Saturday, May 2News That Matters

थप समाचार

धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान, एक जना घाइते

धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान, एक जना घाइते

थप समाचार
धनुषा | धनुषाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन्। प्रहरीचौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ निवासी ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ। खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा फायर गरेपछि प्रहरीले गरेको जवाफी कारबाहीमा परेर बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। प्रहरीको गोली लागी घाइते अवस्थामा पक्राउ परेका बुढाथोकीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए।  पक्राउ परेका बुढाथोकीको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद भएको प्रहर...
जनताको मुक्तिको लाइन र क्रान्तिलाई कसैले रोक्न सक्दैन : प्रवक्ता प्रकाण्ड

जनताको मुक्तिको लाइन र क्रान्तिलाई कसैले रोक्न सक्दैन : प्रवक्ता प्रकाण्ड

थप समाचार
काठमाडौं । नेकपाका प्रवक्ता खडग् बहादुर विश्वकर्मा (प्रकाण्ड) ले आफ्नो पार्टीले जनता र राष्ट्रको पक्षमा संघर्ष गर्दै आएकाले कुनै पनि शक्तिले पार्टीलाई हराउन नसक्ने बताउनु भएको छ । नेकपा ललितपुर जिल्लाको नवौं जिल्ला सम्मेलनको मंगलबार उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले जनता भन्दा शक्तिशाली दुनियाँमा कोही पनि नभएको बताउनु भयो । उहाँले एकीकृत जनक्रान्तिको सिद्धान्तबाट नेपालमा समाजवादी क्रान्ति पूरा हुने दाबी गर्नु भयो ।प्रवक्ता प्रकाण्डले जनताको पक्षमा क्रान्तिकारीहरु उभिने हो भने दुनियाँको कुनै पनि तागतले क्रान्तिकारीहरुलाई पराजित गर्न नसक्ने ठोकुवा गर्नु भयो । उहाँले संसारमा पूँजीवादी र साम्राज्यवादीहरुले जनताको क्रान्तिलाई कहि पनि रोक्न नसेकेको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि आफ्नो पार्टीले लिएको जनताको मुक्तिको लाइन र क्रान्तिलाई रोक्न नसक्ने उद्घोष गर्नु भयो ।उहाँले...
पाकिस्तानका बाढी पीडितलाई नेपाल सरकारले राहत सामग्री उपलब्ध गराउने

पाकिस्तानका बाढी पीडितलाई नेपाल सरकारले राहत सामग्री उपलब्ध गराउने

थप समाचार
काठमाडौं | नेपालले पाकिस्तानलाई रु दुई करोड मूल्य बराबरको राहत सामग्री सहयोगस्वरुप उपलब्ध गराउने भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षति भएको जनाउँदै राहतस्वरुप सहयोग उपलब्ध गराइने बताए । यही भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार सहयोग गर्न लागिएको मन्त्रालयले जनाएको छ । पाकिस्तानमा विपद्मा परी मृत्यु हुने प्रति नेपाल सरकारले श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।...
धनुषामा एक महिलाको शव फेला

धनुषामा एक महिलाको शव फेला

थप समाचार
धनुषा | धनुषामा एक महिलाको शव फेला परेको छ। धनुषाको शहीदनगर नगरपालिका–३, पुलचौकमा एक महिलाको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । आज बिहान पुलचौकस्थित रहेको नहर नजिक अन्दाजी ३० वर्षीया बबिता देवी दासको शव फेला परेको हो । उपरीक्षक रजौरेले घटना शंकास्पद रहेकाले थप अनुसन्धान भइरहेको बताउनुभयो । शवको पोष्टमार्टमपश्चात् थप कुरा खुल्ने तथा यससम्बन्धमा थप अनुसन्धान भइरहेको रजौरेले जानकारी दिनुभयो ।...
ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरीसहित ३ जना घाइते

ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरीसहित ३ जना घाइते

थप समाचार
झापाको भद्रपुरमा सोमबार ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। भद्रपुर–२ र ३ स्थित देउनियाँ पुलमा पृथ्वीनगरबाट भद्रपुरतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेकी भद्रपुर–२ की ३५ की तुलसा खवास लामा र उनकी छोरी दुई वर्षीया रुक्साना लामालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते तुलसाको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।  ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खस्दा उक्त ट्रकका सहचालक जिल्ला झापा बिर्तामोड–२ का २४ वर्षीय अनिल हस्दा र ५२ वर्षीय  बुद्धलाल राजवंशीसमेत घाइते भएका थिए। घाइते बालिकासहित तीनै जनाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालक पाँचथर हिलिहाङ–६ का २४ वर्षीय योगेश सिटौलालाई प्रहरीले नियन्त्रण...
चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले आज प्रधानमन्त्री देउवालाई भेट्दै

चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले आज प्रधानमन्त्री देउवालाई भेट्दै

थप समाचार
 काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन् । नेपाल आएको पहिलो दिन समकक्षी अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवालगायत पूर्वप्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेटेपछि लीले अपराह्न प्रधानमन्त्री देउवासँग भेट्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसँग बालुवाटारमा दिउँसो ४ बजे भेट्ने तय भएको छ । प्रधानमन्त्रीलाई भेट्नुअघि उनले दिउँसो ३ बजेत परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । चार दिने भ्रमणका लागि नेपाल आएको ली नेतृत्वको चिनियाँ टोली बिहीबार दक्षिण कोरिया प्रस्थान गर्नेछ ।...
मिटर ब्याजी बिरुद्धकाे आन्दोलनमा उत्रन क्रान्तिकारी किसान तथा मजदुर महासङ्घकाे आह्वान

मिटर ब्याजी बिरुद्धकाे आन्दोलनमा उत्रन क्रान्तिकारी किसान तथा मजदुर महासङ्घकाे आह्वान

थप समाचार
काठमाडौं । आज कीर्तिपुरमा भएको मिटर ब्याज पीडित किसान मजदुरहरुकाे अान्दोलनमा सरकारले हस्तक्षेप गरि पुलिसद्वारा गरिएको लाठीचार्ज र धरपकड विरुद्ध “अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले संयुक्त वक्तव्य जारी गर्दै कडा शब्दमा विरोध जनाएको छ । आज किसान महासङ्घका केन्द्रीय अध्यक्ष सीताराम तामाङ तथा मजदुर महासङ्घका केन्द्रीय अध्यक्ष ईश्वर तिमल्सिनाले संयुक्तरुपमा वक्तव्य जारी गर्दै पीडित किसान मजदुरमाथि जाईलाग्ने सरकारका विरुद्ध सम्पुर्ण देशभक्त क्रान्तिकारी किसान मजदुरहरू सङ्घर्षमा उत्रन अाह्वान गरिएको छ । वक्तव्यमा मिटर ब्याजी सुदखाेरहरुबाट विस्थापित भएका तराईका विभिन्न जिल्लाका किसान मजदुरहरुकाे जायज र उचित माग सम्बाेधन गरि न्याय दिनुपर्नेमा सरकारले उल्टै सुदखाेरकाे पक्षमा उभिएर आन्दोलनकारीहरुमाथि गरिएको बर्बर दमनको घाेर भ्रत्सना गर्दै ...
डा. गोविन्द केसीले धनगढी पुगेर सुरु गरे अनसन

डा. गोविन्द केसीले धनगढी पुगेर सुरु गरे अनसन

थप समाचार
काठमाडौं । चिकित्सा क्षेत्र सुधार अभियन्ता डा. गोविन्द केसीले धनगढी पुगेर अनसन सुरु गर्नुभएको छ । माग सम्बोधनमा सरकार गम्भीर नबनेको भन्दै डा. केसीले २०औं सत्याग्रह सुरु गर्नुभएको हो। उहाँ धनगढीस्थित श्रीकृष्ण मन्दिरमा अनसन बस्नुभएको छ । सरकार माग सम्बोधनमा संवेदनशील नभएपछि अनसन बस्न बाध्य भएको उहाँले बतानुभयो। स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्नुपर्ने डा. केसीको माग छ।...
मन्त्रीलाई चुनाव प्रचारमा रोक लगाउने गरी जारी आचारसंहिता गलत : नारायणकाजी

मन्त्रीलाई चुनाव प्रचारमा रोक लगाउने गरी जारी आचारसंहिता गलत : नारायणकाजी

थप समाचार
काठमाडौं | नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले जारी गरेको आचार संहिता तत्काल सच्याउन सुझाव दिएका छन्। सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता गलत भएकोले सच्याउनुपर्ने बताए। श्रेष्ठका अनुसार बहुदलीय राजनीतिक प्रणालीमा नेताहरू नै मन्त्री हुने हुनाले उनीहरूले निर्वाचनको प्रचारप्रसार गर्न मिल्दैन भन्न मिल्दैन। ‘यो आचारसंहिताको सवालमा मन्त्रीहरूले चुनाव प्रचारप्रसार गर्न राष्ट्रव्यापी नपाउने छ भन्ने सुनियो। यो कुरा मिल्दैन,’ श्रेष्ठले भने, ‘राजनीतिक प्रणाली चाहिँ बहुदलीय हुने अनि त्यो प्रणालीले नेताहरू मन्त्री पनि हुने। तर, मन्त्रीहरूले चाहिँ चुनाव प्रचारप्रसार गर्न आफैँ उम्मेदवार छ भने बाहेक अन्त नपाउन...
सभामुख र चिनियाँ जनकंग्रेस प्रमुखबीच ६ बुँदे समझदारी

सभामुख र चिनियाँ जनकंग्रेस प्रमुखबीच ६ बुँदे समझदारी

थप समाचार
 काठमाडौं । नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गरेका हुन् । ली सोमबार मात्र काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै संसद भवन, परिसरमा सभामुख सापकोटासँग भेटवार्ता भएको थियो । त्यसक्रममा ६ बुँदे समझदारी भएको छ । के के छन् समझदारीमा ? १. दुवै पक्ष आपसी विश्वास सदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रुपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन् । २. दुबै पक्षले दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुर्‍याउन बहुआयमिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान ...