Monday, April 20News That Matters

Author: admin

सडक मिचेर बनाईएको संरचना ३५ दिनभित्र नहटाए मध्यपुर थिमिले कारबाही गर्ने

सडक मिचेर बनाईएको संरचना ३५ दिनभित्र नहटाए मध्यपुर थिमिले कारबाही गर्ने

Breaking news 1, ट्रेन्डिङ, समाचार
भक्तपुरस्थित मध्यपुर थिमि नगरपालिकाले सडक अतिक्रमण हुने गरी बनाइएका संरचनाहरू ३५ दिनभित्र हटाइसक्न निर्देशन दिएको छ। आज सूचना जारी गर्दै नगरपालिकाले अतिक्रमण गरी बनाइएका संरचना नहटाए कारबाही गर्ने चेतावनी पनि दिएको छ। अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगरका भित्री सडक र क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डविपरीत संरचना बनाइएको पाइएको नगरपालिकाको भनाइ छ। सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी बनाइएका त्यस्ता संरचना ३५ दिनभित्र हटाउन र नहटाएमा कारबाही गरिने नगरपालिकाले बताएको हो।यस्तै सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्नेलाई पनि त्यसो नगर्न नगरपालिकाले चेतावनी दिएको छ।...
काठमाडौं महानगरको टोली न्युरोडको सुरज अर्केडमा

काठमाडौं महानगरको टोली न्युरोडको सुरज अर्केडमा

Breaking news 1, प्रदेश, समाचार
१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउन लागेको छ । अर्केडमा  बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर तयार गरेको छ । डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ । महानगरले पछिल्लो समय अनधीकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं पुगेर ठाउँका संरचनाहरू भत्काएका थिए ।...
रविन्द्र मिश्रलाई ओलीले दिए चुच्चे नक्शासहितकाे एक मुठ्ठी सिक्का

रविन्द्र मिश्रलाई ओलीले दिए चुच्चे नक्शासहितकाे एक मुठ्ठी सिक्का

Breaking news 2
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार साँझ ओलीसँग साढे २ घण्टा बिताएका क्षणबारे उनले आज बिहान समाजिक सञ्जालमा जानकारी दिएका छन् । चुच्चे नक्शासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का उपहार दिएको भन्दै मिश्रले सिक्काको तस्बिरसमेत राखेका छन् । मिश्रले केपी ओलीको ऊर्जा र लगन अनौठो रहेको भन्दै तारिफ समेत गरेका छन् । ‘ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो । आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नुपूर्व भोगेका जटिलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो’, मिश्रले उल्लेख गरेका छन् । भेटघाटको...
प्रतिनिधि सभाकाे बैठक बस्दै , कार्यसूचिमा  सत्य र निरुपण सम्बन्धि     विधेयक

प्रतिनिधि सभाकाे बैठक बस्दै , कार्यसूचिमा सत्य र निरुपण सम्बन्धि विधेयक

Breaking news 2, समाचार
काठमाडौं : प्रतिनिधि सभाको बैठकमा आज बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक-२०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुँदै छ । बिहान ११ बजे बस्ने बैठकमा न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले प्रस्ताव पेस गर्ने संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको प्रतिवेदन समितिकी सभापति निरुदेवी जैरुले पेस गर्ने कार्यसूची पनि छ । साथै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको व्यहोरा जानकारी पनि गराउने छन् । सिरहा-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् कांग्रेस नेता प्रदीप गिरिको यही भदौ ४ ...
बार्सिलाेनाकाे सानदार जित

बार्सिलाेनाकाे सानदार जित

Breaking news 2, अन्तर्राष्ट्रिय
एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि ४-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई सानदार जित दिलाउनको लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने पेड्रो र सर्जी रोबर्टोले समान एक–एक गोल गरे । बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान दुई–दुई गोल गरेको थियो । क्याम्प नोउमा भएको खेलको २४औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । उनले राफिन्हाको पासमा गोल गरेका थिए । ४३औं मिनेटमा औसमाने डेम्वेलेको पासमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ६४औं मिनेटमा लेवान्डोस्कीले डेम्वेलको पासमा गोल गर्दै ३–० को अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज जित दिलाए । तीन खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित रियल भाल...
आजको राशिफल

आजको राशिफल

Breaking news 3, दैनिक राशिफल
आज मिति २०७९ भदौ १३ गते साेमबार,हेर्नुहाेस् आजकाे राशिफलमेषआम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। सोचेको आँटेको काममा सफलता मिल्नेछ। ब्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ। वृषपढाई लेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। मिथुनआस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। कर्कटघरेलु काममा रुची बढ्नेछ। धार्मिक र सामाजिक काममा व्यस्त रहनुपर्नेछ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा केहि समस्या देखिन सक्छ। सिंहमेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। ब्यापार ब्यबसायमा गरेको लाभ मिल्न सक्छ। कन्यादाम्पत्य जीबनमा खुसियाली छाउनेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन्...
आज दर खाने दिन

आज दर खाने दिन

Breaking news 2, समाचार
हेटौंडा । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको बताइन्छ । तर नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने शास्त्रीय रुपमा तीजमा निराहार व्रत बस्ने विधान नरहेको जानकारी दिए । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।...
तीजलाई सन्देशमूलक बनाएर मनाओैं : माेक्तान

तीजलाई सन्देशमूलक बनाएर मनाओैं : माेक्तान

Breaking news 2, समाचार
हेटौंडा । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले तीज पर्वलाई सन्देशमूलक बनाउनुपर्नेमा जोड दिनुभएको छ । शनिबार चिनारी सन्देश साप्ताहिकले हेटौंडामा आयोजना गरेको तीज विशेष अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले तीजलाई भड्किलो र खर्चिलेभन्दा पनि महिला सशक्तीकरणसंग जोडेर सन्देशमूलक बनाउनुपर्ने बताउनुभयो । मन्त्री मोक्तानले पछिल्लो समय महिलाहरु शिक्षित भएकै कारणले हरेक क्षेत्रमा सहभागीता बढेको बताउनुभयो । उहाँले यस्ता सहभागीतालाई अझै बढाएर नेतृत्व सम्हाल्न सक्ने अवस्था सिर्जना गर्न समेत महिला दिदीबहिनीलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य एंव नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलमाी ‘छिन्तु’ ले हिन्दु नारीहरुले मनाउने तीज धार्मिक, सामाजिक सहिष्णुताका कारण अहिले सबै महिलाहरुले मनाउने गरेको राम्रो विषय रहेको बताउनुभय...
भारतीय फुटबलमाथि फिफाको निलम्बन हट्यो

भारतीय फुटबलमाथि फिफाको निलम्बन हट्यो

Breaking news 1, खेलकुद
११ भदौ, काठमाडौं । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)माथिको निलम्बन विश्व फुटबल महासंघ फिफाले दुई साता नबित्दै फिर्ता लिएको छ । शनिबार बिहान फिफा काउन्सिलले भारतीय फुटबलमाथि लागेको सबै निलम्बन फिर्ताको निर्णय गरेको हो । भारतको सर्वोच्च अदालतले कार्यकारी समिति निर्माण गरेपछि तेस्रो पक्षको हस्तक्षेप ठहर गरी फिफाले गत साउन ३१ गते निलम्बन गरेको हो | ‘अदालतबाट स्थापित कमिटीको नियन्त्रणबाट  एआइएफएफ स्वतन्त्र भएको हामीले पाएका छौं । फिफा र एएफसीले त्यहाँको आगामी परिस्थितिबारे पनि निगरानी राख्नेछ’ फिफाको वक्तव्यमा भनिएको छ, ‘हामी निर्धारित समयमै निर्वाचन गराउन एआइएफएफलाई सहयोग गर्नेछौं ।’ फिफाले आगामी अक्टोबर ११ देखि ३० सम्म हुने तय भएको फिफा यू-१७ महिला विश्वकप पूर्वनिर्धारित मिति र स्थानमै हुने जनाएको छ ।निलम्बन हटेसँगै आसन्न साफ महिला च्याम्पियनसिपमा पनि भ...
राशिफल : आज यी राशिका लागि राम्रो दिन

राशिफल : आज यी राशिका लागि राम्रो दिन

Breaking news 2, दैनिक राशिफल
मेष :काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना सफल हुनेछन। वृषपढाइ लेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ। मिथुनबिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना सफल होलान। कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। कर्कटव्यापार ब्यबसायमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धी पराजित हुनेछन। सोचेभन्दा आम्दानी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। सिंहविगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। कन्यापारिवारिक सम्बन्धमा सुधार आउनेछ। मनग्य धन आर्जन हुनेछ। साथीभाईसंग रमाइलो भेटघाट हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। ...