Saturday, April 18News That Matters

Author: admin

दरबार डाँडा मा  बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

दरबार डाँडा मा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Breaking news 1, स्थानीय
हेटौंडा ।पूर्बि मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ७ दरबार डाँडामा रहेकाे जनएकता आधारभूत बिद्यालयमा बिद्यार्थीकाे लागि शैक्षिक सामाग्री बितरण गरिएकाे छ। सयुक्त युवा समाजकाे माध्यमबाट ग्रामीण असहाय केन्द्र मकवानपुर द्वारा ७२ जना बिद्यार्थी हरुलाई शैक्षिक सामाग्री बितरण गरेकाे हाे । बकैया गाउँपालिकाकाे नै बिकट ठाउँमा रहेकाे याे दरबार डाडाँ हरेक क्षेत्रबाट पिछडिएको छ ।त्यस ठाउँमा पुग्नलाई करिब २ घण्टाकाे उकालो पैदलयात्रा गरेर जानुपर्छ। कपि कलम ५९सेट,झाेला ५९ सेट र ई सिडि र एक कक्षाकाे बिद्यार्थी काे लागि चप्पल ५९ गरेर जम्मा ७० जना बिद्यार्थी लाई बिद्यालय पाेसाक र शैक्षिक सामाग्री बितरण गरिएको सयुक्त युवा समाजकाे संथापक संयाेजक राजकुमार स्याङ्तानले बताए ।...
कीर्तिपुरमा पनि मापदण्ड विपरीतका संरचना भत्काउन सुरु

कीर्तिपुरमा पनि मापदण्ड विपरीतका संरचना भत्काउन सुरु

Breaking news 2, समाचार
काठमाडौं। कीर्तिपुर नगरपालिकाले नगरभित्रका मापदण्ड विपरीतका संरचना हटाउने कार्य सुरु गरेको छ । पटक पटकको लिखित तथा मौखिक आग्रह र चेतावनीपछि पनि अटेर गरेका कारण बिहीबार नगरपालिकाले त्यस्ता अवैध संरचनाहरु डोजर लगाएर भत्काएको छ । दिउँसो सुरु गरिएको सो कार्यमा नगरप्रमुख राजकुमार नकर्मी उपस्थित भएका थिए । नगरपालिकाको वडा १० मा पर्ने उक्त संरचना स्थानीय जयबहादुर महर्जनको पर्खाल हो । नगरपालिकामा गरिएको नक्सा पासविपरीत सो संरचना बनेकाले भत्काउनुपरेको नगरपालिकाका उपप्रमुख एवम् प्रवक्ता सुनिता शाक्यले जनाएकी छिन् । महर्जनलाई यसअघि अघिल्ला नगरप्रमुख रमेश महर्जनकै कार्यकालमा नगरपालिकाले संरचना मापदण्डविपरीत भएको र सार्वजनिक आवागमनमै बाधा पार्ने भएकाले भत्काउन अनुरोध गरिएको जानकारी पनि उपमेयर शाक्यले बताएकी छिन् ।‘उहाँहरुसँग नै महर्जनले आफ्नो संरचना आफैँ भत्काएर हटाउने प्रतिबद्धता जनाएको रहेछ । तर ह...
नेता बानियाँद्वारा मनहरीका विपन्न ५ सय घरपरिवारलाई खाद्यान्न सहयोग

नेता बानियाँद्वारा मनहरीका विपन्न ५ सय घरपरिवारलाई खाद्यान्न सहयोग

Breaking news 2, स्थानीय
हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाका गरिव विपन्न चेपाङ, तामाङ तथा लोपोन्मुख बनकरिया समुदायका ५ सय घरपरिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।मनहरी गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको नयाँबस्ती, बनकरिया, अजिंगरे, चिसापानी, रुपाचुरी, खरिवाङ, लोथर, खयरघारी, चौकीटोल, नयाँवस्ती, प्रतापपुर क्षेत्रका चेपाङ, बनकरिया तथा तामाङ समुदायका गरिव, विपन्न परिवारका ५ सय घरपरिवारलाई प्रतिपरिवार एक बोरा चामल, दाललगायतका खाद्य सामाग्री सहयोग गर्नुभएको हो ।खाद्य सामाग्री हस्तान्तरण गर्दै नेता बानियाँले नेपाली कांग्रेस प्रत्येक दिनदुःखी, असहाय, गरिवको सेवामा सधैं समर्पित रहने बताउँदै कम्युनिष्टले जस्तो फुस्रो र छलकपट जस्ता आश्वासन नदिने बताउनुभयो ।नेता बानियाँले चाडबाडको मुखमा गरिव र विपन्न जनता...
नेता बानियाँ द्वारा एक युवालाई कृतिम खुट्टा सहयोग

नेता बानियाँ द्वारा एक युवालाई कृतिम खुट्टा सहयोग

Breaking news 1, स्थानीय
हेटौंडा।नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडाका एक युवालाई कृतिम खुट्टा सहयोग गर्नुभएको छ ।२०७४ सालमा ट्रक दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका हेटौंडा उपमहानगरपालिका ३ नर्सिङडाँडाका ४१ बर्षिय ईन्द्रबहादुर बस्नेतलाई ७५ हजार रुपियाँ बराबरको कृतिम खुट्टा सहयोग गर्नुभएको हो ।नेता बानियाँले ‘हात खुट्टा नहुनु भनेको जीवन नै अर्कै चरणबाट गुज्रिन बाध्य हुनु हो । मैले कृतिम खुट्टा उपलब्ध गराएर बस्नेतको जीवनमा रूपान्तरण ल्याउने सानो कोशिस गरेको हो । यसले बस्नेतको जीवनमा ठूलो फरक पार्नेछ भन्ने मेरो विश्वास छ ।’करिब साँढे दुईवर्ष अघि पनि नेता बानियाँले बस्नेतलाई ५० हजारको कृतिम खुट्टा उपलब्ध गराउनुभएको थियो । बस्नेत हाल हेटौंडामा अटोरिक्सा चलाएर जिवन निर्वाह गरिरहेका छन् ।...
नेता बानियाँद्वाारा एक युवालाई कृतिम खुट्टा सहयोग

नेता बानियाँद्वाारा एक युवालाई कृतिम खुट्टा सहयोग

Breaking news 1, स्थानीय
हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडाका एक युवालाई कृतिम खुट्टा सहयोग गर्नुभएको छ ।२०७४ सालमा ट्रक दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका हेटौंडा उपमहानगरपालिका ३ नर्सिङडाँडाका ४१ बर्षिय ईन्द्रबहादुर बस्नेतलाई ७५ हजार रुपियाँ बराबरको कृतिम खुट्टा सहयोग गर्नुभएको हो ।नेता बानियाँले ‘हात खुट्टा नहुनु भनेको जीवन नै अर्कै चरणबाट गुज्रिन बाध्य हुनु हो । मैले कृतिम खुट्टा उपलब्ध गराएर बस्नेतको जीवनमा रूपान्तरण ल्याउने सानो कोशिस गरेको हो । यसले बस्नेतको जीवनमा ठूलो फरक पार्नेछ भन्ने मेरो विश्वास छ ।’करिब साँढे दुईवर्ष अघि पनि नेता बानियाँले बस्नेतलाई ५० हजारको कृतिम खुट्टा उपलब्ध गराउनुभएको थियो । बस्नेत हाल हेटौंडामा अटोरिक्सा चलाएर जिवन निर्वाह गरिरहेका छन् ।...
नक्सा र डाेजर लिएर गएँ, मैले  के बिराएँ: मेयर शाह

नक्सा र डाेजर लिएर गएँ, मैले के बिराएँ: मेयर शाह

Breaking news 1, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले कानुनअनुसार नै काम गरेकाे बताउनुभएकाे छ । आज बिहीवार दिउँसाे नयाँ बानेश्वरमा रहेकाे अल्फा बिटा कम्प्लेक्सकाे अवैध संरचनामा डाेजर चलाएपछि मेयर साहले यस्ताे बताएका छन् । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ।’ यस्तै उहाँले आफैँले बुझेर अवैध संरचना हटाउन आग्रह गर्दै नक्सा जसरी पास भएको छ, त्यहीअनुसार संरचना बनाउन पनि आग्रह गरेका छन् ।...
नागरिकता विधेयक स्वीकृत नगर्ने राष्ट्रपतिलाई चाैतर्फि दबाब

नागरिकता विधेयक स्वीकृत नगर्ने राष्ट्रपतिलाई चाैतर्फि दबाब

Breaking news 2, राजनीति
काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आफ्ना सबै सुझावलाई पुरै बेवास्ता गरेर नागरिकता विधेयक पुनः पारित गरेपछि नागरिक अगुवा, कानुनविद् तथा सुरक्षा निकायका पूर्व उच्चपदस्थहरूसँग छलफल गरी आवश्यक रायसुझाव लिने कामलाई तीव्रता दिएकी छिन् । सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गराई सो विधेयक फेरि राष्ट्रपतिसमक्ष पठाउने तयारीलाई तीव्र दिएको छ । राष्ट्रपति भण्डारीले छलफलका क्रममा बुधबार नेपाली सेनाका पूर्व र बहालवाला उच्च पदाधिकारीसँग छलफल गरेकी हुन् । छलफलका क्रममा सेनाका पूर्वजर्नेलहरूले राष्ट्रपति संविधानको पालक र संरक्षक भएकाले संविधानको रक्षा गर्नकै लागि पनि यथास्थितिमा आउने नागरिकता विधेयक कुनै पनि हालतमा स्वीकृत गर्न नहुने सुझाव दिएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदासहित नागरिकता विधेयकलाई परिमार्जन गर्न सुझाव दिँदै केही दि...
हेटौंडा ४ का वडा अध्यक्ष सिग्देललाई कार्यकक्षमै हातपात  गरेर सानु लामा फरार

हेटौंडा ४ का वडा अध्यक्ष सिग्देललाई कार्यकक्षमै हातपात गरेर सानु लामा फरार

Breaking news 1, ट्रेन्डिङ, समाचार, स्थानीय
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष एवम् एमाले मकवानपुरका सचिव नवीन सिग्देलमाथि हातपात भएको छ | सिग्देललाई कार्यकक्षमै हातपात गरेर सानु लामा फरार भएको हो । हाल उनलाई प्रहरीले खोजि रहेको मकवानपुरका प्रहरी उपरिक्षक बामदेब गौतमले जानकारी दिए । भुटनदेबी स्कुलको सटर भाडाको विषयमा विवाद हुँदा लामाले सिग्देललाई हातपात गरेका हुन् । अध्यक्ष सिग्देलले लामा बिरूद्द प्रहरीमा जाहेरी दिएका छन् । लामा जिल्ला खेलकुद बिकास समितिका पुर्ब अध्यक्ष समेत हुन् ।...
बकैयामा एक शव  फेला

बकैयामा एक शव फेला

Breaking news 1, स्थानीय
पूर्वि मकवानपुर बकैया गाउँपालिकाको वडा नंबर ७ को हिरामुनीकी ६२ वर्षीया कृष्ण कुमारी लामाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडाले जनाएको छ । लामा आफ्नो घरबाट करिब १ किलोमिटर नजिक बारीको झाडिमा घोप्टो परेर मृत अवस्थमा फेला परेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार ,खबरब्रेक...
काठमाडौंमा सामान्य रुपमा गाडी चल्दै ,ढुक्क भएर गाडी चलाउन प्रहरीकाे आग्रह

काठमाडौंमा सामान्य रुपमा गाडी चल्दै ,ढुक्क भएर गाडी चलाउन प्रहरीकाे आग्रह

Breaking news 2
काठमाडौं। काठमाडौं उपत्यकामा सडक अवरोध गराउँदै हिँडेका १८ जना भन्दा बढी पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौंस्थित नयाँ बानेश्वर , कोटेश्वरलगायत उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सडक र गाडी चलाउन समस्या नहोस् भन्नका लागि सडकमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन् । प्रहरीले ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ । अहिले उपत्यकामा सामान्य रुपमा गाडी चलिरहेका छन् । सडक र चोक - चोकमा प्रहरीको बाक्लो उपस्थिति छ । छोटो दूरीका गाडी सामान्य रुपमा चलिरहे पनि लामो दूरीका गाडी भने फाट्टफुट्ट मात्रै चलिरहेका छन् । यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार ( आज ) बन्द आह्वान गरेको छ । बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन् । ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम...