Saturday, May 2News That Matters

थप समाचार

साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका उपसचिवविरुद्ध भ्रष्ट्राचार मुद्दा

साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका उपसचिवविरुद्ध भ्रष्ट्राचार मुद्दा

थप समाचार
काठमाडौं । साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै बीबी एयरवेजबाट ६ लाख रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ । अख्तियारले उनलाई साउन १७ गते काठमाडौं महानगरपालिका–१ मनकामना मार्गको होटल अरण्यको कम्पाउण्डबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । पछि उनले चढ्ने गाडीमा खानतलासी गर्दा १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो । अख्तियारले उनले ६ लाख रुपैयाँ घुस लिएको र बाँकी १६ लाख ५० हजार रुपैयाँ बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग सापटी लिएको बताएको छ । प्याराग्लाइडिङको इजाजतपत्र नवीकरणसम्बन...
१३ वर्षीया बालिका बलात्कार आरोपमा ललितपुरबाट एक युवक पक्राउ

१३ वर्षीया बालिका बलात्कार आरोपमा ललितपुरबाट एक युवक पक्राउ

थप समाचार
काठमाडौं । १३ वर्षीया बालिकालाई बलात्कार आरोपमा प्रहरीले एक युवकलाई ललितपुरबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार दोलखाको शैलुङ गाउँपालिका–७ घर भई हाल भक्तपुर दूधपाटी बस्ने १९ वर्षीय अनिश भुजेलले भदौ ३० गते राति आफू कार्यरत भक्तपुर नगरपालिका–१ दूधपाटीमा रहेको मस्मस् एन्ड पिज्जा हाउसमा किशोरीलाई जबर्जस्ती करणी गरेका थिए । भक्तपुरकै एक विद्यालयमा अध्ययनरत १३ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी पिज्जा हाउसमा बोलाई जबरजस्ती करणी गरेको कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले कसुरमा संलग्न युवकलाई ललितपुर उपमहानगरपालिका–९ भुलढोकाबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ।...
एमालेले जबरालाई जाेगाउन षड्यन्त्र गरिरहेकाे छ : अधिवक्ता बिडारी

एमालेले जबरालाई जाेगाउन षड्यन्त्र गरिरहेकाे छ : अधिवक्ता बिडारी

थप समाचार
काठमाण्डाै | राष्ट्रिय सभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले नेकपा एमालेले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबरालाई जोगाउनका लागि षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएकाे छ ।   आइतवार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता बिडारीले यस्ताे आराेप लगाउनुभएकाे हाे । उहाँले महाअभियोग सिफारिस समितिले गरेको बहुमतको निर्णय लागू हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘समितिमा फरक मत आउनु पनि राम्रो कुरा होइन । नेकपा (एमाले) नाम गरेको पार्टीले चोलेन्द्रजस्तो भ्रष्टाचारीको पक्षलाई जोगाउनका निम्ति आलेटाले कुरा गरेर प्रक्रिया पुगेको छैन, हेर्न बाँकी छ भन्दै जालसाजी र षड्यन्त्रपूर्वक कुरा गरेर हिँड्नु गलत हो । यस्तो गर्नु राम्रो होइन । बहुमतको निर्णय लागू हुन्छ जहाँ पनि । आफ्नो वर्चस्व केही नचल्ने भएर, चालेन्द्रलाई चोख्याउनका निम्ति एमालेले खेलेको षड्...
निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष

निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष

थप समाचार
काठमाण्डाै | अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने निष्कर्षसहितको अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक वीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । योसँगै निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बाटो खुलेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रिपरिषद्को गएकाे साउन २६ गतेको निर्णयअनुसार विज्ञ समूह गठन भएको हो । नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण ...
भीरमा अडि्कएका शिक्षकको २२ घण्टापछि उद्धार

भीरमा अडि्कएका शिक्षकको २२ घण्टापछि उद्धार

थप समाचार
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटीको २२ घण्टापछि सकुशल उद्धार गरिएको छ । दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको हो । शिक्षक सिवाकोटी ढुंगामा अडि्कएको अवस्थामा फेला परेका थिए । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार भीरबाट सिवाकोटीको आवाज आएपछि उद्धारको पहल थालिएको थियो । सिवाकोटी शनिबार पौडी खेल्ने क्रममा हराएका थिए । ‘२२ घण्टापछि उहाँलाई सेनाको सहयोगमा उद्धार गरिएको हो,’ उनी भन्छन्,’ठूलो पानी परेको भए राति नै बगाउन सक्थ्यो, तर खोलाको सतह नबढेकाले उहाँ ढुंगामै अडि्करहनु भएछ ।’...
आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदै

आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदै

थप समाचार
काठमाण्डाै | आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदैछ । नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ । आजदेखि पर्सिसम्म तीनदिन कार्यक्रम हुनेछन् । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ । यसवर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको थियो । आजदेखि तीन दिन देशभरि र विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमकासाथ मनाउने निर्णय गरिएको छ।...
परिवारको सुख, शान्ति र दीर्घायुको कामनासहित जितिया पर्व मनाइँदै

परिवारको सुख, शान्ति र दीर्घायुको कामनासहित जितिया पर्व मनाइँदै

थप समाचार
काठमाण्डाै | आज जितिया पर्वको मुख्य दिन । मध्यतराईका महिलाले विशेष रुपमा मनाउने यो पर्वको विधिवत् सुरुवात भने हिजोदेखि भइसकेको छ । जितिया पर्वको मुख्य दिन आज निराहार व्रत बसेर भोलि विधिवत् रुपमा पर्वको समापन गरिनेछ । परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ । जितियामा निराहार व्रत बसेका महिलाले जलाशयमा नुहाएर माटोको प्रतिमामा पूजा गर्दछन् । आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईवासी मधेसी र थारु महिलाले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने एउटा उत्साहजनक एवम् विशिष्ट पहिचान भएको पर्वका रुपमा मनाइन्छ । दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा संस्कृति र संस्कारमा रहेका विशिष्ट पहिचानका विशेषतालाई जितिया पर्वले पनि समेटेको उल्लेख गर्नुभएको छ । साथै उहाँले यस पर्वले विविधताभि...
हरिवनमा दुई ट्रकबाट साढे १७ लाखको चिनी बरामद

हरिवनमा दुई ट्रकबाट साढे १७ लाखको चिनी बरामद

थप समाचार
सर्लाहीको हरिवनबाट प्रहरीले साढे १७ लाख मूल्य बराबरको चिनीसहित दुई ट्रक नियन्त्रणमा लिएको छ। हरिवन नगरपालिका १० नयाँरोडबाट ५० किलो दरका ९ सय ८० बोरा चिनी लोड गरिएका दुई ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरीले बरहथवाबाट  नयाँरोडतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ६५८५ र ना. ७ ख ६१४५ नम्बरका ट्रक नियन्त्रणमा लिएको हो। प्रदेश २-०३-००१ ख ६५८५ नम्बरको ट्रकबाट ५० किलो दरका ५ सय बोरा र ना. ७ ख ६१४५ नम्बरको ट्रकबाट ४ सय ८० बोरा चिनी बरामद गरिएको हो। चामलको बिल बनाएर चिनी ढुवानी गरेको पाइएपछि ट्रक र चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए। बरामद चिनी र ट्रक आवश्यक कारबाहीका लागि भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरीले जनाएको छ।...
ओलीको प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगमन नभएर के हो ? : प्रचण्ड

ओलीको प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगमन नभएर के हो ? : प्रचण्ड

थप समाचार
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ओलीको प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगामी भएको बताउनु भएको छ। शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै प्रचण्डले यस्तो बताउनु भएको । एमाले अध्यक्ष ओलीले संसद् विघटनको बचाउ गरिरहँदा दाहालले यस्तो प्रतिक्रिया दिनुभएको हो । ’प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिगमन र लोकतन्त्रको व्याख्या गर्नुभयो । मलाई अलि अनौठो लाग्यो । जसले जे भने पनि हुने रहेछ कि क्या हो भन्ने लाग्यो मलाई । संविधानमा हुँदै नभएको अधिकार सदनभित्रबाट अर्को सरकार बन्ने सम्भावना भएसम्म सदन विघटन गर्न पाइँदैन सचेत रूपले संविधानमा व्यवस्था गरेको होइन ? अनि सरकार बनाउने अर्को सम्भावना हुँदाहुँदै,’ प्रचण्डले भन्नुभयो। नेता ओलीले पार्टीको आन्तरिक विवादलाई समाधान गर्नुको सट्टा सार्वभौम अधिक...
यस वर्ष दशैँको टिका- बुधबार ११ः५१ बजे उत्तम साइत

यस वर्ष दशैँको टिका- बुधबार ११ः५१ बजे उत्तम साइत

थप समाचार
यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उहाँले बताउनुभयो । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ । नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ ...