Wednesday, April 22News That Matters

Author: admin

उपाधी दावेदार सयपत्री युबा क्लब पराजित

उपाधी दावेदार सयपत्री युबा क्लब पराजित

Breaking news 1, खेलकुद, स्थानीय
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-०६, वडा स्तरिय खुल्ला नकआउट फुटबल प्रतियोगितामा उपाधी दावेदार सयपत्री युवा क्लब पराजित भएको छ । श्रृजनशिल जागृत युवा क्लब नयाबस्तीले आयोजना गरेको प्रतियोगिताको दोश्रो दिनको दोश्रो खेलमा प्रतापुर फुटबल समुह विजय भएको हो ।आज भएको खेलमा प्रतापुर फुटबल समुहले सयपत्री युवा क्लबलाई ट्राईबेकरमा पराजित गरेको छ । खेलको निर्धारित समयभित्र दुबै टिमले गोल गर्न नसकेपछी खेल ट्राईबेकरमा परिणत भएको हो । रोमान्चक मोहोडमा पुगेको ट्राइबेकरमा प्रतापुर फुटबल समूह ९-८ को झिनो गोल अन्तरले विजय भएको हो ।यो सङ्गै बिजेता प्रतापुर दोश्रो चरणमा पुगेको छ भने सयपत्री युवा क्लब प्रतियोगीताबाटै बाहिरिएको छ ।...
सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Breaking news 1, अर्थ, ट्रेन्डिङ
सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिन आज (असोज २ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो। सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी ड...
बागमती प्रदेश वाईसिएल नेपाल सहसंयोजकमा मोक्तान

बागमती प्रदेश वाईसिएल नेपाल सहसंयोजकमा मोक्तान

Breaking news 3, ट्रेन्डिङ, समाचार
नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दोस्रो राष्ट्रिय भेला सम्पन्न गरेको छ । भेला राजधानी काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको थियो । YCL नेपालको दोस्रो राष्ट्रिय भेला २०७९ भाद्र ३ गते बाट भएको बैठक बागमती प्रदेश YCL नेपालको दोस्रो राष्ट्रिय भेला ५ गते सम्पन्न भएको थियो । ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मूल नाराका साथ सम्पन्न गरेको छ । बैठकले योङ कम्युनिस्ट लिग (YCL) नेपाल वागमती प्रदेश मकवानपुर जिल्ला का युवा नेता स-संयाेजकको रुपमा राजकुमार मोक्तान चयन हुनुभएको छ। युवा नेता राजकुमार मोक्तान लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।...
रहबर केयरमा रक्तदान कार्यक्रम

रहबर केयरमा रक्तदान कार्यक्रम

Breaking news 3, ट्रेन्डिङ, समाचार, स्वास्थ्य
असोज १ गते शनिबारका दिन रहबर केयरमा तेरापन्थ युवक परिषद द्वारा मेघा ब्लड डोनर्स ड्रारइभ २०२२ अन्तर्गत भएको कार्यक्रममा संस्थाको तर्फबाट नरेश भन्साली सचिव र पारस जैन तथा रहबर केयरका फाउन्डर तथा नेकपा माओवदी केन्द्र का केन्द्रीय सदस्य रहबर अन्सारीको प्रमुख अतिथिमा भएको रक्तदान कार्यक्रमा रक्तदान जीवन दान भने सलोग्नलाई उदगृत गर्दै हाम्रो समाजमा भएको रक्तदान् गर्न एकदमै अफ्ठयारो मान्नेलाई सहज तरिकाले रक्तदान गरी जीवन बचाउन अनुरोध गर्नु भएको छ। जसमा गाउँ तथा वरी परीका समाज सेवीहरु रहबर अन्सारी, अनुरुद यादव,ओमप्रकाश पटेल, अरविन्द साह, गुडिया पटेल, तमन्ना खातुन, सुनिता पासवान, महम्मद हसन, जुबैर आलम,मुनिलाल यादव, इजराइल अन्सारी, समसेद अन्सारी गरि तीन जना महिला तथा ५७ जना पुरुष जम्मा ६०जना बिहान ८ बजे देखि सुरु भयेको र दिउसो १ बजे सम्म रक्तदान गरेर रह्बर केयर बहुवरी बिरगंज सेन्टर मा समापन गरियो...
श्रृजनशिल जागृत युवा क्लबको विजय सुरुवात

श्रृजनशिल जागृत युवा क्लबको विजय सुरुवात

Breaking news 2, खेलकुद, ट्रेन्डिङ, समाचार, स्थानीय
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-०६, मा वडा स्तरिय खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । श्रृजनशिल जागृत युवा क्लब नयाबस्तीले आयोजना गरेको प्रतियोगिताको आज मनहरी-०६ का वडा अध्यक्ष युबराज थपलियाको प्रमुख आतिथ्यतामा बिधिवत रुपमा उद्घाटन भएको हो ।आज भएको उद्घाटन खेलमा आयोजक टिम श्रृजनशिल जागृत युवा क्लब ( बी ) ले बिजय सुरुवात गरेको छ । निकटतम प्रतिद्वन्द्वी जोगिताल युवा क्लब २-० को गोल अन्तरले पराजित हुन पुग्यो । टिमलाई बिजय गराउनआयोजक श्रृजनशिल जागृत युवा क्लबका छेवाङ्ग लामाले खेलको पहिलो हाफको नबौ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएको थियो । अग्रतालाई बराबरीमा परिणत गर्ने हर प्रयासका बाबजुत जोगिताल युबा क्लब पहिलो हाफमा १-० ले पछि पर्यो । खेलको दौरान दोश्रो हाफमा पुन: श्रृजनशिल जागृत युवा क्लब गोल अन्तरलाई दोब्बर पार्न सफल भयो । उक्त टिमबाट राजकुमार रुम्बाले डिबक्स...
राप्रपा आबद्ध युबा अध्यक्ष राप्रपा नेपालमा प्रवेश

राप्रपा आबद्ध युबा अध्यक्ष राप्रपा नेपालमा प्रवेश

Breaking news 2, ट्रेन्डिङ, राजनीति, समाचार, स्थानीय
हेटौंडा । राप्रपा आबद्ध भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युबा संगठन बकैया गाउँ कमिटीका अध्यक्ष राजन राई राप्रपा नेपालमा प्रवेश गरेका छन् । राईले आज एक बिज्ञप्ति प्रकाशित गर्दै बिकासप्रेमी नेता कमल थापालाई सहयोग गर्नु आफ्नो राजनैतिक धर्म भन्दै कमल थापा जिताउ अभियानमा कृयाशिल हुने प्रतिबद्धता ब्यक्त गरेका छन्। उनले कमल थापाले बिचारको प्रतिपादन गरेको , पार्टी र संगठन निर्माण गरेको भनेर प्रशंसा समेत गरेका छन् । राईले अन्य सबै युबाहरुलाई कमल थापालाई जिताउन सहयोग गर्न पनि आग्रह गरेका छन् । राईलाई राप्रपा नेपालका नेताहरु गणेश थापा राजाराम बर्तौला लगायतले पार्टीमा स्वागत गरेका थिए ।...
कसैप्रती प्रतिशाेधकाे भाबना छैन ,सबैकाे सहयोग पाउँछु : कमल थापा

कसैप्रती प्रतिशाेधकाे भाबना छैन ,सबैकाे सहयोग पाउँछु : कमल थापा

Breaking news 1, समाचार, स्थानीय
हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्बाचनमा मकवानपुरको समग्र बिकासको निमित्त मकवानपुरे जनताले साझा उम्मेदवारको रुपमा आफुलाई लिने बताउदै कुनै दल ब्यक्तीसङ्ग आफ्नो नराम्रो नभएको र प्रतिशोधी भावना नभएकोले सबैको सहयोग पाउनेमा ढुक्क भएको बताएका छन् । आज पार्टीको हेटौंडा -८ कमानेमा आयोजित कार्यकर्ता भेलामा बोल्दै थापाले मकवानपुरको अधुरो बिकासको सपना पूरा गर्न आफू चुनाबी मैदानमा आएको समेत बताए । एउटा राष्ट्रबादी प्रजातान्त्रिक शक्ति मुलुकले खोजिरहेको भन्दै थापाले स्वाभिमानी देशभक्तहरु एक ठाँउमा उभिनुपर्ने समय आएको बिचार ब्यक्त गरे । प्रदेश राजधानी बनाउन आफुले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको चर्चा गर्दै थापाले यहाँको युबाहरुलाई रोजगारीको अबसर श्रीजना गर्न, रिङ्ग रोड निर्माण गर्न, बिश्वबिद्धालय स्थापना गर्न, हेटौंडा -काठमाडौं सुरुङ्ग मार्ग निर्माण गर्न, शिक्षा ,स्वास्थ ,खानेपानी...
पिपुल्स हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

पिपुल्स हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

Breaking news 1, अर्थ, ट्रेन्डिङ
पिपुल्स हाइड्रोपावर लिमिटेडले आज (भदौ ३१ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७का स्थानिय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता शेयर बाँडफाँट गरिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असोज १४ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद असोज ३० गतेसम्...
भोलि देखि ३२ लाख कित्ता IPO खुल्दै,कति दिने आबेदन ?

भोलि देखि ३२ लाख कित्ता IPO खुल्दै,कति दिने आबेदन ?

अर्थ, ट्रेन्डिङ
पिपुल्स हाइड्रोपावर लिमिटेडले भदौ ३१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७का स्थानिय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता शेयर बाँडफाँट गरिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असोज १४ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद असोज ३० गतेसम्म लम्बिनेछ। आई...
भीमफेदीको राष्ट्रिय मा.वि.मा अनेरास्ववियु गठन

भीमफेदीको राष्ट्रिय मा.वि.मा अनेरास्ववियु गठन

Breaking news 1, राजनीति, स्थानीय
मकवानपुर जिल्लको भीमफेदी गाउँपालिका स्थित श्री राष्ट्रिय माध्यमीक विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन–अनेरास्ववियु गठन भएको छ । आज बिहीबार अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीको एक कमिटी पाँच काम अभियान अन्तर्गत भीमफेदी कमिटीले कमिटी गठन गरेको हो । उक्त मा.कि. कमिटीको अध्यक्षमा मनुशा शेर्पा चयन भएको छ भने कमिटीको उपाध्यक्षमा मिलन घलान, सचिवमा सुहाना नेगी, सह सचिवमा संचाली रुम्वा, अनिष घलान र मनिता वाईबा तथा कोषाध्यक्षमा रेजिना वाईबा चयन भएको छ । शेर्पा अध्यक्ष भएको कमिटी २९ जनाको गठन गरिएको अखिल भीमफेदीकी सचिव अल्सा वाईबाले बताईन् । कार्यक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला सदस्य राजिव परिया, भीमफेदी गाउँपालिका अध्यक्ष सुनीसा पाख्रीन तथा सचिव अल्सा वाईबाको उपस्थिती रहेको थियो ।...