Sunday, April 19News That Matters

खेलकुद

नेपालले एक खेलअघि नै जित्यो केन्याविरूद्धको सिरिज

नेपालले एक खेलअघि नै जित्यो केन्याविरूद्धको सिरिज

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार
केन्याविरूद्धको एकदिवसीय अभ्यास सिरिज नेपालले अन्तिम खेलअघि नै आफ्नो पक्षमा पारेको छ। शनिबार भएको दोस्रो खेलमा १६ रनको  जित निकाल्दै नेपालले २-० को अग्रता लिएर सिरिज जितेको हो। यसअघि शुक्रबार भएको पहिलो खेलमा पनि नेपाल विजयी भएको थियो। अब अन्तिम खेल सोमबार हुनेछ। शनिबार पहिले ब्याटिङ गरेको नेपाल ४ बल खेल्न बाँकी छदा २३० रनमा अलआउट भयो। नेपालका लागि कप्तानको भूमीकामा रहेका रोहितकुमार पौडेलले ७८ रन जोडे। उनले ९५  बलमा ७ चौका हिर्कए। देव खनालले ३७ रन र ज्ञानेन्द्र  मल्लले २५ रनको योगदान गरे।आदिल अन्सारीले १४ रन जोड्दा सोमपाल कामीले १५ बलमा २६ रन बटुले। करण केसीले पनि ६ बलमा ११ रन जोडे।  बलिङमा केन्याका एन ओडियाम्बो, विराज पटेल र एनगोचेले २-२ विकेट लिए।  २३१ रनको लक्ष्य पछ्याएको केन्या ४६.३ ओभरमा २१४ रनमा अलआउट भयो। उसका लागि राखेप पटेलले ८२ रनको ...
आसिफको शतकसँगै केन्यामाथि नेपालको सानदार जित

आसिफको शतकसँगै केन्यामाथि नेपालको सानदार जित

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार
१७ भदौ, काठमाडौं । ओपनर आशिफ शेखको शतक र अर्जुन साउद बलियो साझेदारीको बलमा नेपालले पहिलो एकदिवसीयमा केन्यामाथि ७ विकेटको सानदार जित पारेको छ । २१९ रनको लक्ष्य नेपालले ३ विकेट क्षतिमा ४७.३ ओभरमा भेट्टायो । ओपनरद्व आशिफ र अर्जुनले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरी नेपालको जित आधार तय गरेका थिए । एकदिवसीय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च साझेदारी हो । यसअघि गत चैतमा पपुवा न्युगिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए । यद्यपि केन्याको एकदिवसीय मान्यता नभएका कारण यो खेलको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता हुँदैन । नेपालका लागि सिनियर टिमबाट पहिलो एकदिवसीय खेल खेलेका अर्जुनले ९७ बलमा ५ चौका र १ छक्कासहित ६१ रनको अर्धशतकीय पारी खेले । आशिफले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग मिलेर थप ५७ रनको साझेदारी गरे । ४३.५ ओ...
पीएसजीको जितमा नेमार र एमबाप्पेको गोल

पीएसजीको जितमा नेमार र एमबाप्पेको गोल

Breaking news 3, खेलकुद, ट्रेन्डिङ, समाचार
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा बुधबार राती टोलसलाई ३-० ले पराजित गरेको छ । नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरको प्रशिक्षणमा पीएसजीले अपराजित यात्रा कायम राखेको छ । पीएसजीका लागि नेमार, किलियन एमबाप्पे र जुवान बर्नाटले गोल गरे । नेमारले ३७औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । एमबाप्पेले ५०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । दुवै गोलका लागि लियोनल मेस्सीले असिस्ट गरेका थिए ।यस्तै बर्नाटले इन्जुरी टाइममा गोल गरे । सिजनको चौथो जितपछि पाँच खेलबाट १३ अंक जोडेर पीएसनी शीर्ष स्थानमा छ । लेन्सले लोरिएन्टलाई ५-२ ले र मार्सेले क्लोरमोट पुटलाई १-० ले अहराउँदै अपराजित यात्रा कायम राखेका छन् । दुवैले पीएसजी समान १३ अंक जोडेका छन् । तर गोलअन्तरमा लेन्स दोस्रो र मार्से तेस्रो स्थानमा छ ।...
दुलाहा बने कप्तान किरण चेम्जोङ

दुलाहा बने कप्तान किरण चेम्जोङ

Breaking news 3, खेलकुद, ट्रेन्डिङ, समाचार
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान एवं गोलकिपर किरणकुमार लिम्बु दुलाहा बनेका छन्। उनले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन्। उनीहरूको विवाह आज आफन्त र सिमित साथीभाइबीच हुन लागेको हो। यसअघि उनीहरूले सोमबार मेहेन्दी कार्यक्रम गरेका थिए। यसअघि गत असार २१ गते किरणले कञ्चनलाई माल्दिभ्समा विवाह प्रस्ताव राखेका थिए। माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई अविस्मरणीय बनाउने क्रममा किरणले लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भए लगत्तै कञ्चनलाई विवाह प्रस्ताव राखेका थिए। उनी आबद्ध क्लब माजियाका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगेका थिए। त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चनलाई सबै सहकर्मीका अघि औंठी लगाइदिएर विवाह प्रस्ताव राखेका थिए।कञ्चन पेशाले एयरहोस्टेस हुन्। केही वर्षदेखि प्रेममा रहेका उनीहरूको भदौ १५ मा विवाह गर्न लागेका हुन्। व...
निर्णायक खेलमा केन्यालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

निर्णायक खेलमा केन्यालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार
केन्याविरूद्धको निर्णायक तथा पाँचौ टी-२० खेलमा जित निकाल्दै नेपालले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको छ। नेपालले मंगलबार भएको पाँचौ टी-२० मा केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज जितेको हो। यसअघि नेपालले पहिलो टी-२० मा ५ विकेट र तेस्रो टी-२० मा ४ विकेटको जित निकालेको थियो।  दोस्रो टी-२० माे केन्या १८ रनले विजयी हुँदा हिजो भएको चौथो टी-२० मा उसले ७ रनको जित निकालेको थियो। मंगलबार नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले ७ विकेटको क्षतिमा १४४ रन मात्र जोड्न सक्यो। केन्याका ओपनर कोलिन ओबुया २३ रन र सुखदिप सिंह ४ रनमा आउट भए। इर्फान करिमले २८ रन जोडे भने राखेप पटेल १ रन र सचिन भुडिया शून्यमा आउट भए। ओडियाम्बोले सबैभन्दा बढी ३७ रन जोडे। २२ बलमा ४ चौका र १ छक्का हिर्काएका उनलाई बसिर अहमेदले आउट गरे। बसिरले लुकासको पनि विकेट लिने क्रममा ४ रनमा आउट गरे।  यस्तै एनगोचे ३३ ...
भारतीय फुटबलमाथि फिफाको निलम्बन हट्यो

भारतीय फुटबलमाथि फिफाको निलम्बन हट्यो

Breaking news 1, खेलकुद
११ भदौ, काठमाडौं । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)माथिको निलम्बन विश्व फुटबल महासंघ फिफाले दुई साता नबित्दै फिर्ता लिएको छ । शनिबार बिहान फिफा काउन्सिलले भारतीय फुटबलमाथि लागेको सबै निलम्बन फिर्ताको निर्णय गरेको हो । भारतको सर्वोच्च अदालतले कार्यकारी समिति निर्माण गरेपछि तेस्रो पक्षको हस्तक्षेप ठहर गरी फिफाले गत साउन ३१ गते निलम्बन गरेको हो | ‘अदालतबाट स्थापित कमिटीको नियन्त्रणबाट  एआइएफएफ स्वतन्त्र भएको हामीले पाएका छौं । फिफा र एएफसीले त्यहाँको आगामी परिस्थितिबारे पनि निगरानी राख्नेछ’ फिफाको वक्तव्यमा भनिएको छ, ‘हामी निर्धारित समयमै निर्वाचन गराउन एआइएफएफलाई सहयोग गर्नेछौं ।’ फिफाले आगामी अक्टोबर ११ देखि ३० सम्म हुने तय भएको फिफा यू-१७ महिला विश्वकप पूर्वनिर्धारित मिति र स्थानमै हुने जनाएको छ ।निलम्बन हटेसँगै आसन्न साफ महिला च्याम्पियनसिपमा पनि भ...
सबै जिल्लामा पाँच दलिय मोर्चा बन्छ :माधव नेपाल ।

सबै जिल्लामा पाँच दलिय मोर्चा बन्छ :माधव नेपाल ।

Breaking news 1, अर्थ, खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, राजनीति, रोचक, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्वास्थ्य
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै जिल्लामा पाँचदलीय गठबन्धन निर्माण गरिने बताएका छन् । हेटौंडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले छिट्टै नै केन्द्रमा पाँच दलीय गठबन्धन मोर्चाको रुपमा अगाडि बढ्ने बताए। उनले यो गठबन्धन जिल्लादेखि प्रदेशसम्म बन्ने बताए । उनले भने, ‘यो जिल्लामा पनि मोर्चा बनाउनुहोस। अरु सँगपनि सहकार्य गर्नुहोस। पाँच वटा पार्टीका अगुवासँग बसेर राम्रो कामको लागि सहकार्यको संस्कृतिको विकास गर्नुस्। केन्द्रदेखि तलसम्म जान्छौँ। समाज सेवामा अव्वल हुनुपर्‍यो। खुबी र चिन्ता भएका मान्छेहरुको खोजि गरिरहेका छौँ। घमण्ड नगर्नुहोला। ’ उनले पार्टीका कार्यकर्तालाई मेहनत र उत्पादनमुखी बन्न निर्देशन दिए। ‘खेतीमा लागेपनि हुन्छ। सहकारीमा लागेपनि हुन्छ। तपाईहरु उद्यमशिल बन्नुहोस्, उनले भने।’उनले पार्टीमा सीप, नैतिकताको शिक्षा दिइने र स्कुल प्रणालीको विका...
आज यी क्षेत्रमा हुदैछ वर्षा 

आज यी क्षेत्रमा हुदैछ वर्षा 

Breaking news 3, अर्थ, खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, राजनीति, रोचक, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्वास्थ्य
बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली छ । तराईमा तुवाँलो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंको न्यूनतम तापक्रम ८।८ डिग्रीसेल्सियसमा झरेको छ । सबैभन्दा कम तापक्रम माइनस २।८ डिग्री रहेको छ । शनिबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहनेछ भने ती क्षेत्रका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ । राति प्रदेश १ र बागमतीका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यो पनि पढ्नुहोस – गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि...
वृद्ध भत्ताको गुन तिर्न महाधिवेशनमा पर्वतबाट चितवन पुगिन् ९० वर्षीया वृद्धा ।

वृद्ध भत्ताको गुन तिर्न महाधिवेशनमा पर्वतबाट चितवन पुगिन् ९० वर्षीया वृद्धा ।

अर्थ, कृषि समाचार, खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, राजनीति, रोचक, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्वास्थ्य
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको चहलपहल बिहानैदेखि सुरु भएको छ। नारायणी नदी किनारमा रहेको महाधिवेशन स्थलमा नेता कार्यकर्ताहरूको बाक्लो उपस्थित छ। महाधिवेशन स्थलमा अहिले जुलुससहित नेता कार्य कर्ता आउने क्रम सुरु भएको छ। महाधिवेशनमा विभिन्न जिल्लाहरूबाट नेता कार्यकर्ता तथा वृद्धवृद्धाहरू समेत उत्साहका साथ जम्मा भएका छन्। यसैक्रममा नेकपा एमालेले आफूहरूलाई वृद्धभत्ता दिएको र त्यसको गुन तिर्न भन्दै पर्वतबाट ९० वर्षीया तुलसी पौडेल चिसो जाडो केही नभनी महाधिवे शन स्थलमा भेटिइन्। उनले भनिन्,’एमालेले वृद्धभत्ता दिएकोले महाधिवेशनमा आएर पार्टीले लगाएको गुन तिर्न उत्साह र जाँगरसाथ यहाँसम्म आएकी हुँ।’ २०५१ सालमा तत्कालीन मनमोहन अधिकारीको नेकपा एमाले सरकारले ७० वर्ष पुगेका वृद्धवृद्धालाई मासिक १०० का दरले भत्ता दिने व्यवस्थाको सुरुवात गरेको थियो। त्यसपछि एमाले सरकारका पालमा व्यवस्था भएको उक...
प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, बहिष्कार गरेका न्यायाधीश पनि सहभागी हुने

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, बहिष्कार गरेका न्यायाधीश पनि सहभागी हुने

Breaking news 2, अर्थ, खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, राजनीति, रोचक, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्वास्थ्य
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो साढे एक बजेका लागि बैठकको समय तय भएको छ । बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूचि छ । यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् । प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको  भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् । नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ ।...