Monday, April 20News That Matters

ट्रेन्डिङ

मकवानपुरमा अनेरास्ववियुले लियो गति

मकवानपुरमा अनेरास्ववियुले लियो गति

Breaking news 1, ट्रेन्डिङ, राजनीति, समाचार
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन–अनेरास्ववियु जिल्ल कमिटी मकवानपुरको कामले थति लिएको छ । अनेरास्ववियुको गत साउन १८ र १९ गते हेटौंडामा भएको २७ औं जिल्ल सम्मेलन पछि पहिलो बैठक बसेको छ । पार्टि कार्यालयमा बसेको बैठकले गरेको निर्णयहरु बमोजि कामको सुरु गरेको छ । आज सनिवार मात्रै अनेरास्ववियुले ४ वटा पालिका कमिटीहरुको एकै दिन बैठक बसालेको छ । अनेरास्ववियुको जिल्ला अध्यक्ष भुवन मैनालीका अनुसार “एक कमिटी पाँच काम” अभियान संचालन गरेको छ र यी चारै वटा कमिटीले पाँच कामको योजना बनाएर निर्णय गरेको बताए । अध्यक्ष मैनालीका अनुसार पाँच काममा पहिलो काममा मातहतका सवै कमिटीको प्रशिक्षण आयोजन गर्ने, दोश्रो काममा संगठन गठन र पुनः गठन गर्ने, तेश्रो काम विद्यार्थीहरुका विच गएर सदस्यता वितरण गर्ने र चौंथो काम मंसिर ४ को निर्वाचन केन्द्रित भई नयाँ मतदाताको पहिचान गर्ने र मतदाता शिक्षा संचाल...
सगरमाथा र माईखोला हाइड्रोपावर आइपीओ अनुमति माग्न पुगे धितोपत्र बोर्ड, कुनको कति ?

सगरमाथा र माईखोला हाइड्रोपावर आइपीओ अनुमति माग्न पुगे धितोपत्र बोर्ड, कुनको कति ?

Breaking news 1, अर्थ, ट्रेन्डिङ
सगरमाथा हाइड्रोपावरले आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि ५४ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल मार्केटले गर्नेछ । यस्तै, माईखोला हाइड्रोपावरले पनि आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि १९ लाख २१ हजार ५६८ कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा बिक्री पनि प्रबन्धकको काम प्रभु क्यापिटल मार्केटले गर्नेछ । नेपाली पैसाबाट...
यु -१७ साफ च्याम्पियनसिप फुटबल : नेपाल र भारत भिड्दै, दुबै टिम समूह बिजेता बन्ने दाउमा

यु -१७ साफ च्याम्पियनसिप फुटबल : नेपाल र भारत भिड्दै, दुबै टिम समूह बिजेता बन्ने दाउमा

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार
काठमाडौं : श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज समुहकाे अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । सेमिफाईनल पुगिसकेकाे नेपाल आज भारतलाई हराउँदै समूह विजेता बन्ने योजनामा रहेको छ भने भारतपनि नेपाललाई हराउदै समूह बिजेता बन्न चाहान्छ तर भारतलाई हराउन नेपाललाई सहज भने छैन । भारत पनि नेपालसंगै सेमिफाईनल भने पुगिसकेकाे छ ।...
निर्वाचन कार्यतालिका सार्वजनिक, २३ असोजमा मनोनयन दर्ता

निर्वाचन कार्यतालिका सार्वजनिक, २३ असोजमा मनोनयन दर्ता

Breaking news 1, ट्रेन्डिङ, समाचार
मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार पहिलो हुने (प्रत्यक्ष) निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रम अनुसार असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यस्तै असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको छ । यी सबै निर्वाचन कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा संचालन हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले​ले जानकारी द...
श्रृजनशील लघुवित्तको कहिले हुन्छ होला आइपीओ बाँडफाँट ?

श्रृजनशील लघुवित्तको कहिले हुन्छ होला आइपीओ बाँडफाँट ?

अर्थ, ट्रेन्डिङ
श्रृजनशील लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ५६.८७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले भदौ १५ गतेदेखि कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५% अथवा १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले श्रृजनशील लघुवित्तलाई ‘केयर एनपी इस्यूअर रेटिङडबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक र...
दक्षिण कोरिया शाखाद्वारा संघलाई प्रोजेक्टर अनुदान (सहयोग)

दक्षिण कोरिया शाखाद्वारा संघलाई प्रोजेक्टर अनुदान (सहयोग)

Breaking news 1, ट्रेन्डिङ, समाचार
काठमाडौं: नेपाल मगर सघ दक्षिण कोरिया मातहतमा सन्चालित “नेपाल कोरिया मगर उत्थान अक्षय कोष” द्वारा “शाखा अधिकृत लोकसेवा तयारी कक्षा सन्चालन” तथा कार्यालय प्रायोजनका लागि नेपाल मगर सघ केन्द्रीय कार्यालयलाई अनुदान स्वरूप प्रोजेक्टर हस्तान्तरण गरेको छ । भोलि २३ गतेबाट लोकसेवा तयारी कक्षा संचालन हुने भएकोले प्रवास शाखा दक्षिण कोरियाका पुर्व अध्यक्ष सि.पि.मगरज्युको नेतृत्वमा आज संघको मुल घर, कलंकीमा आएर प्रोजेक्ट हस्तान्तरण गरिएकोछ ।नेपाल मगर संघ, दक्षिण कोरियाका अध्यक्ष टेक बहादुर पुनमगर, नेपाल कोरिया मगर उत्थान कोषका अध्यक्ष अप्त पुनमगर, दक्षिण कोरियाको संयोजन सहित नेतृत्व गर्नुहुने सिपि मगर र सम्पूर्ण पदाधिकारी तथा सदस्यज्युहरू प्रती संघको तर्फबाट अध्यक्ष ज्ञानेन्द्र पुनमगरज्युले धन्यवाद ज्ञापन गरेकाछन । magardairy.com वाट...
विपि कोईराला माबीमा अध्यनरत छात्र शिक्षक कुटिए

विपि कोईराला माबीमा अध्यनरत छात्र शिक्षक कुटिए

Breaking news 1, ट्रेन्डिङ, समाचार
घोराही, २२ भदौ । दाङको शान्तिनगर ३ मा रहेको विपी कोइराला माध्यामिक विद्यालयमा अध्ययनरत छात्र सुशील बुढाथोकीलाई निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको दायरामा ल्याउन संयुक्त विद्यार्थी संगठनहरुले जोडदार माग गरेका छन् ।अनेरास्ववियु दाङका संयोजक सर्जन परियार, अनेरास्ववियू (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महरा र अखिल (क्रान्तिकारी) दाङका संयोजक खुमन पौडले आज बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उक्त विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षी विद्यार्थी सुशील बुढाथोकीलाई निर्घात कुटपिट गर्ने शिक्षक उदयराज भण्डारीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।...
पोखरामा ई–कमर्श साथीको शुभारम्भ

पोखरामा ई–कमर्श साथीको शुभारम्भ

Breaking news 2, अर्थ, ट्रेन्डिङ, समाचार
पोखरा- डिजिटल मिडियासँग सम्बन्धित विभिन्न गतिविधि गर्ने उद्देश्यसहित पोखराको रानीपौवामा ई–कमर्श साथीको शुभारम्भ भएको छ । नयाँ प्रविधिको जमानामा डिजिटल युगसँग जोड्न ई–कमर्श साथीको सुरुवात गरिएको कम्पनीका अध्यक्ष विजय कुमालले जानकारी दिए । ई–कमर्श साथीले मोबाइल एपको निर्माण, सफ्टवेयरको डिजाइन, डिजिटल मार्केटिङ्ग, वेबसाइट डिजाइन, ग्राफिक डिजाइन, सोसल मिडिया म्यानेजमेन्टको काम गर्दछ । जसले गर्दा दैनिक जीवनमा सहज, व्यावसायिक र प्रविधिसँग अभ्यस्त हुन सहज गराउने अध्यक्ष कुमालको भनाइ छ । ई-कमर्शले डिजिटल प्रविधिको यो युगमा डिजिटलसम्बन्धी सम्पूर्ण सेवा र तालिम दिइने समेत अध्यक्ष कुमालले जानकारी दिएका छन् । यसैगरी ई–कमर्श प्रालिले डिजिटल मार्केटिङ्ग तालिम, वेबसाइट डिजाइन, डिजिटल पत्रकारिता, एफलाईट मार्केटिङ्ग, ई–कमर्श विजनेश र ग्राफिक्स डिजाइनसम्बन्धी तालिम समेत दिइने संस्थाले जनाएको छ ।...
सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी

सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकले पुष्टि गरेका छन्।'सन्दिप लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी आएको छ। नाबालिगको उजुरी हो, यसबारे थप विवरण म भोलि भन्छु,' उनले भने, 'आज साँझ नै पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको छ।' हामीले यसबारे काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका प्रहरी र प्रहरी हेडक्वार्टरका विभिन्न अधिकारीसँग जानकारी लिएका थियौं। सबैले लामिछानेविरूद्ध उजुरी आएको पुष्टि गरे। काठमाडौं प्रहरी परिसरका एक उच्च अधिकारीले नाम नबताउने सर्तमा पीडित बालिकाको परिवारले लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएको बताए। उनका अनुसार&nbs...
भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्दै सिक्लेस हाइड्रोपावर

भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्दै सिक्लेस हाइड्रोपावर

अर्थ, ट्रेन्डिङ
सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असोज २ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद असोज १२ गतेसम्म लम्बिनेछ। ...