आज कुशे ओैँसि,बुवाकाे मुख हेर्ने दिन
हेटौंडा ।आज भाद्र कुशे ओैँसि,बुवाकाे मुख हेर्ने दिन। आजकाे दिन आफ्नो बुवालाई मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने प्रचलन छ । बुवासँग प्रत्यक्ष भेट्न नसक्नेले प्रविधिकाे सहायतामा कुराकानी गर्छन् ।आमालाई ‘मातृदेवाे भव’ भनेजस्तै बुवालाई ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप आजकाे दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरे जीवनभर सुख मिल्ने विश्वास गरिन्छ । पहिला पहिला आमाका नाममा धेरै कविता, कथा, गीत रचना गरिएपनि बुवाकाे नाम कमै आउने गर्थ्याे । तर केही वर्ष यता बुवाकाे नाममा पनि कविता काेर्ने, गीत लेख्ने प्रचलन बढेकाे छ ।बाबु नहुनेहरूले भने आजकाे दिन विभिन्न पवित्र ठाउँमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्छन् । गत वर्ष यस दिन काठमाड...








