Saturday, April 18News That Matters

Author: admin

बञ्चरेडाँडामा गर्याे प्रहरीले ५ राउण्ड हवाईफायर

बञ्चरेडाँडामा गर्याे प्रहरीले ५ राउण्ड हवाईफायर

Breaking news 1, समाचार
काठमाडौं ।  बञ्चरेडाँँडामा प्रहरीले एक सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो । त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । धुनवेशी नगरपालिका १ का अध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले अवरोध गर्न नछोडे थप बल प्रयोग गर्ने भन्दै स्थानीयबासिन्दालाई चेतावनी दिएका छन् । प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेपछि केहि अगाडी बढेता पनि डाँडामा रहेका स्थानीयले ढुंगा र गुलेली हानेपछि दोहोर झडप सूरु भएको वडाध्यक्ष तामाङले बताए ...
साउनकाे अन्तिम साेमबार देवघाटमा लाखौं भक्तजनकाे भिड

साउनकाे अन्तिम साेमबार देवघाटमा लाखौं भक्तजनकाे भिड

Breaking news 2, ट्रेन्डिङ, समाचार
साउनकाे अन्तिम साेमबार देवघाटमा लाखौं भक्तजनकाे भिड (भिडियाे सहित) चितवन ।पवित्र धार्मिक स्थल देवघाटमा आज साउनको अन्तिम सोमबार भक्तजनको घुइँचो लागेको छ । भक्तजनको घुइँचो लागेपछि मन्दिरमा पूजा गर्न र झोलुँगे पुल तर्न भक्तजन चर्काे घाममा लामो समय लाइन बस्नु परेको छ । यस पटक साउनमा पाँचवटा सोमबार परेका थिए । अन्तिम सोमबार विशेष हुने भएकाले भक्तजनको घुइँचो आज बढी देखिएको हो । त्रिशुली र कालीगण्डकीको संगमस्थल देवघाटमा स्नान गर्ने र शिव मन्दिरमा पूजा गर्ने भक्तजनको भिड लागेको हो । साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । भगवान शिवको व्रत बसेका भक्तजन बिहान ४ बजेदेखि नै देवघाट आउन थालेका थिए । अहिले पनि स्नान गर्ने जाने क्रम जारी छ । व्रत नबस्नेहरुको पुनि उत्तिकै ओहिरो लागेको छ । देवघाटको वार...
“प्रचण्ड र माधवकाे स्वार्थले कम्युनिष्ट आन्दाेलन विखण्डन”: नेता रिजाल

“प्रचण्ड र माधवकाे स्वार्थले कम्युनिष्ट आन्दाेलन विखण्डन”: नेता रिजाल

Breaking news 1, राजनीति, समाचार, स्थानीय
नेकपा एमालेका केन्द्रीय पाेलिटव्यूराे सदस्य तथा केन्द्रीय स्कुल विभाग उपप्रमुख ईश्वरी रिजालले माधव र प्रचण्डकाे स्वार्थकाे कारण नेपालमा कम्युनिष्ट अान्दाेलन विखण्डन भएकाे र दक्षिणपन्थी हावी देखिएकाे बताउनुभयाे । नेकपा एमाले बाग्मति गाउँपालिकाद्वारा अायाेजित प्रशिक्षण कार्यक्रममा उहाँले स्थानीय निर्वाचनमा नेकपा एमालेकाे सिट संख्या कमि भएता पनि जनमतमा पहिलाे पार्टी भएकाेले संघीय निर्वाचनबाट नै सिट र जनमतमा पहिलाे पार्टी हुने दावि गरे । उहाँले पटक पटक नेपाली काँग्रेस सत्तामा पुगे पनि मुलुक बर्वादी भएकाेले नेकपा एमालेका नेताहरू मनमाेहन र केपी अाेली सरकारकाे ९/९ महिना सरकारकाे सफलतालाई स्मरण गराैँ भन्नुभयाे । नेपाली काँग्रेससंग एक्लै निर्वाचन लड्ने सामर्थ नभएकाे र साहारा खाेज्दै हिँडेकाेले एमालेकाे कार्यकर्ता एकजुट भएर निर्वाचनमा लाग्नुपर्ने बताउनुभयाे । कम्युनिष्टहरू अाफैमा अनुशासित ...
वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्र रहन्छ :प्रधानमन्त्री देउवा

वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्र रहन्छ :प्रधानमन्त्री देउवा

Breaking news 2, राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताए । सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव रहने बताएका छन् । उनले कुनैपनि देशको भाषा, संस्कृति, कला, संगीत क्षेत्र देशका लागि गहना भएको भन्दै यसलाई संरक्षण र संवर्द्धन गर्न सरकार प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री देउवाले नेपाली साहित्य, संस्कृति र कलालाई राष्ट्रिय स्तरमा परिचित गराउन अन्तर्राष्ट्रिय समान प्रकृतिका प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले कुनैपनि देशको विकासलाई भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताए । उनले देशको साहित्यिक र सांस्कृतिक क्षेत्रल...
रियल मड्रिडको पुनरागमन जित

रियल मड्रिडको पुनरागमन जित

Breaking news 1, ट्रेन्डिङ, समाचार
३० साउन, काठमाडौं । ला लिगाको साविक विजेता रियल मड्रिडले नयाँ सिजनको पहिलो खेलमा अल्मेरियालाई २-१ ले पराजित गर्दै उपाधि रक्षा अभियान सुरु गरेको छ । अल्मेरियाको मैदानमा रियलले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै ३ अंक जोडेको हो । खेलको छैटौं मिनेटमै लार्जी रामाजानीले गोल गर्दै अल्मेरियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अल्मेरियाको अग्रता कायम रहे पनि दोस्रो हाफमा रियल खेलमा फर्कियो ।लुकास भाज्क्वेजले ६१ औं मिनेटमा रियलका लागि बराबरी गोल फर्काए । त्यसपछि डेभिड अलावाले ७५औं मिनेटमा फ्रि-किकमार्फत विजयी गोल गरे । बुधबार भएको युइएफए सुपर कपमा इङट्राट फ्रांकफर्टलाई हराएर उपाधि जितेको रियल उच्च मनोबलका साथ मैदानमा उत्रेपनि पहिलो खेलमै संघर्ष गर्नुपरेको थियो ।...
रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते

रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते

Breaking news 2, प्रदेश, समाचार
३० साउन, बुटवल । रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय  विकास गुरुङ घाइते भएका छन् । नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया-४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेका प्रहरीले जनाएको छ । पेटको बायाँतर्फ गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उक्त घटनाको आधा घण्टा अगाडि रोहिणी गाउँपालिका १ बाइपासस्थित सिद्धर्थ कटेजमा अज्ञात समूहले पेस्तोल देखाएर २ तोला सुन र केही नगद लुटेको थियो । गुरुङमाथि गोली प्रहार गर्ने समूह सोही लुटपाटमा संलग्न व्यक्ति हुन् वा होइनन् भन्ने यकिन भइनसकेको र गोली प्रहार गर्ने समुहको खोजी भइरहेको प्र...
राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक ( विज्ञप्ति सहित )

राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक ( विज्ञप्ति सहित )

Breaking news 3, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक फिर्ता गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
प्युठानमा  जीप दुर्घटना हुँदा नाै जना घाइते

प्युठानमा जीप दुर्घटना हुँदा नाै जना घाइते

Breaking news 1
दाङ । प्युठानमा जीप दुर्घटनामा हुँदा नौ जना घाइते भएका छन् । आइतबार साझ ५ बजे बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनी गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गाडी सडकबाट करिव ३० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार थिए । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । ...
सबै जिल्लामा पाँच दलिय मोर्चा बन्छ :माधव नेपाल ।

सबै जिल्लामा पाँच दलिय मोर्चा बन्छ :माधव नेपाल ।

Breaking news 1, अर्थ, खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, राजनीति, रोचक, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्वास्थ्य
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै जिल्लामा पाँचदलीय गठबन्धन निर्माण गरिने बताएका छन् । हेटौंडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले छिट्टै नै केन्द्रमा पाँच दलीय गठबन्धन मोर्चाको रुपमा अगाडि बढ्ने बताए। उनले यो गठबन्धन जिल्लादेखि प्रदेशसम्म बन्ने बताए । उनले भने, ‘यो जिल्लामा पनि मोर्चा बनाउनुहोस। अरु सँगपनि सहकार्य गर्नुहोस। पाँच वटा पार्टीका अगुवासँग बसेर राम्रो कामको लागि सहकार्यको संस्कृतिको विकास गर्नुस्। केन्द्रदेखि तलसम्म जान्छौँ। समाज सेवामा अव्वल हुनुपर्‍यो। खुबी र चिन्ता भएका मान्छेहरुको खोजि गरिरहेका छौँ। घमण्ड नगर्नुहोला। ’ उनले पार्टीका कार्यकर्तालाई मेहनत र उत्पादनमुखी बन्न निर्देशन दिए। ‘खेतीमा लागेपनि हुन्छ। सहकारीमा लागेपनि हुन्छ। तपाईहरु उद्यमशिल बन्नुहोस्, उनले भने।’उनले पार्टीमा सीप, नैतिकताको शिक्षा दिइने र स्कुल प्रणालीको विका...
आज यी क्षेत्रमा हुदैछ वर्षा 

आज यी क्षेत्रमा हुदैछ वर्षा 

Breaking news 3, अर्थ, खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, राजनीति, रोचक, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्वास्थ्य
बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली छ । तराईमा तुवाँलो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंको न्यूनतम तापक्रम ८।८ डिग्रीसेल्सियसमा झरेको छ । सबैभन्दा कम तापक्रम माइनस २।८ डिग्री रहेको छ । शनिबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहनेछ भने ती क्षेत्रका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ । राति प्रदेश १ र बागमतीका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यो पनि पढ्नुहोस – गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि...