सर्लाही बिशेष

हरिपूर्वामा मोटरसाइकल दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

हरिपूर्वामा मोटरसाइकल दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

समाचार, सर्लाही बिशेष
हरिपुर्वा। सर्लाहीको हरिपुर्वा नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीवार अपराह्न ४ बजे वडा नं ३ धनकौलमा दक्षिणबाट उतर तर्फ जाँदै गरेको ना.३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको बताईएको छ । मोटरसाइकल बाटो भन्दा ८ मिटर तल खेतमा दुर्घटना हुँदा अन्दाजी बर्ष ३०/३२ र ४५/४६ को जस्तो देखिने दुई पुरूषको घटना स्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । प्रहरीले घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको बताएको छ। हालसम्म शवको सनाखत भईनसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही प्रमुख लेखनाथ मैनालीले जानकारी दिनुभयो । ...
सर्लाहीको बलराबाट २० किलो गाँजा सहित मोटरसाइकल नियन्त्रणमा

सर्लाहीको बलराबाट २० किलो गाँजा सहित मोटरसाइकल नियन्त्रणमा

समाचार, सर्लाही बिशेष
बलरा | सर्लाहीको बलरा नगरपालिकामा सर्लाही प्रहरीले प्रतिबन्धित लागु औषध गाँजा सहित मोटरसाइकल नियन्त्रणमा लिएको छ । बलरा नगरपालिका वडा नं. हथियौल स्थित भित्री सडक खण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा २० किलो प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बलराका प्रहरी सहायक निरीक्षक दिपक कुमार गुप्ताको गस्ती टोलीले नेपाल बाट भारत तर्फ जादै गरेको अन टेस्ट अपाचे मोटरसाइकल रोक्न खोज्दा प्रहरी टोलीलाई देख्न साथ मोटर साइकल छाडी चालक फरार भएको थियो । प्रहरीले मोटरसाइकल चेक जाँच गर्दा मोटरसाइकलको पछाडी बाँधिएको बोरामा गाँजा बरामद भएको हो । नियन्त्रणमा लिइएको लागु औषध गाँजा र मोटरसाइकल ईलाका प्रहरी कार्यालय बलराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । ...
हरिवनमा वनको डढेलो गोठमा सल्किँदा बाख्रा फार्म जल्यो

हरिवनमा वनको डढेलो गोठमा सल्किँदा बाख्रा फार्म जल्यो

Breaking news 3, सर्लाही बिशेष
हरिवन | सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नम्बर– १ बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ ।नेकपा एमालेका नेता एवम् अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्षसमेत रहेका किसान उत्तम परियारले सञ्चालन गरेको बाख्रा फार्ममा आगलागी भएको हो । आगलागीबाट सोलार बैट्री , लत्ताकपडा, बाख्रलाई दानापानी दिने भाँडाकुडाहरु जलेर खरानी भएका छन् ।आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।घरका मान्छे सबै बजार गएको बेला दिउँसो साढे १२ बजे तिर आगलागी भएको हो । केही दिनदेखि हरिवन नगरपालिका वडा नम्बर ८, ९ र १ मा पर्ने शिवेश्वर सामुदायिक वन र हरिवन वडा नम्बर ८ र १ मा पर्ने मनकामना सामुदायिक वनमा आगलागी भइरहेको थियो । वनमा लागेको आगो फैलिएर बाख्रा फार्ममा सल्किएको स्थानीयले बताएको छ । बाख्रा चरणको लागि खोलिएको समयमा आगलागी भएकाले पशुचौपाय र मानवीय क्षति भने नभएको बताइएको छ । जंगलबाट फैलिएर आएको आगो...
शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले परीक्षा मर्यादित बनाउन जारी ४६ बुंदे आचारसंहिता

शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले परीक्षा मर्यादित बनाउन जारी ४६ बुंदे आचारसंहिता

Breaking news 2, शिक्षा, सर्लाही बिशेष
मलंगवा | शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले माध्यमिक शिक्षा परीक्षालाई स्वच्छ, निष्पक्ष, मर्यादित, व्यवस्थित, अनुशासित, विश्वसनिय तथा भय रहित वातावरणमा सम्पन्न गर्न ४६ बुंदे आचारसंहिता जारी गरेको छ । सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यलय, सर्लाहीको सभा हलमा आयोजित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ संचालन तथा व्यवस्थापन सम्बन्धी केन्द्राध्यक्षहरुको एक दिने अन्तरक्रिया कार्यक्रम मार्फत उक्त आचार संहिता सार्वजनिक गरेको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए । चैत्र १७ गते शुक्रवारबाट सुरु भई चैत्र २९ गते बुधवारसम्म संचालन हुने परीक्षामा ३७ वटा परीक्षा केन्द्र मार्फत जिल्लाभर ५५०१ छात्र र ५४१५ छात्रा गरी कुल १० हजार ९१६ जना विद्यार्थीले सहभागी हुने भएका छन । साधारणतर्फ १० हजार ६२४ र प्राविधिकतर्फ २९२ गरी जम्मा १० हजार ९१६ जना व...
चन्द्रनगर गाउँपालिकाको पहलमा गाउँमै कृषि मिटर वितरण

चन्द्रनगर गाउँपालिकाको पहलमा गाउँमै कृषि मिटर वितरण

Breaking news 1, सर्लाही बिशेष
चन्द्रनगर | सर्लाहीको चन्द्रनगर गाउँपालिकामा कृषि मिटर लिन विद्युत प्राधिकरण जानु पर्दैन । गाउँपालिकामै कृषि मिटर वितरण भएपछि किसानहरू खुसी भएका छन ।   विद्युत् मिटरका लागि किसानले सदरमुकाम मलंगवासम्म धाउँदा समय, पैसा खर्च र हैरानी व्यहोर्नुपर्ने अवस्था थियो गाउँपालिकाबाटै उक्त सेवा किसानले पाएपछि किसानहरु हर्षित भएका छन । गाउँपालिकाले नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय मलंगवा वितरण केन्द्रको समन्वयमा आजदेखि किसानहरुलाई कृषि मिटर वितरण गरिरहेको छ । विद्युत चुहावट अन्त्य गर्न विद्युत महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि मिटर लिनेको संख्या पनि बढेको छ। चन्द्रनगर गाउँपालिकाले पहिलो पटक विद्युत चुहावट मुक्त गर्न अभियान थालेकोले विद्युत प्राधिकरणको कर्मचारीहरु गाउँपालिकामा नै आएर आवश्यक पक्रिया पुरा गरेर मिटर वितरण कार्य सुरु गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन...
सर्लाहीबाट साढे १७ लाखको अवैध सामान बरामद

सर्लाहीबाट साढे १७ लाखको अवैध सामान बरामद

Breaking news 1, सर्लाही बिशेष
सर्लाही | प्रहरीले सर्लाहीका विभिन्न ठाउँबाट साढे सत्र लाख रुपैयाँ भन्दा धेरै मूल्यको अवैध सामान बरामद गरेको छ। भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा ब्रम्हपुरी गाउँपालिका–४ र बलरा नगरपालिका–२ बाट १७ लाख ६४ हजार रुपैयाँ मूल्य पर्ने कपडासहितका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  सामान बरामद गर्ने क्रममा प्रहरीले प्रदेश २–०२–००१–ह०९४३ नम्बरको अटो पनि बरामद गरेको छ। बरामद सामान आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय मलंगवामा पठाइने डीएसपी कैलाश राईले जानकारी दिए।  ...
सर्लाहीको गोडैताका एक युवकको भारतमा कुटपीट गरी हत्या

सर्लाहीको गोडैताका एक युवकको भारतमा कुटपीट गरी हत्या

Breaking news 1, Breaking news 3, सर्लाही बिशेष
सर्लाही | युवकको भारतमा हत्या भएको छ। मजदुरीका लागि भारतको पञ्जाब पुगेका गोडैता नगरपालिका–१२ का ४० वर्षीय रोजा बैठाको चार दिनअघि हत्या भएको हो। भारतीय युवकले कुटपित गर्दा उनको मृत्यु भएको आफन्तले बताएका छन्। बैठा विगत चार महिनादेखि गाउँकै साथीहरुसँग मजदुरी गरेर पञ्जाबमा बस्दै आएका थिए।  आफन्तको भनाई उद्धृत गर्दै सर्लाही प्रहरीले जनाएअनुसार यहि फागुन २४ गते साँझ सामान्य विवादमा बैठामाथि ३५ वर्षीय भारतीय युवक महेश माझीले चिर्पट प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए। स्थानीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका उनको फागुन २५ गते बिहान मृत्यु भएको हो।मृतक बैठाको शव शनिबार आफन्तले पञ्जाबबाट गोडैतास्थित घर ल्याइपुर्याएका छन्। घटनाबारे जानकारी लिन मृतकको घरमा पुगेका प्रहरीले शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा लगेका छन्। पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै युवकको मृत्युको कारण खु...
सर्लाहीको हरिवनमा निर्मित चार्जिङ स्टेशनबाट एकै पटकमा ६ ओटा गाडि चार्ज गर्न मिल्ने

सर्लाहीको हरिवनमा निर्मित चार्जिङ स्टेशनबाट एकै पटकमा ६ ओटा गाडि चार्ज गर्न मिल्ने

Breaking news 1, सर्लाही बिशेष
 सर्लाही l पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै पहिलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले ए१ सय ४२ किलोवाट क्षमताको२ प्रकारका चार्जिङ उपकरण जडान गरिएको हो । दिगो कम्पनीका इञ्जिनियर सुजित पौडेलले चार्जिङ स्टेशनमा जिबीटी र सिसीएम चार्जिङ उपकरण जडान गरिएको भन्दै पहिलो मेसिनबाट ठूला र व्यावसायिक गाडी र दोस्रो उपकरणबाट जीप, कारजस्ता साना सवारी चार्ज गर्न मिल्ने जानकारी दिए । नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रअन्तर्गत हरिवन केन्द्रका प्रमुख जागेश्वर रामले दुई वटा उपकरणबाट एकैपटक ६ वटा सवारी साधन चार्ज गर्न मिल्ने जानकारी दिए । उपकरणमा राखिएको क्यूआर कोडमा ग्राहकले एनइए मोबाइल एपमार्फत स्क्यान गरेपछि उपकरणले चार्...
सर्लाहीको लालबन्दीबाट एक अर्बको तरकारी निकासी

सर्लाहीको लालबन्दीबाट एक अर्बको तरकारी निकासी

समाचार, सर्लाही बिशेष
लालबन्दी | सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्बभन्दा बढीको तरकारी निकासी गरेको छ।  लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट रु एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रकम आर्जन गरेको समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए।  उनका अनुसार आव २०७९/०८० को साउनमा रु २० करोड दुई लाख, भदौमा रु १८ करोड ८५ लाख ५२ हजार, असोजमा रु २७ करोड ८० लाख ८३ हजार, कात्तिकमा रु नौ करोड ६३ लाख ७८ हजार, मङ्सिरमा रु सात करोड १० लाख ६८ हजार, पुसमा रु १७ करोड १५ लाख ८८ हजार र माघमा रु २० करोड ९४ लाख ३७ हजार हाराहारी रकम सङ्कलन छ।  चालु आवको सात महिनामा रु एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रकम सङ्कलन भएको समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए। जिल्लाका लालब...
सांसद लुंगेलीद्वारा परवानीपुरमा सहकारी भवन उद्घाटन

सांसद लुंगेलीद्वारा परवानीपुरमा सहकारी भवन उद्घाटन

सर्लाही बिशेष
लालबन्दी । सर्लाहीको परवानीपुरमा सांसद बेची लुंगेलीले एक सहकारी संस्थाको कृषिजन्य बस्तु संकलन तथा बजारीकरण केन्द्रको उद्घाटन गर्नु भएको छ । बिहीबार लालबन्दी नगरपालिका–१६, परवानिपुरमा न्यू उदय सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाको कृषिजन्य वस्तु संकलन तथा बजारिकरण केन्द्रको नवनिर्मित भवनको सांसद लुंगेलीले उद्घाटन गर्नु भएको हो । संस्थाकी अध्यक्ष अस्मिता थापा मगरको अध्यक्षतामा उद्घाटन भएको सो कृषिजन्य वस्तु संकलन तथा बजारिकरण केन्द्रमा स्थानीय किसानले दुध ल्याएर बेच्ने गरेका छन भने चिस्यान केन्द्र समेत संचालनमा रहेको छ ।केन्द्रको भवन निर्माणका लागि स्थानीय वुद्धिबहादुर सुनुवार र उनकी पत्नी अस्मिता थापा मगरले ८ धुर जग्गा प्रदान गरेका छन् । संस्थाले थप १२ धुर जग्गा किनेर भवन निर्माण गरेको हो । संस्थामा सामान्य वर्गका एक हजार भन्दा बढी महिलाहरु आवद्ध छन् । स्थानीय महिला दिदी ब...