Saturday, May 2News That Matters

थप समाचार

चुनावअघि सुकुम्बासीलाई धनीपूर्जा नबाँड्न निर्वाचन आयोगको निर्देशन

चुनावअघि सुकुम्बासीलाई धनीपूर्जा नबाँड्न निर्वाचन आयोगको निर्देशन

थप समाचार
काठमाडौं । राष्ट्रिय भूमि आयोगले भुमि व्यवस्था मन्त्री शशी श्रेष्ठको नेतृत्वमा देशका विभिन्न भागमा धनीपूर्जा वितरण गर्दै हिँडेपछि निर्वाचन आयोगले विहीबार एक विज्ञप्ति जारी गर्दै मंसिर ४ को चुनावअघि धनीपूर्जा वितरण एवं जग्गा नापजाँचका कार्यहरु रोक्न भूमि आयोगका नाममा निर्देशन दिएको छ । साथै आयोगले प्रायोजकको खर्चमा हुने बाहेक नेपाल सरकारलाई भार पर्नेगरी विदेश भ्रमण समेत नगर्न सरकारी अधिकारीहरुलाई निर्देशन दिएको छ । नि्र्पाचन आयोगले धनीपूर्जा वितरणमा रोक लगाएपछि भूमि आयोगका सदस्य नहेन्द्र खड्काले आयोगको निर्णयको विरोध गर्दै फेसबुकमा यस्तो टिप्पणी गरेका छन्– ‘निर्वाचन आचारसंहिता नलाग्दै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लालपूर्जा वितरण रोक्ने काम दुःखद र दुर्भाग्यपूर्ण हो । लालपूर्जा वितरण तीव्रतापूर्वक हुन लागेका बेला रोकावटले दुःखी बनायो । यसरी त यो वर्ष पाँच ...
‘नेपालको पानी जनताको लगानी’ नारा व्यवहारिकरूपमा कार्यान्वयनमा आयाे : मन्त्री भुसाल

‘नेपालको पानी जनताको लगानी’ नारा व्यवहारिकरूपमा कार्यान्वयनमा आयाे : मन्त्री भुसाल

थप समाचार
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले 'नेपालको पानी जनताको लगानी' नारा सरकारले व्यवहारिकरूपमा कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । बिहीवार अपर अरुण हाइड्रो इलेक्ट्रिक आयोजनाका लागि स्वदेशी ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको सह–वित्तीयकरणको अगुवा गर्ने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) बीच ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले माथिल्लो अरुण जलविद्युत् आयोजनाले नेपालको पूर्वी क्षेत्रमा योगदान गर्ने बताउनुभयो । अरुण क्षेत्रका सबै जलस्रोतको जतिसक्दो धेरै प्रयोग गरेर देशको ऊर्जाबाट आर्थिक, सामाजिक विकास गर्ने उहाँकाे भनाइ छ ।  उहाँले भन्नुभयो, ‘नेपालको पानी जनताको लगानी नारा सरकार व्यावहारिक ढङ्गले कार्यान्वयन गर्ने स्थानमा पुगेका छ । ...
भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठायो

भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठायो

थप समाचार
काठमाडौं । भारतीय आयल निगमले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको छ। मूल्यसूचीअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको छ । निगमका अनुसार डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा घटेर आएको हो । भारतबाट आएको मूल्यसूचीअनुसार मूल्य घटाउने निर्णय निगमले गरेमा उपभोक्तालाई केही राहत हुनेछ । मूल्य घटाउनलाई निगम सञ्चालक समितिको बैठक बस्नुपर्ने हुन्छ । यद्यपि पछिल्लो समय निगमले मूल्य बढ्दा बढाउने तर घट्दा नघटाउने गरेको भनेर आलोचना समेत हुने गरेको छ ।...
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

थप समाचार
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ कात्यानीचोकबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्यानीचोकमा डेरा गरी बस्ने दोलखा बैतेश्वर गाउँपालिका–५ घर भएकी इन्दिरा तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । तामाङको कोठामा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३४ हजार ९ सय ९० रूपैयाँ र १८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
डाक्टर केसीको सत्याग्रहको पाँचौं दिनः स्वास्थ्य अवस्था जटिल

डाक्टर केसीको सत्याग्रहको पाँचौं दिनः स्वास्थ्य अवस्था जटिल

थप समाचार
धनगढी ।  सत्याग्रही डाक्टर गोविन्द केसीको स्वास्थ्यमा थप समस्या देखा परेको छ। धनगढीमा जारी सत्याग्रहको शुक्रबार पाँच दिन पुग्दा सेती प्रादेशिक अस्पतालले डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अवस्था जटिलतर्फ गइरहेको जनाइएको छ। २० औं सत्याग्रह गर्न धनगढी आएका डाक्टर केसीले सोमबारदेखि सत्याग्रह थालेका हुन्। शुक्रबार सत्याग्रहको पाँचौं दिन हुँदा डाक्टर केसीको स्वास्थ्य अवस्था थप बिग्रदै गएको छ। सेती प्रादेशिक अस्पतालले टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, मांसपेशी दुख्ने, बाउडीने र मुटुको धडकनमा गडबढी हुने समस्या देखा परेको जनाएको छ। अस्पतालका अनुसार डाक्टर केसीको रक्तचाप घटेर ९०र ६० हाराहारीमा पुगेको, श्वासप्रश्वास दर बढ्दै गएको र शरीरको तौल घट्दै गएको छ। प्रयोगशाला रिपोर्टमा सुगरको मात्रा ४१ पुगेको क्याल्सियम, फस्पोरस र म्याग्नेसियम कम...
एक वर्षमा मूल्यवृद्धि दर दोब्बर

एक वर्षमा मूल्यवृद्धि दर दोब्बर

थप समाचार
 काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा महँगी दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा समग्र मुद्रास्फिीति ८.२६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको यसै महिनामा मूल्यवृद्धि ४.३५ प्रतिशत मात्रै थियो । यस अवधिमा गैर खाद्य, सेवा क्षेत्र र खाद्य तथा पेय पदार्थ उपसमूहको मूल्यवृद्धि दर दोब्बरले बढेको राष्ट्र बैंकले जनाएको छ । साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ७.११ प्रतिशत पुगेको छ, जुन गत आर्थिक वर्षको साउनमा भन्दा ३.२५ प्रतिशत बिन्दुले बढी हो । आर्थिक वर्ष २०७८/७९ साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ३.८६ प्रतिशत थियो । यस वर्षको साउनमा घ्यू तथा तेलमा १९.५८, फलफूलमा १८.७९, रेष्टुरेन्ट तथा होटलमा ११.८४, मदिराजन्य पेय पदार्थमा १०.२४ र दुग्ध पदार्थ तथा अण्डामा १०.१९ प्रतिशतले मूल्यवृद्धि भएको छ । गैर खाद...
मुद्दा फिर्ताको निर्णयपछि विप्लव समूहले दियो सरकारलाई धन्यवाद

मुद्दा फिर्ताको निर्णयपछि विप्लव समूहले दियो सरकारलाई धन्यवाद

थप समाचार
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुद्दा फिर्ता लिने सरकारको निर्णयको स्वागत गरेको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले मुद्धा खारेजीबारे निर्णय गरेको भन्दै सरकारलाई धन्यवाद पनि दिएको छ । मन्त्रिपरिषद बैठकले प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्धाहरुलाई यथाशीघ्र फर्छ्यौट गर्न र कानुनसंग अन्तरविरोध राख्ने मुद्धाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्धा खारेज गर्ने निर्णय गरेको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए । ‘सरकार र नेकपाबीच भएको सहमतिलाई कार्यान्ययन गर्न मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयले तीन बुँदे सहमति कार्यान्वयनलाई गुणात्मकता प्रदान गरेको छ’ उनले भनेका छन् । विप्लव समूहसँग तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ३ बुँदे सहमति गरेको थियो । त्यसपछिको शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि तीन बुँदे सहमति अनुसार काम ...
‘प्रहरी हौ’ भन्दै ठमेलबाट ३० लाख लुटेको आरोपमा ३ युवा पक्राउ

‘प्रहरी हौ’ भन्दै ठमेलबाट ३० लाख लुटेको आरोपमा ३ युवा पक्राउ

थप समाचार
काठमाडौं । ‘प्रहरी हौ’ भन्दै ठमेलबाट ३० लाख रुपयाँ लुटपाट गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जना युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ घर भई हाल भक्तपुरको लोकन्थली बस्‍ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुलीको मरिन गाउँपालिका-३ घर भई हाल काठमाडौंको कपन बस्‍ने ३० वर्षीय देव लामा र रामेछापको सुनपाती गाउँपालिका-१ घर भई कपन बस्‍दै आएका २० वर्षीय मिन बहादुर तितुङ (रोहित) रहेका छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कपनबाट बुधबार मोटरसाइकलसहित पक्राउ गरेको हो । भदौ २२ गते ११: १० बजेको समयमा ठमेलमा सञ्‍चालित ओरियण्टल मनी एक्सचेन्ट बन्द गरी कोठा जाने क्रममा मोटरसाइकलमा आएका ५ जना अपरिचितले जबरजस्ती मोटरसाइकलमा राखेर म्हैपी, सोह्रखुट्टे, खुसीबु हुँदै शोभा भगवतीको पुल मुनिबाट डल्लु पुर्‍याइ साथमा भ...
पूर्वराजासँग मन कुँडिएको छ : कमल थापा

पूर्वराजासँग मन कुँडिएको छ : कमल थापा

थप समाचार
 सप्तरी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजाको बिषयमा अब कुनै टीकाटिप्पणी नगर्ने बताएका छन् । उनले पूर्वराजा र राजसंस्थाका कारण आफ्नो मन कुँडिएको बताए । पार्टीको कार्यक्रममा सहभागी हुन बिहीबार राजविराज आएका अध्यक्ष थापाले पत्रकारसँग कुराकानी गर्दै लामो समयसम्म राजा र राजसंस्थाप्रति आस्था र विश्वास राखेर काम गरेपनि अहिले मन कुँडिएको बताए । ‘पछिल्लो समयमा राजा, राजसंस्था र राजाको सचिवालयको व्यबहारबाट मेरो मन कुँडिएको छ, भाँचिएको छ’ उनले भने, ‘तथापि त्यो संस्थाप्रतिको मेरो आस्था र विश्वास कायम छ । त्यो संस्था र राजाप्रतिको मायाको कारण अब सबै आरोप प्रत्यारोपबाट मुक्त भएर रहन चाहन्छु ।’ अध्यक्ष थापाले अब राजसंस्था आफ्नो पार्टीको एजेन्डा समेत नरहेको बताए । प्रमुख राजनीतिक दलका नेताहरुमा चुनाव लड्न, सत्तामा पुग्न, सत्तामा पुगेपछि टिक्नका निम्ति बाहिरिया शक्तिहरुको आशिर्...
माओवादी कमजोर भएमा राजनीतिक उपलब्धि गुम्न सक्छ : प्रचण्ड

माओवादी कमजोर भएमा राजनीतिक उपलब्धि गुम्न सक्छ : प्रचण्ड

थप समाचार
काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर भएमा २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि गुम्न सक्ने बताएका छन् । पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्तरिक व्यवस्थापनमा सबैले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए । व्यक्तिगत हितलाई भन्दा पनि पार्टी र देशको हितलाई केन्द्रमा राखेर पार्टीभित्रका सबैले इमान्दारीपूर्वक काम गर्ने हो भने आसन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र कम्युनिस्टहरुमध्ये पहिलो शक्ति बन्ने दाबी उनले गरे । ‘माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिस्टहरुको प्रयास नभएको भए देश आज संघीय लोकतान्त्रिक गणतन्त्रमा जान सम्भव थिएन, समानुपातिक र समावेशी प्रतिनिधित्व पनि सम्भव थिएन,’ उनले भने, ‘माओवादी आन्दोलनको जगमा निर्मित जनयुद्ध र जनआन्दोलनको समायोजनबाट मात्र यो ...