Saturday, April 18News That Matters

सर्लाही बिशेष

जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन प्र.सोनार  द्वारा उपेन्द्र यादव सम्मानित

जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन प्र.सोनार द्वारा उपेन्द्र यादव सम्मानित

सर्लाही बिशेष
पर्सा । जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन प्र.सोनार(अजय सरार्फ) ज्युले पर्सा क्षेत्र न:-१ का निर्वाचित मन्त्री प्रदिप यादवलाई नेपाल सरकारको वातावरण तथा वनमन्त्री बनाउनमा अहम भुमिका निर्वाह गरी सिफारिस गरिदिएकोमा १ के.जी.चान्दीको छाता बनाई उपहारस्वरुप प्रदानगरि सम्मान गरेका गरेका छन्। जिल्ला समन्वय समितिका अध्यक्ष अजय सरार्फले पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव मधेसको रियल हिरो रहेकामा कुनै दुईमत छैन भने दाबी समेत गरेका छन्।पर्सा जिल्लाका नेता तथा कार्यकर्ताहरुमा अध्यक्ष उपेन्द्र यादव प्रती निकै सहानुभूति र उनले पर्साका जनतालाई प्रदिप यादव जस्ता नेतालाई मन्त्री बनाएर सेवाको मौका प्रदान गर्नुभएकोमा उनको त्यो योगदान पर्सावासीले कहिले नबिर्सिने गुण लगाएका छ्न। भने आफ्नो धारणा सभापति अजय सरार्फले ...
आज मिति २०७९ असार ३१ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असार ३१ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)प्रतीक्षा गरिएको काम छिटै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। वृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। मिहिनेत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। शुभचिन्तकहरूले साथ दिनाले चुनौती समाप्त होला। काम देखाएर फाइदा उठाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। मिथुन : (का,की,कू,घ,ङ,छ,के,को,हा)अस्वस्थताले केही कमजोरीको अनुभूति हुनेछ। का...
नवलपुरबाट लागू औषधसहित वरिष्ठ हवल्दार सिंह पक्राउ।

नवलपुरबाट लागू औषधसहित वरिष्ठ हवल्दार सिंह पक्राउ।

सर्लाही बिशेष
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरबाट ठूलो मात्रामा लागूऔषधसहित एक जना प्रहरी हवल्दार पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सुवोध कुमार सिंह ठूलो मात्रामा लागूऔषध सहित पक्राउ परेका हुन् । उखुबारीभित्र तीनवटा बोरामा लुकाएर राखेको ५ सय ९९ बोतल लागूऔषध सहित प्रहरी बरिष्ठ हबल्दार सिंह पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिए । उनका अनुसार लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उखुबारीभित्र लुकाएर राखिएको लागूऔषधसहित प्रहरी बरिष्ठ हबल्दार सिंहलाई पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानमा सिंहले सुरुमा बोराभित्र रहेको सो लागूऔषध नवलपुर बजारकै एक पसलमा राख्न दिएको र पछि पसलेले धेरै दिन भएपछि आफूले राखेको बोरा लैजान दबाब दिएपछि उखुबारीमा लगेर लुकाएको खुल्न आएको प्रहरी उपरिक्षक पोख...
चन्द्रनगर गापा अध्यक्ष महतोको अर्को प्रशंसनिय कार्य : सुरु गरे आयुर्वेद स्वास्थ्य सेवा

चन्द्रनगर गापा अध्यक्ष महतोको अर्को प्रशंसनिय कार्य : सुरु गरे आयुर्वेद स्वास्थ्य सेवा

सर्लाही बिशेष
सर्लाही । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाले आज देखि पहिलो पल्ट आयुर्वेद स्वास्थ्य सेवा सुरु गरेको छ । मधेश प्रदेश सरकार, आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवा कार्यालयको सहयोग र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा अब देखि नियमित रुपमा प्रदान गर्ने गरी नागरिक आरोग्य सेवा केन्द्र मार्फत चन्द्रनगर गाउँपालिकाका जनतालाई आयुर्वेद स्वास्थ्य सेवाको उद्घाटन गरिएको छ । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले वडा नम्बर ४ पोखरियामा स्थापना गरी उक्त नागरिक आरोग्य सेवा केन्द्रको उदघाटन गरे । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सर्लाही, मलंगवाको प्रमुख डा. नन्द किशोर कुशवाहाको अध्यक्षता र चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतोको प्रमुख आतिथ्यमा आज एक कार्यक्रमको बिच नागरिक आरोग्य सेवा केन्द्रको उदघाटन भएको हो । यस अघि गाउँपालिकामा एलोपेथिक स्वास्थ्य सेवा मात्र उपलब्ध थियो । स...
लालबन्दीमा जग्गा नापजाँच कार्य प्रारम्भ, मङ्सिरको पहिलो साताभित्र लालपुर्जा पाईने

लालबन्दीमा जग्गा नापजाँच कार्य प्रारम्भ, मङ्सिरको पहिलो साताभित्र लालपुर्जा पाईने

सर्लाही बिशेष
लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकामा बुधबारबाट भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको जमिन नापजाँच कार्य प्रारम्भ भएको छ । नगरपालिकाको वडा नं. १० चन्द्रपुरबाट जमिन नापजाँच कार्यको औपचारिक रुपमा शुभारम्भ गरिएको हो । पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, प्रदेश सभा सदस्य बेची लुङ्गेली, लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, राष्ट्रिय भूमि आयोग सर्लाहीका अध्यक्ष चन्द्रप्रकाश वाग्ले, नापी कार्यालय हरिवनका प्रमुख छत्रबहादुर लुङ्गेली, आयोगको लालबन्दी नगरपालिकाको इकाईका प्रमुख उद्धव श्रेष्ठलगायतको उपस्थितिमा जग्गा नापनक्साको काम शुभारम्भ गरिएको हो । नगरको १७ वटै वडामा बसोवास गर्ने भूमिहिन दलित, भूमिहिन सुकुम्वासी, अव्यवस्थित बसोवासीलाई उनीहरुले कमाउँदै आएको जग्गा नापजाँच गरी आगामी मङ्सिरको पहिलो साताभित्र जग्गाधनी प्रमाण पूर्जा उपलब्ध...
वातावरण र हाम्रो सम्बन्ध

वातावरण र हाम्रो सम्बन्ध

सर्लाही बिशेष
पृथ्वीमा रहेका जीव, जनावर , वनस्पति, हावापानी,माटो आदि सम्पुर्ण जैविक र अजैविक वस्तुहरुलाई वातावरण भनिन्छ। वातावरणले मानिसहरुलाइ घेर्दछ र उनिहरलाइ परिस्थिति दिन्छ ।यो प्रकृति, समाज र एक निश्चित स्थान र समय र सस्कृति बाट बनेको हुन्छ। वातावरणलाइ मुख्यतया दुई भागमा विभाजन गरिएको छ एक प्राकृतिक वातावरण र अर्को सास्कृतिक वातावरण । वातावरण मानव जिवनको लागि अपरिहार्य छ । स्वस्थ वातावरणले प्राकृतिक सन्तुलन कायम गर्नुका साथसाथै पृथ्वीमा रहेका सम्पुर्ण जिवित वस्तुहरुको वृद्धि विकासमा महत्वपूर्ण मद्दत पुर्याउँदछ। वातावरण सन्तुलनमा मद्दत पुर्याउने हेतुले सन १९७३ देखि सयुक्त राष्ट्रसंघले हरेक बर्ष ५ जुन मा विश्व वातावरण दिवस मनाउदै आएको छ। नेपालले भन्ने १९७६ देखि यो दिवस मनाउदै आएको छ। वातावरण स्वच्छ भएन भने मानिस वा अन्य जीवजन्तुलाइ समेत बाँच्नका लागि अपठ्यारो हुन्छ। वातावरण स्वच्छ हुँदा मात्र मानि...
हरिवनमा आगाली हुँदा करिव २१ लाख बराबरको क्षति

हरिवनमा आगाली हुँदा करिव २१ लाख बराबरको क्षति

सर्लाही बिशेष
सर्लाही । सर्लाहीको हरिवनमा मंगलवार दिउँसो आगाली हुँदा करिव २१ लाख बराबरको क्षति भएको छ । हरिवन नगरपालिका वडा नम्बर २ पाकरगाछि बस्ने मनहरी मैनालीको २ तल्ले काठको घरमा बिद्युत सर्ट भई आगो लागेको थियो । मध्यान्ह १२ बजे लागेको आगो नेपाल प्रहरी, हरिवन नगरपालिकाको दमकल र स्थानियको सहयोगमा करिव आधा घण्टापछि नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । आगलागीबाट मानविय तथा चौपायाको क्षति नभएपनि घरसहित लत्ताकपडा, भाँडावर्तन, अन्नपात, फर्निचर र नगद २ लाख रुपैँया पनि आगोमा जलेर नष्ट भएको छ । आगलागीबाट २० लाख ९५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।...
जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रमलाई पुरस्कृत गरिने

जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रमलाई पुरस्कृत गरिने

सर्लाही बिशेष
पोखरा । श्रीपति कोइराला गुठी पोखराले यसैबर्ष स्थापना गरेको श्रीपति सामाजिक पत्रकारिता पुरस्कारबाट आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलालाई सम्मान गरिने भएको छ । यसैगरी गुठीबाट संचालित श्रीपति समाजसेवा पुरस्कार–२०७९ सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानीस्थित पदम भुवनेश्वरी नमुना वृद्ध सेवाश्रमलाई प्रदान गरिने भएको छ । गुठीले ११५ औं श्रीपति जयन्ती अवसरमा सोमबार आयोजित कार्यक्रममा उक्त घोषणा गरेको हो । पुरस्कार घोषणा गर्दै गुठीका अध्यक्ष लक्ष्मण कोइरालाले पुरस्कार गुठीको ३० औं वार्षिक साधारणसभामा प्रदान गरिने जानकारी दिए । श्रीपति सामाजिक पत्रकारिता पुरस्कारको राशि २२ हजार २ सय २२ र सम्मानपत्र छ । समाज परिवर्तन, सामाजिक जागरण, समाजिक गतिविधि उजागर गर्ने पत्रकारलाई प्रदान गरिने प्रदेशस्तरीय यो पुरस्कार यसै वर्षदेखि सुरु गरिएको हो । श्रीपति समाजसेवा पुरस्कारको र...