Wednesday, April 22News That Matters

Author: हाम्रो सर्लाही

कांग्रेस, एमाले, माओवादीलगायत दलले आज समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाउने

कांग्रेस, एमाले, माओवादीलगायत दलले आज समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाउने

थप समाचार
काठमाडौं | प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची दलहरूले आज निर्वाचन आयोगमा बुझाउने भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपालगायत दलले सोमबार आयोगमा बन्दसूची बुझाउने भएका छन्। आयोगले आइतबार र सोमबारका लागि बन्दसूची बुझाउन समय दिएको छ। आइतबार प्रतिनिधि सभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले मात्रै बन्दसूची बुझाएका थिए। बाँकी दलहरूले आज बन्दसूची बुझाउनेछन्। नेकपा एमालेले आइतबार सचिवालय बैठक गरी प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जना समानुपातिक उम्मेदवार छनौट गरी बन्दसूची तयार गरेको थियो। माओवादीले महासचिव देव गुरूङको नेतृत्वमा कार्यदल गठन गरी समानुपातिक उम्मेदवार तयार गर्दैछ भने कांग्रेसले पनि समानुपातिक उम्मेदवार तयार गर्दैछ। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश...
संविधानको मर्म र भावनालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

संविधानको मर्म र भावनालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

थप समाचार
काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् । साथै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका हुन् । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै उनले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्व तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घ...
संविधानको रक्षाका लागि गठबन्धनको जीत अपरिहार्य : प्रचण्ड

संविधानको रक्षाका लागि गठबन्धनको जीत अपरिहार्य : प्रचण्ड

थप समाचार
काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई भोट दिन आग्रह गरेका छन् । ‘संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ,’ आठौं संविधान दिवसका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन् । त्यसका लागि प्रतिगमन विरोधी अग्रगामी नेपालीलाई गठबन्धनमा रहेका दललाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि उनले अपिल गरेका छन् । सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पुर्याउने श्रेय पनि वर्तमान संविधानलाई जाने उनको भनाइ छ । ‘यसले नागरिकलाई ‘गाउगाउँमा सिंहदरबार’को अनुभूति गराएको छ,’प्रचण्डले भनेका छन् । ‘लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपम...
आत्महत्या न्यूनीकरण गर्न सवैले पहल गरौं : गृहमन्त्री

आत्महत्या न्यूनीकरण गर्न सवैले पहल गरौं : गृहमन्त्री

थप समाचार
काठमाडौं | गृहमन्त्री बालकृष्ण खाणले आत्महत्या न्यूनीकरण गर्न सवैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताएका छन् । उपत्यका प्रहरी कार्यालयले आयोजना गरेको ‘आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम’मा बोल्दै मन्त्री खाणले भने–‘अकाल मृत्यु कसैको नहोस्, आत्महत्या न्युनिकरण गर्न सवैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आत्महत्याको ग्राफ बढेको छ । जीवन महत्वपुर्ण रहेको उल्लेख गर्दै मन्त्री खाणले भने–‘आत्महत्याको बाटो कसैले नरोजौँ, आत्महत्या न्यूनिकरण गर्न सरकारको आफ्नो दायित्व प्रति सजग छौं । कार्यक्रममा प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले आत्महत्या न्यूनिकरणका लागी प्रहरीले गरेको प्रयासले मान्छेलाई ‘विकल्प’ प्रति आशा जगाउन मद्दत गरेको बताए । ‘आत्महत्या रोकथामलाई प्रहरीले सँधै प्राथमिकतामा राखेको छ’ आईजीपी सिंहले भने । आत्महत्या न्यून...
नेपाल र विश्व बैंकबीच ५३ अर्ब ऋण सम्झौता

नेपाल र विश्व बैंकबीच ५३ अर्ब ऋण सम्झौता

सर्लाही बिशेष
 काठमाडौं | नेपाल सरकार र विश्व बैंकबीच आइतबार ५२ अर्ब ९६ करोड सहुलीयतपूर्ण ऋण प्राप्ति सम्बन्धी सम्झौता भएको छ । क्षेत्रीय यातायात तथा व्यापार आबद्धता वृद्धि तथा आबद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (३४ अर्ब ९६ करोड नेपाली रूपैयाँ) र डिजिटल नेपाल गति वृद्धि आयोजनाका लागि १४ करोड डलर (१८ अर्ब नेपाली रूपैयाँ) को सहुलियतपूर्ण वित्तीय सम्झौतामा हस्ताक्षर भएको विश्व बैंकले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका छन् । समावेशी रूपमा आर्थिक–सामाजिक विकासलाई सघाउन सुदृढ आबद्धता तथा व्यापार, सेवाग्राही र व...
लोसपाले टुंग्यायो समानुपातिक उम्मेदवार, क्लस्टर अनुसार सूची तयार गर्दै

लोसपाले टुंग्यायो समानुपातिक उम्मेदवार, क्लस्टर अनुसार सूची तयार गर्दै

थप समाचार
काठमाडौं | लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिक उम्मेदवारको सूची टुंगो लगाएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताले उम्मेदवार टुंगो लगाएका हुन् । भदौ ३१ गते बसेको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक उम्मेदवार टुंगो लगाउने अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो । अध्यक्ष ठाकुरले पार्टीका शीर्ष नेताको सल्लाहमा उम्मेदवारको टुंगो लगाएको सो पार्टीका एक नेताले बताए । शीर्ष नेताले उम्मेदवार टुंगो लगाएपछि त्यसलाई कलस्टर अनुसार सूची तयार गर्ने जिम्मेवारी पार्टीका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनाललाई दिइएको छ । उनले क्लस्टअनुसार सूची तयार गरेर आजै शीर्ष नेतालाई बुझाउने बताइएको छ । समानुपातिक उम्मेदवारका लागि सातवटै प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशका लागि करिब १३ सय जनाको नाम केन्द्रमा सिफारिस भएको थियो । त्...
प्रहरीले सेनासँग सापट माग्यो २८ सय साना हतियार

प्रहरीले सेनासँग सापट माग्यो २८ सय साना हतियार

थप समाचार
काठमाडौं  | मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रहरीले सेनासँग साना हतियार मागेको छ । निर्वाचनको सुरक्षामा साना हतियार अपुग हुने निष्कर्ष सहित प्रहरी प्रधान कार्यालयले ‘बालगिरि’मा हतियार दिन सेनालाई पत्राचार गरेको हो । निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागी ठुला हतियारको समस्या छैन । तर, साना हतियार करिब २५ सय अपुग हुने प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए । ‘अपुग हतियार सेनासँग सापट लिन पत्राचार भएको छ,’  ती उच्च अधिकारी भन्छन्–‘स्थानीय चुनावमा पनि हामीले सेनासँग लिएका थियौँ, यस पटक पनि सेनालाई हतियार सापट दिन प्रस्ताव गरेका छौँ । नेपाली सेनामा हतियार सापट लिनुलाई ‘बालगिरी’ भनिन्छ । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा प्रहरीले ७ सय भन्दा बढी पेस्तोल सेनासँग ‘बालगिरी’मा लिएको थियो । प्रतिनिधिसभा र...
साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका उपसचिवविरुद्ध भ्रष्ट्राचार मुद्दा

साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका उपसचिवविरुद्ध भ्रष्ट्राचार मुद्दा

थप समाचार
काठमाडौं । साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै बीबी एयरवेजबाट ६ लाख रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ । अख्तियारले उनलाई साउन १७ गते काठमाडौं महानगरपालिका–१ मनकामना मार्गको होटल अरण्यको कम्पाउण्डबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । पछि उनले चढ्ने गाडीमा खानतलासी गर्दा १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो । अख्तियारले उनले ६ लाख रुपैयाँ घुस लिएको र बाँकी १६ लाख ५० हजार रुपैयाँ बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग सापटी लिएको बताएको छ । प्याराग्लाइडिङको इजाजतपत्र नवीकरणसम्बन...
१३ वर्षीया बालिका बलात्कार आरोपमा ललितपुरबाट एक युवक पक्राउ

१३ वर्षीया बालिका बलात्कार आरोपमा ललितपुरबाट एक युवक पक्राउ

थप समाचार
काठमाडौं । १३ वर्षीया बालिकालाई बलात्कार आरोपमा प्रहरीले एक युवकलाई ललितपुरबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार दोलखाको शैलुङ गाउँपालिका–७ घर भई हाल भक्तपुर दूधपाटी बस्ने १९ वर्षीय अनिश भुजेलले भदौ ३० गते राति आफू कार्यरत भक्तपुर नगरपालिका–१ दूधपाटीमा रहेको मस्मस् एन्ड पिज्जा हाउसमा किशोरीलाई जबर्जस्ती करणी गरेका थिए । भक्तपुरकै एक विद्यालयमा अध्ययनरत १३ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी पिज्जा हाउसमा बोलाई जबरजस्ती करणी गरेको कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले कसुरमा संलग्न युवकलाई ललितपुर उपमहानगरपालिका–९ भुलढोकाबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ।...
एमालेले जबरालाई जाेगाउन षड्यन्त्र गरिरहेकाे छ : अधिवक्ता बिडारी

एमालेले जबरालाई जाेगाउन षड्यन्त्र गरिरहेकाे छ : अधिवक्ता बिडारी

थप समाचार
काठमाण्डाै | राष्ट्रिय सभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले नेकपा एमालेले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबरालाई जोगाउनका लागि षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएकाे छ ।   आइतवार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता बिडारीले यस्ताे आराेप लगाउनुभएकाे हाे । उहाँले महाअभियोग सिफारिस समितिले गरेको बहुमतको निर्णय लागू हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘समितिमा फरक मत आउनु पनि राम्रो कुरा होइन । नेकपा (एमाले) नाम गरेको पार्टीले चोलेन्द्रजस्तो भ्रष्टाचारीको पक्षलाई जोगाउनका निम्ति आलेटाले कुरा गरेर प्रक्रिया पुगेको छैन, हेर्न बाँकी छ भन्दै जालसाजी र षड्यन्त्रपूर्वक कुरा गरेर हिँड्नु गलत हो । यस्तो गर्नु राम्रो होइन । बहुमतको निर्णय लागू हुन्छ जहाँ पनि । आफ्नो वर्चस्व केही नचल्ने भएर, चालेन्द्रलाई चोख्याउनका निम्ति एमालेले खेलेको षड्...