Sunday, April 26News That Matters

थप समाचार

आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

थप समाचार
काठमाडौं । नेपालको मौसममा ओडिसा र आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना पश्चिम बंगाल आसपास रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्का देखी मध्यम वर्षा भईरहेको छ। आज दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह...
राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

थप समाचार
काठमाण्डौ | राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । राष्ट्रपतिले मङ्गलवार राति १२ बजेसम्म पनि विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय भएको छ । संसद्ले दोस्रो पटक पारित गरेर स्वीकृतिका लागि विधेयक राष्ट्रपति समक्ष पठाएको थियो । संसदबाट पारित भएर दोस्रो पटक आएको विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भए पनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको हो ।  राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेपछि यसबारे समर्थन र विरोधमा विभिन्न टिप्पणी भइरहेका छन् । पहिलो पटक प्रमाणीकरणका लागि पेस भएको विधेयकलाई राष्ट्रपति भण्डारीले संसदलाई सुझावसहित पुनर्विचार गर्नका लागि फर्काउनुभएको थियो । तर संसद्ले राष्ट्रपतिको सुझावलाई पूरै बेवास्ता गर्दै दोस्रो पटक पारित गरी राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस गरेको थियो...
अखिल क्रान्तिकारीको विद्रोही समूहले गर्‍यो काठमाडौं रेस

अखिल क्रान्तिकारीको विद्रोही समूहले गर्‍यो काठमाडौं रेस

थप समाचार
 काठमाडौँ | नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) पवन कार्की समूहले संविधान दिवसको अवसरमा 'काठमाडौं रेस-२०७९' को आयोजना गरेको छ। आठौँ संविधान दिवसको अवसरमा ‘संविधान कार्यान्वयनमा माओवादी नेतृत्वका लागि हाम्रो समर्थन, शिक्षा, स्वास्थ्य, रोजगार ग्यारेन्टीका लागि मिनी म्याराथन’ भन्ने नाराका नेपाल एथलेटिक्स एसोसिएसन, सहिद स्मृति स्पोर्ट्स एकेडेमी, राष्ट्रिय खेलकुद परिषदको समन्वयमा अखिल (क्रान्तिकारी)ले कार्यकम आयोजना गरेको हो। त्रिपुरेश्वरस्थित रंगशालादेखि सुरु भएको रेस थापाथली–माइतीघर–बबरमहल–बिजुली बजार पुल हुँदै एभरेस्ट होटल अगाडिको डिभाइडर पुगेर सोही बाटो फर्केर त्रिपुरेश्वर पुगेर सकिएको छ।   सो रेसमा पुरुषतर्फ अजितकुमार यादव प्रथम भएका छन्। पिनाकल कलेजका यादवले १७ मिनेट ४५ दशमलव ३ सेकेन्डमा दूरी पार गरे। त्यस्तै, एनपिसीका सन्तोषविक्रम विष्ट (१७ मिनेट ४५ दशमलव...
आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

थप समाचार
काठमाडौं । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा सोमवार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयनमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)का बीचमा भएको शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभा निर्वाचन र जनताका प्रतिनिधिमार्फत जारी गरिएको संविधानको एकअर्कामा अन्यानोश्रित सम्बन्ध रहिआएको छ । नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाउँदै लगेको छ भने स्थानीय तहमा नै नागरिकलाई सहज र सरलरूपमा सेवा उपलब्ध गराएको छ । सात प्रदेश, ७५३ स्थानीय तह र सङ्घीय सरकारमार्फत नयाँ राजनीतिक प्रणालीसमेत अवलम्बन गरेको छ ।विसं २०७२ असोज ३ ...
कांग्रेस, एमाले, माओवादीलगायत दलले आज समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाउने

कांग्रेस, एमाले, माओवादीलगायत दलले आज समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाउने

थप समाचार
काठमाडौं | प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची दलहरूले आज निर्वाचन आयोगमा बुझाउने भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपालगायत दलले सोमबार आयोगमा बन्दसूची बुझाउने भएका छन्। आयोगले आइतबार र सोमबारका लागि बन्दसूची बुझाउन समय दिएको छ। आइतबार प्रतिनिधि सभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले मात्रै बन्दसूची बुझाएका थिए। बाँकी दलहरूले आज बन्दसूची बुझाउनेछन्। नेकपा एमालेले आइतबार सचिवालय बैठक गरी प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जना समानुपातिक उम्मेदवार छनौट गरी बन्दसूची तयार गरेको थियो। माओवादीले महासचिव देव गुरूङको नेतृत्वमा कार्यदल गठन गरी समानुपातिक उम्मेदवार तयार गर्दैछ भने कांग्रेसले पनि समानुपातिक उम्मेदवार तयार गर्दैछ। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश...
संविधानको मर्म र भावनालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

संविधानको मर्म र भावनालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

थप समाचार
काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् । साथै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका हुन् । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै उनले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्व तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घ...
संविधानको रक्षाका लागि गठबन्धनको जीत अपरिहार्य : प्रचण्ड

संविधानको रक्षाका लागि गठबन्धनको जीत अपरिहार्य : प्रचण्ड

थप समाचार
काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई भोट दिन आग्रह गरेका छन् । ‘संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ,’ आठौं संविधान दिवसका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन् । त्यसका लागि प्रतिगमन विरोधी अग्रगामी नेपालीलाई गठबन्धनमा रहेका दललाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि उनले अपिल गरेका छन् । सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पुर्याउने श्रेय पनि वर्तमान संविधानलाई जाने उनको भनाइ छ । ‘यसले नागरिकलाई ‘गाउगाउँमा सिंहदरबार’को अनुभूति गराएको छ,’प्रचण्डले भनेका छन् । ‘लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपम...
आत्महत्या न्यूनीकरण गर्न सवैले पहल गरौं : गृहमन्त्री

आत्महत्या न्यूनीकरण गर्न सवैले पहल गरौं : गृहमन्त्री

थप समाचार
काठमाडौं | गृहमन्त्री बालकृष्ण खाणले आत्महत्या न्यूनीकरण गर्न सवैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताएका छन् । उपत्यका प्रहरी कार्यालयले आयोजना गरेको ‘आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम’मा बोल्दै मन्त्री खाणले भने–‘अकाल मृत्यु कसैको नहोस्, आत्महत्या न्युनिकरण गर्न सवैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आत्महत्याको ग्राफ बढेको छ । जीवन महत्वपुर्ण रहेको उल्लेख गर्दै मन्त्री खाणले भने–‘आत्महत्याको बाटो कसैले नरोजौँ, आत्महत्या न्यूनिकरण गर्न सरकारको आफ्नो दायित्व प्रति सजग छौं । कार्यक्रममा प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले आत्महत्या न्यूनिकरणका लागी प्रहरीले गरेको प्रयासले मान्छेलाई ‘विकल्प’ प्रति आशा जगाउन मद्दत गरेको बताए । ‘आत्महत्या रोकथामलाई प्रहरीले सँधै प्राथमिकतामा राखेको छ’ आईजीपी सिंहले भने । आत्महत्या न्यून...
लोसपाले टुंग्यायो समानुपातिक उम्मेदवार, क्लस्टर अनुसार सूची तयार गर्दै

लोसपाले टुंग्यायो समानुपातिक उम्मेदवार, क्लस्टर अनुसार सूची तयार गर्दै

थप समाचार
काठमाडौं | लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिक उम्मेदवारको सूची टुंगो लगाएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताले उम्मेदवार टुंगो लगाएका हुन् । भदौ ३१ गते बसेको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक उम्मेदवार टुंगो लगाउने अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो । अध्यक्ष ठाकुरले पार्टीका शीर्ष नेताको सल्लाहमा उम्मेदवारको टुंगो लगाएको सो पार्टीका एक नेताले बताए । शीर्ष नेताले उम्मेदवार टुंगो लगाएपछि त्यसलाई कलस्टर अनुसार सूची तयार गर्ने जिम्मेवारी पार्टीका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनाललाई दिइएको छ । उनले क्लस्टअनुसार सूची तयार गरेर आजै शीर्ष नेतालाई बुझाउने बताइएको छ । समानुपातिक उम्मेदवारका लागि सातवटै प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशका लागि करिब १३ सय जनाको नाम केन्द्रमा सिफारिस भएको थियो । त्...
प्रहरीले सेनासँग सापट माग्यो २८ सय साना हतियार

प्रहरीले सेनासँग सापट माग्यो २८ सय साना हतियार

थप समाचार
काठमाडौं  | मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रहरीले सेनासँग साना हतियार मागेको छ । निर्वाचनको सुरक्षामा साना हतियार अपुग हुने निष्कर्ष सहित प्रहरी प्रधान कार्यालयले ‘बालगिरि’मा हतियार दिन सेनालाई पत्राचार गरेको हो । निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागी ठुला हतियारको समस्या छैन । तर, साना हतियार करिब २५ सय अपुग हुने प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए । ‘अपुग हतियार सेनासँग सापट लिन पत्राचार भएको छ,’  ती उच्च अधिकारी भन्छन्–‘स्थानीय चुनावमा पनि हामीले सेनासँग लिएका थियौँ, यस पटक पनि सेनालाई हतियार सापट दिन प्रस्ताव गरेका छौँ । नेपाली सेनामा हतियार सापट लिनुलाई ‘बालगिरी’ भनिन्छ । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा प्रहरीले ७ सय भन्दा बढी पेस्तोल सेनासँग ‘बालगिरी’मा लिएको थियो । प्रतिनिधिसभा र...