Saturday, May 2News That Matters

थप समाचार

मिटरव्याजीविरुद्ध २,२८९ उजुरी, कार्यदलले बुझायो प्रतिवेदन

थप समाचार
 काठमाडौं । गृह मन्त्रालयले गठन गरेको मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस कार्यलदलले सोमबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक भीष्मकुमार भूसालले २२ बुँदे सिफारिससहित मन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन् । कार्यदलका अनुसार मिटरव्याजीविरुद्ध भदौ २६ गतेसम्म जिल्ला प्रशासन कार्यालयहरुमा दुई हजार २८९ वटा उजुरी परेको छ । तीमध्ये भदौ २६ गतेसम्म ५९ वटा उजुरी फरफारक भइसकेका छन् भने ७ वटा उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको कार्यदलले जनाएको छ । त्यस्तै ७ वटा उजुरीमा प्रहरीले अनुसन्धान गरिरहेको छ । कार्यदलले गत भदौ ८ देखि १२ गतेसम्म लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, मधेश प्रदेशका सर्लाही, महोत्तरी, धनुषा, सप्तरी र सिरहा तथा प्रदेश १ को मोरङ गरी ७ जिल्लाका मिटरव्याजीसँग छलफल गरेको थियो । उजुरीहरूको विश्लेषण गर्दा ४ वा सो भ...
१ लाख १५ हजार म्यादी प्रहरीमा भर्ना खुल्यो

१ लाख १५ हजार म्यादी प्रहरीमा भर्ना खुल्यो

थप समाचार
भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सकिने काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो । म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । दरखास्त सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दिन सकिने छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन् । दरखास्त दिनेहरु राजनीतिक दलको सदस्य नभएको, आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको र आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको पनि हुनुपर्ने सूचनामा उल्लेख छ । असोज ९ गतेदेखि १४ गतेसम्म छनौट सुरु हुने छ । असोज २५ गते अन्तिम नतिजा सार्वजनिक गर्ने र असोज ३० गतेद...
मैले र आरजुले भारतीयसँग सहमति गरेको भनेर चीनमा समेत भ्रम परेछ : प्रचण्ड

मैले र आरजुले भारतीयसँग सहमति गरेको भनेर चीनमा समेत भ्रम परेछ : प्रचण्ड

थप समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र कांग्रेस नेता आरजु देउवाले भारतमा सहमति गरेको भनी चीनसमेत भ्रममा परेको टिप्पणी गरेका छन् । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले आफू र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुले भारतमा समझदारी गरेको भन्नेबारे चिनियाँ अधिकारीहरुले चासो राखेको जानकारी पाएको बताए । ‘मलाई अनौठो त्यतिबेला लाग्यो कि हाम्रो नेपाली राजदूत चीनमा जानुभएको, उहाँले मलाई यहाँ त निकै ठूलो प्रश्न उठ्यो, तपाईं र आरजु भारतीयसँग बसेर कति बुँदे सहमति गर्नुभयो रे भन्ने कुरा चीनले पनि बडो चासो राख्यो भन्दा मलाइ अनौठो लाग्यो’ उनले भने । उनले भारतमा आफूहरुले सहमति गरेको भन्नु झुटो र निराधार भएको बताए । ‘यति झूटो कुरा यति निराधार कुराको यति ठूलो प्रचार गरिनुबाट कहीं न कहीं प्रतिगमन र प्रतिक्रान्तिकारी शक्तिहरू निकै सक्रिय छन् भन्नेबाहेक अर...
हरिवनमा जुवा खेलिरहेका १२ जना पक्राउ

हरिवनमा जुवा खेलिरहेका १२ जना पक्राउ

थप समाचार
हरिवन । सर्लाहीमा जुवा खेलिरहेका चार जिल्लाका १२ जना पक्राउ परेका छन् । हरिवन नगरपालिका-२ स्थित छाप्रोमा कौडा खेलिरहेका उनीहरूलाई सोमबार बिहान २ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट दुई लाख ७१ हजार ६०० र भारतीय २५० रुपैयाँ, ४ थान कौडा, तास, हुक्का सानो इन्भर्टर एक थान बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।पक्राउ पर्नेमा हरिवन नगरपालिका १ बस्ने ३५ वर्षीय तेजबहादुर गोले, ५३ वर्षीय शंकर श्रेष्ठ, ३४ वर्षीय चान्द खाँ, हरिवन नगरपालिका २ बस्ने ४९ वर्षीय टिकाप्रसाद घिमिरे, ३० वर्षीय भीम लामा, ४० वर्षीय हरि पौडेल, ३४ वर्षीय मानबहादुर थिङग छन् । यस्तै, कोडैना गाउापालिका २ बस्ने ५४ वर्षीय चुनीलाल चौधरी, पर्साको प्रसौनीभाठा नगरपालिका २ बस्ने ५४ वर्षीय पानालाल प्रसाद साह, धनुषाको मिथिला बिहारी नगरपालिका ७ बस्ने ५९ वर्षीय ईश्वरी साह, महोत्त...
लिङ्देनले गरे सांसद पद त्यागेको घोषणा

लिङ्देनले गरे सांसद पद त्यागेको घोषणा

थप समाचार
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने घोषणा गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको बताए । आउने संसदमा आफ्नो दलको प्रभावकारी उपस्थितिका लागि देशभर हिड्नुपर्छ भनेर आउन छाडेको उनले सुनाए । तर पछिल्लो समय सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएपछि लज्जित भएको उनले बताए । राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘अबबाट यहाँ उपस्थित हुने छैन । मेरो नाममा पठाइने तलब भत्ता सुविधा रोक्का गरियोस् । कहीँ कतै लेखेर दिनुपर्छ भनेर लेखे दिन पनि तयार छु ।’...
दाइजोमा कार नदिएको भन्दै श्रीमतीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ

दाइजोमा कार नदिएको भन्दै श्रीमतीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ

थप समाचार
राैतहट।  रौतहटमा दाइजोमा कार नदिएको भन्दै श्रीमतीलाई कुटपिट गरेको आरोपमा एक जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा गरुडा नगरपालिका ५ का रोशनकुमार गुप्ता रहेका छन् । गुप्ताले भारत विहार शिवहर जिल्ला पिपरा थाना बसहिया गाउँका २४ वर्षीया प्रियादर्शनीसित २०७७ मंसिर १० मा विवाह गरेका थिए । उनले विवाहमा ३० लाख भारु लिएका थिए । विवाहपछि कार मागेका हुन् । तर दिन नसकेपछि गुप्ताका परिवार मिलेर प्रियादर्शनीलाई कुटपिट र यातना दिएको आरोप छ । श्रीमती प्रियादर्शनीले प्रहरीमा जोहरी दिएपछि गुप्ताका परिवारविरुद्ध अदालतमा मुद्दा चलेको थियो । त्यसपछि गुप्ता फरार भए । फरार रहेका गुप्तालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालयका डीएसपी सुनिल मल्लले गुप्तालाई अदालत पेस गर्ने तयारी भइरहेको बताए ।...
आलमलाई कांग्रेसले उम्मेदवार बनाउँदैन : गगन थापा

आलमलाई कांग्रेसले उम्मेदवार बनाउँदैन : गगन थापा

थप समाचार
काठमाण्डाै | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका कांग्रेस नेता अफताब आलमलाई आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सांसदको उम्मेदवार नबनाउने दाबी गर्नुभएको छ ।  शुक्रवार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै थापाले यस्तो बताउनुभएको हो । उहाँले कुनै ठाउँबाट आउँदाे चुनावका लागि आलम सिफारिस भए पनि कांग्रेसले उम्मेदवार नबनाउनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।  महामन्त्री थापाले आफूहरू पार्टीमा रहुन्जेल छाती ठोकेर मैले निर्णय गरेको हुँ भन्ने हैसियत नभएका कुराहरू पार्टीबाट नहुने बताउनुभयो । उहाँले संविधानले वर्जित गरेको काम पार्टीबाट नहुने दाबी पनि गर्नुभयो । ‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा पनि हामीले कथा लेख्ने दिन आउँदैछ’ भन्ने साहित्यकार नयनराज पाण्डेको अभिव्यक्त...
कक्षा १२ काे नतिजा प्रकाशित, ४१७९ जनाले ल्याए ३.६-४ जिपिए

कक्षा १२ काे नतिजा प्रकाशित, ४१७९ जनाले ल्याए ३.६-४ जिपिए

थप समाचार
काठमाडौं | कक्षा १२ को नतिजा प्रकाशित गरिएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे । सार्वजनिक नतिजाअनुसार ४१७९ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् । त्यस्तै ३०१०७ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन्। ६५२८८४ जनाले २.८ देखि ३.२० जिपिए ल्याएका छन्। ६४०९३ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन्। १०९०० जनाले २.१ देखि २.४ जिपिए ल्याएका छन्। त्यस्तै १.६. २ जिपिए ल्याउने ३५ जना छन्। नन ग्रेड तर्फ १ लाख ८८ हजार ४१० छन् । ग्रेड बृद्विका लागि १ लाख ३० ८७८ जनाले दिन पाउनेछन्। जम्मा ३ लाख ६३ हजार ८ जनाले परीक्षा दिएका थिए । बाेर्डले याे पटक नन ग्रेडिङ अनुसार नतिजा प्रकाशन गरेकाे हाे । प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक नल्याएका विधार्थि फेल भएका छन् । त्यो भन्दा कम अंक ल्याएको खण्...
सर्लाहीबाट नेकपा एसका अधिकांश पदाधिकारी एमालेमा समाहित

सर्लाहीबाट नेकपा एसका अधिकांश पदाधिकारी एमालेमा समाहित

थप समाचार
सर्लाही । नेकपा (एकीकृत समाजवादी) सर्लाहीको जिल्ला नेतृत्वका अधिकांश पदाधिकारी एमालेमा समाहित भएका छन्। आज शुक्रबार दिउँसो सदरमुकाम मलंगवास्थित एमाले पार्टी कार्यालयमा आयोजित एक समारोहमा समाजवादीका नेताहरू एमालेमा समाहित भएका हुन्। समाजवादीका केन्द्रीय परिषद् सदस्य रूपनारायण सिंह, जिल्ला उपाध्यक्ष देवेन्द्र राय, सचिव गोविन्द अधिकारी, उपसचिव लीलादेवी कोइराला, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिका सदस्य समेत रहेका विश्व लामा, प्रचार विभाग प्रमुख तथा हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्ले, ईश्वरपुर नगर कमिटीका अध्यक्ष मेनकुमार गौतम, हरिपुर नगर कमिटी अध्यक्ष चूडामणि धामी लगायत एमालेमा समाहित भएका छन्। उपाध्यक्ष राय र सचिव अधिकारीको संयुक्त हस्ताक्षरमा नेकपा एकीकृत समाजवादी सर्लाही जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको सम्बन्धमा प्रेस विज्ञप्ति समेत जारी गरेका छन्। झूटफ...
करेन्ट लागेर बाबु छोराको मृत्यु

करेन्ट लागेर बाबु छोराको मृत्यु

थप समाचार
सिरहा | सिरहामा करेन्ट लागेर बाबु छोराको मृत्यु भएको छ। जिल्लाको गोलबजार नपा-६ ग्रामिण बजरका ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमनको पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ। करेन्ट लागेर घाइते दुबै जनालाई उपचारको लागि स्थानीय भुमिजा अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि प्रादेशिक अस्पताल लहान लैजाने क्रममा बाटोमै उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।...