Saturday, May 2News That Matters

थप समाचार

मूल्य घट्दा घटाउन अटेर गर्ने निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढायो

मूल्य घट्दा घटाउन अटेर गर्ने निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढायो

थप समाचार
काठमाण्डाै | नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पाेरेशनले इन्धनको मूल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरिरहेको निगमले मूल्य बढ्नासाथ भने नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढेर लिटरको १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ थियो । पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।...
बुधबार दुई विद्यार्थीले ६ तलामाथिबाट हामफालेर मरेपछी ,आज प्रहरीले विद्यालयसँग बयान लिने

बुधबार दुई विद्यार्थीले ६ तलामाथिबाट हामफालेर मरेपछी ,आज प्रहरीले विद्यालयसँग बयान लिने

थप समाचार
काठमाडौं | बुधबार अपरान्ह साढे ६ बजेतिर प्रहरी वृत्त, बानेश्वरमा खबर आयो, ‘बुटवल पावर कम्पनी नजिकै एक निर्माणाधीन घर अगाडि दुई बालबालिकाले ६ तलामाथिबाट फाल हानेका छन् ।’ खबर पाउनेबित्तिकै बानेश्वरको प्रहरी टोली घटनास्थलमा पुग्यो । पुग्दा दुईजना गम्भीर अवस्थामा थिए । तत्काल सिभिल अस्पताल बानेश्वर लगियो । तर चिकित्सकहरुले मृत घोषित गरे । पछि उनीहरु मध्यबानेश्वरस्थित पाठशाला स्कुलमा कक्षा ९ मा पढ्ने विद्यार्थी भएको खुल्यो । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनीहरु १३ र १४ वर्षका किशोरकिशोरी भएको खुलेको छ । दुवै पेप्सिकोलामा बस्दै आएका थिए । बुधबार उनीहरु दुबै जना स्पोर्टस् ड्रेसमा उनीहरु स्कुल आएका थिए । तर साँझ दुवै गम्भीर घाइते अवस्थामा भेटिए । घरमा काम गर्ने मजदुरहरुले उनीहरु माथि जाँदै गरेको देखेका थिए, तर वास्ता गरेनन् । अनुसन्धान अधिकृतहरुका अनुसार हालसम्म उक्त घरमा ...
महाभियोग सिफारिस समितिमा जबराको बयान आज पनि

महाभियोग सिफारिस समितिमा जबराको बयान आज पनि

थप समाचार
काठमाडौं | निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि हुँदैछ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ । बुधबार समितिले सिंहदरबारमा जबराको बयान लिएको थियो । तर बयान नसकिएपछि उनको आज पनि बयान हुने कांग्रेस सांसद मीन विश्वकर्माले जानकारी दिए । समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधबार उनले ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गरेका थिए । उनले आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको जिकिर गरेका थिए । बुधबार जबराले चार घण्टा बयान दिएका थिए ।...
पहिरोको कारण मुग्लिन–नारायणगढ सडकखण्ड फेरि बन्द

पहिरोको कारण मुग्लिन–नारायणगढ सडकखण्ड फेरि बन्द

थप समाचार
काठमाण्डाै | मुग्लिन–नारायणगढ सडकखण्ड फेरि बन्द भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा मुसलधारे पानीसहित सडकमा लेदो र पहिरो खसेको मुग्लिन प्रहरीले जनाएको छ । बिहान साढे ५ बजेतिर पहिरो खसेको हो । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको पनि प्रहरीले जनाएको छ । त्यस्तै, चितवनको इच्छाकामना गाउँपालिका ६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ । त्यहाँ पनि सडक बन्द भएको छ । ढुङ्गा पन्छाउन टोली खटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । यसअघि मंगलबार राति खसेको पहिरो हटाएर हिजो बिहान साढे ८ बजेदेखि   मुग्लिन–नारायणगढ सडकखण्ड खुलाइएको थियो । पहिरोको उच्च जोखिम रहेकाले मुग्लिन–नारायणगढ सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ । ...
राप्रपासँग तालमेल गर्दा समस्यामा पर्ने एमाले नेताहरू

राप्रपासँग तालमेल गर्दा समस्यामा पर्ने एमाले नेताहरू

थप समाचार
काठमाडौं । सत्तारुढ दलहरुले गठबन्धन गरेपछि दबावमा परेको नेकपा एमालेले साना पार्टीहरुसँग तालमेलको प्रक्रिया अगाडि बढाएको छ । अध्यक्ष केपी शर्मा ओलीकै अग्रसरतामा पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग तालमेलको प्रयत्न भइरहेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ एमालेसँग तालमेलबारे पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले छलफल गरिरहेको बताउँछन् । ‘पार्टीले अध्यक्षलाई जिम्मा दिएको हो, उहाँले नै कुराकानी गरिरहनुभएको छ’, श्रेष्ठ भन्छन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भने कुराकानी भइरहे पनि २२ भदौ अगाडि यसबारे कुनै निर्णय नहुने बताउँछन् । ‘तलबाट आएको सिफारिस हेरेपछि थप निर्णय हुन्छ, त्यसअघि केही हुन्न’, उनी भन्छन् । चुनावी तालमेलबारे ओलीसँग लिङ्देनले बालकोट पुगेरै यसअघि कुराकानी गरेका थिए । राप्रपाका महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले...
१७ लाख नगदसहित पक्राउ परेका धावा कारागार चलान

१७ लाख नगदसहित पक्राउ परेका धावा कारागार चलान

थप समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ सम्बन्धी कसूरमा एक जना अभियुक्तलाई पर्पक्षका लागि कारागार चलान गरिएको छ । १७ लाख नगदसहित साउन १८ गते पक्राउ परेका २४ वर्षीय धावा घ्याल्चेनमाथि थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । उनलाई जगन्नाथदेवल, सुन्धाराको कारागारमा राखिए प्रहरीले जनाएको छ ।...
बालबालिकालाई बेच्नका लागि भारत लगेको आरोपमा तीन जना पक्राउ

बालबालिकालाई बेच्नका लागि भारत लगेको आरोपमा तीन जना पक्राउ

थप समाचार
धनुषा । धनुषा प्रहरीले दिल्लीतर्फ लगिँदै गरेका दुई जना बालिकाको उद्धार गरेको छ । उनीहरुलाई भारतमा बेच्नका लागि लैजान लागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ पनि गरेको छ । जनकपुरधामबाट जयनगरतर्फ जाँदै गरेको नेपाली रेलमा बालिकालाई चढाएर लग्दै गरेकोअवस्थामा इनर्वा स्टेशनबाट ती बालिकाको उद्धार गरिएको र तीन जनालाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ कमलानगर बस्ने २६ वर्षीय रुपेशकुमार मिश्र, वडा नम्बर २३ का २३ वर्षीय दिलमहम्द साह र महोत्तरीको मटिहानी नगरपालिका २ बस्ने २० वर्षीया रानी भनिने मुस्कान मण्डल छन् । ती बालिकालाई भारतको दिल्लीतर्फ बेच्न लगिरहेको सूचनाको आधारमा बालिकाको उद्धार गरी उनीहरुलाई पक्राउ गरिएको क्षेत्रीले बताए । पक्राउ परेकाबिरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्या...
केपी ओलीले फेरि युद्ध होस् भन्ने चाहेका छन् : प्रचण्ड

केपी ओलीले फेरि युद्ध होस् भन्ने चाहेका छन् : प्रचण्ड

थप समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया नटुंगियोस् भन्ने चाहेको आरोप लगाएका छन् ।राजधानीमा आयोजित माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समिति बैठकमा उनले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै शान्ति सम्झौता गर्दा त्यसको साक्षी बसेको तर अहिले शान्ति सम्झौतालाई निष्कर्षमा पुग्न नदिने गरी तर्क गरेको समेत आरोप लगाए। ‘आफैंले १२ बुँदेमा हस्ताक्षर गर्ने, आफैं विस्तृत शान्ति सम्झौता गर्दा साक्षी बस्ने, अहिले शान्ति सम्झौतालाई अन्तिम निष्कर्षमा पुग्न नदिने भनेपछि यो प्रतिगामी पनि छ, बेइमानीपूर्ण पनि छ,’ प्रचण्डले प्रतिप्रश्न गरे, ‘षडयन्त्रकारी पनि छ । के फेरि युद्ध होस् भन्न चाहेको हो केपी र केपी गुटले ?’ एमालेले तत्कालीन विद्रोही माओवादीलाई पीडक र माओवादीबाट पीडितलाई मात्र पीडित मान्ने तर्क गरिरहेक...
राप्रपा नेपाल अबको वैकल्पिक शक्ति : कमल थापा

राप्रपा नेपाल अबको वैकल्पिक शक्ति : कमल थापा

थप समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा )नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी वैकल्पिक शक्तिका रूपमा आएको बताउनु भयो । अहिलेको दुरावस्थाबाट मुलुकलाई मुक्त गर्नको निमित्त जनताले अबको चुनावमा बोल्ड निर्णय गर्नुपर्ने उनको भनाइ छ। बेथिति, विकृति र अन्यायबारे चिन्ता गरेर मात्र गरेर हुन्न, साहसिक निर्णय गर्नुपर्ने हुन्छ, अबको निर्वाचनमा जनताले स्वाधिनता,सुशासन,हिन्दूत्व र समृद्धिको पक्षमा आफुलाई उभ्याउनु पर्ने उनले बताउनु भयो। राप्रपा नेपाल उनले ठुला भन्ने दलहरूको असक्षमता, अदुर्दर्शिता र अकर्मण्यताको जवाफ दिँदै जनताले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रुपमा उभ्याउन सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । अहिलेको दुरावस्थाबाट मुलुकलाई मुक्त गर्नको निमित्त जनताले अबको चुनावमा बोल्ड निर्णय गर्नुपर्ने उनको भनाइ छ। बेथिति, विकृति र अन्यायबारे चिन्ता गरेर मात्र गरेर हुन्न, साहसिक निर्णय गर...
बालेनलाई वाइसिएलका अध्यक्षले भने – धाकधम्कीसँग नडराउनुहोस्, हामी साथ दिन्छौं

बालेनलाई वाइसिएलका अध्यक्षले भने – धाकधम्कीसँग नडराउनुहोस्, हामी साथ दिन्छौं

थप समाचार
काठमाडौं । माओवादी केन्द्र निकटको युवा संगठन वाइसिएल नेपालले काठमाडौंका मेयर बालेन्द्र साहलाई निडरतापूर्वक अगाडि बढ्न आग्रह गरेको छ । अनधिकृत रुपमा बनेका संचरनालाई हटाइरहेका मेयर साहमाथि राजनीतिक क्षेत्रबाटै धम्की आइरहेका बेला वाइसिएयले आफुले साथ दिने भन्दै निडरतापूर्वक अघि बढ्न भनेको हो । वाइसिएलका अध्यक्ष सुवोध शेर्पालीले सामाजिक सञ्जालमार्फत बालेनलाई कुनै खालको धाकधम्कीबाट पछि नहट्न आव्हान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “मेयर ज्यू अघि बढ्नुहोस्, आफ्नो वा पराई कोही नभनी सधैं जनता एवम् राज्यको भौतिक सम्पत्तिमाथि रजाइँ गर्न खोज्ने प्रवृत्तिका विरुद्ध जनमतको साथ लिएर लम्कनुहोस् ।” अध्यक्ष शेर्पालीले शाहमाथि धम्की नदिन पनि चेतावनी दिएका छन् । उनले अगाडि भनेका छन्, “केही गर्छु भन्ने अठोट गरि जनताबाट स्वतन्त्र रुपमा निर्वाचित भएका यो व्यवस्थाभित्र फुलेका फुल नि...