तर हामीले १० लाख रुपैयाँ मात्रै दिने निर्णय...
आस्वा निःशुल्क गर्ने बैंकको संख्या ६ पुग्यो, कुन–कुनबाट आइपीओ भर्दा लाग्दैन चार्ज ?

आस्वा निःशुल्क गर्ने बैंकको संख्या ६ पुग्यो, कुन–कुनबाट आइपीओ भर्दा लाग्दैन चार्ज ?

अर्थ
नेपाल बैंकले पनि आस्वा शुल्क नलिने घोषणा गरेको छ । यससँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने वाणिज्य बैंकको संख्या ६ पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ । यसअघि लगानीकर्ताहरुले आइपीओ भरेवापत विभिन्न बैंकहरुलाई १० देखी १०० रुपैयाँसम्म शुल्क तिर्दै आएका थिए । बोर्डले अधिकतम सीमा ५ रुपैयाँ तोकेसँगै बैंकहरुले शुल्क घटाउन थालेका छन् भने कतिपयले निःशुल्क गर्न थालेका छन् । हालै सानिमा बैंकले पनि सी–आस्वा निःशुल्क गर्ने घोषणा गरेको थियो । यसरी ६ वटा बैंकहरुले निःशुल्क सेवा उपलब्ध गराउँदा लागनीकर्तालाई केही राहत भने भएको छ । नेपाली पैसा बाट...
दुलाहा बने कप्तान किरण चेम्जोङ

दुलाहा बने कप्तान किरण चेम्जोङ

Breaking news 3, खेलकुद, ट्रेन्डिङ, समाचार
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान एवं गोलकिपर किरणकुमार लिम्बु दुलाहा बनेका छन्। उनले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन्। उनीहरूको विवाह आज आफन्त र सिमित साथीभाइबीच हुन लागेको हो। यसअघि उनीहरूले सोमबार मेहेन्दी कार्यक्रम गरेका थिए। यसअघि गत असार २१ गते किरणले कञ्चनलाई माल्दिभ्समा विवाह प्रस्ताव राखेका थिए। माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई अविस्मरणीय बनाउने क्रममा किरणले लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भए लगत्तै कञ्चनलाई विवाह प्रस्ताव राखेका थिए। उनी आबद्ध क्लब माजियाका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगेका थिए। त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चनलाई सबै सहकर्मीका अघि औंठी लगाइदिएर विवाह प्रस्ताव राखेका थिए।कञ्चन पेशाले एयरहोस्टेस हुन्। केही वर्षदेखि प्रेममा रहेका उनीहरूको भदौ १५ मा विवाह गर्न लागेका हुन्। व...
बयान दिन संसदीय समितिमा पुगे चोलेन्द्र

बयान दिन संसदीय समितिमा पुगे चोलेन्द्र

Breaking news 2, ट्रेन्डिङ, राजनीति, समाचार
१५ भदौ, काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन सिंहदरबार पुगेका छन् । उनीसँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदै छ । जबरा सिंहदरबारभित्र रहेको पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै भित्र छिरेका थिए । उनलाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिंदै भित्रसम्म पुर्याएका थिए । उनलाई संघीय संसदका महासचिवको कार्यकक्ष नजिकको कक्षमा राखिएको छ । समितिको बैठक अब केहीबेरमा सुरु हुँदैछ । गत फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए । आज बयान लिने भएपछि समितिले यसअघि नै प्रमाणहरू संकलन गरेको छ । सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ । समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाणहरू प...
हेटौंडा बसपार्कको तरकारी बजार चौकीटोलमा स्थानान्तरण गरिने

हेटौंडा बसपार्कको तरकारी बजार चौकीटोलमा स्थानान्तरण गरिने

Breaking news 1, ट्रेन्डिङ, समाचार, स्थानीय
हेटौंडा उपमहानगरपालिका-१० बसपार्कमा रहेको होलसेल तथा खुद्रा तरकारी बजारलाई हेटौंडा १ चौकीटोलमा स्थानान्तरण गरिने भएको छ । उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको अध्यक्षतामा बसेको ८ औं कार्यपालिका बैठकले स्थानान्तरण गर्ने निर्णय गरेको हो । बसपार्क क्षेत्रमा तरकारी बजारका कारण केहि असहज भएकोले कार्यपालिका बैठकले तरकारी बजार सार्ने निर्णय गरेको नगरप्रमुख लामाले जानकारी दिनुभयो । तरकारी बजार सार्नका लागि उपमहानगरपालिकाले १५ दिने सूचना जारी गरेर कार्यान्यनको पाटोमा अघि बढ्ने समेत उहाँले बताउनु भयो ।...
राप्ती हाइड्रोको आईपीओ आजदेखि दोस्रो बजारमा, कतिमा खुल्छ पहिलो कारोबार ?

राप्ती हाइड्रोको आईपीओ आजदेखि दोस्रो बजारमा, कतिमा खुल्छ पहिलो कारोबार ?

अर्थ, ट्रेन्डिङ
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेदेखि श्रावण १ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) आज बुधबारदेखि नेप्सेमा दोस्रो बजार कारोबार सुरु हुने भएको छ । कम्पनीको आईपिओ मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको थियो । कम्पनीको कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३१ लाख ८६ हजार ५२८ कित्ता, सर्वसाधारणको २३ लाख २८ हजार ६१७ कित्ता र स्थानीयको ६ ला १२ हजार ९७३ कित्ता छन्। नेप्सेले यो कम्पनीलाई RHGCL कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यूनतम १०६.३५ रुपैयाँदेखि अधिकतममा ३१९.०५ रुपैयाँ तोकेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ करोड ६६ लाख बराबरको २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको...
निर्णायक खेलमा केन्यालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

निर्णायक खेलमा केन्यालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार
केन्याविरूद्धको निर्णायक तथा पाँचौ टी-२० खेलमा जित निकाल्दै नेपालले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको छ। नेपालले मंगलबार भएको पाँचौ टी-२० मा केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज जितेको हो। यसअघि नेपालले पहिलो टी-२० मा ५ विकेट र तेस्रो टी-२० मा ४ विकेटको जित निकालेको थियो।  दोस्रो टी-२० माे केन्या १८ रनले विजयी हुँदा हिजो भएको चौथो टी-२० मा उसले ७ रनको जित निकालेको थियो। मंगलबार नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले ७ विकेटको क्षतिमा १४४ रन मात्र जोड्न सक्यो। केन्याका ओपनर कोलिन ओबुया २३ रन र सुखदिप सिंह ४ रनमा आउट भए। इर्फान करिमले २८ रन जोडे भने राखेप पटेल १ रन र सचिन भुडिया शून्यमा आउट भए। ओडियाम्बोले सबैभन्दा बढी ३७ रन जोडे। २२ बलमा ४ चौका र १ छक्का हिर्काएका उनलाई बसिर अहमेदले आउट गरे। बसिरले लुकासको पनि विकेट लिने क्रममा ४ रनमा आउट गरे।  यस्तै एनगोचे ३३ ...
थाहामा पहिलो पटक विच भलिवल प्रतियोगिता हुने, प्रतियोगिता थाहा कला केन्द्रले आयोजना गर्दै

थाहामा पहिलो पटक विच भलिवल प्रतियोगिता हुने, प्रतियोगिता थाहा कला केन्द्रले आयोजना गर्दै

Breaking news 2, समाचार, स्थानीय
सानोबाबु मुक्तानथाहानगरउत्तरी मकवानपुर थाहा नगरपालिका ३ स्थित थाहा कला केन्द्रले थाहा नगरमै पहिलो पटक विच भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । केन्द्रले थाहा नगर भलिवल संघ संगको समन्वयमा प्रतियोगिताको आयोजना गर्न लागेको हो । थाहा नगरमै पहिलो पटक हुन लागिरहेकोले प्रतियोगितालाई रोमान्चक रुपमा हेरिएको छ । केन्द्रले आज यसै विच भलिवल प्रतियोगिताको बारेमा तथा सिंगो नगर भलिवल विकासका बारेमा थाहा नगरपालिकाका जनप्रतिनिधि, स्थानिय दलका नेता तथा सम्बन्धित खेलाडिहरुविच अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । समन्वय संस्थाका अध्यक्ष वसन्त गोपालीको सभाध्यक्षमा थाहा नगरपालिका शिखरकोटको शंकर होटलमा भएको कार्यक्रममा प्रमूख अतिथि नगरपालिकाका उपप्रमूख भरत गोपाली, नगर खेलकुद विकास संयोजक तथा वडा नं. १२ का वडा अध्यक्ष टिकाराम स्याङ्दान, वडा नं. २ का वडा अध्यक्ष बमबहादुर सिन्तान, वडा नं. ४ का अध्यक्ष नार...