Saturday, May 2News That Matters

थप समाचार

नेपाल कम्युनिस्ट पार्टी सर्लाहीको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी सर्लाहीको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

थप समाचार
लालबन्दी । नेपाल कम्युनिस्ट पार्टी सर्लाहीको पाँचौ जिल्ला सम्मेलन सोमबार सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य रणवीरको प्रमुख आतिथ्यता तथा जिल्ला सेक्रेटरी कमल सुस्लीङको अध्यक्षतामा सम्मेलन गरिएको हो । सम्मेलनका अन्य अतिथिहरुमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवनारायण साह, केन्द्रीय सदस्य मिशन शाही, बारा जिल्ला सेक्रेटरी विक्रम शाही, रौतहत जिल्ला सेक्रेटरी एन वी थापा, विशेष सेक्रेटरी पवन महतो लगाएत रहेका थिए । कार्यक्रममा सहिद परिवार तथा सर्लाही जिल्ला सेक्रेटरी सुस्लिङलाई सम्मान गरिएको थियो । भेलाले जनक राउतको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । सम्मेलन लालबन्दीस्थित १० नम्बर वडा कार्यालयमा गरिएको पार्टीले जनाएको छ ।...
९० किलो गाँजासहित सिरहामा एम्बुलेन्स चालक पक्राउ

९० किलो गाँजासहित सिरहामा एम्बुलेन्स चालक पक्राउ

थप समाचार
सिरहा। सिरहा प्रहरीले एम्बुलेन्समा राखेर गाँजा तस्करीमा संलग्न एकजना चालकलाई पक्राउ गरेको छ । सिरहा प्रहरीले चेकजाँचको क्रममा ९० किलो गाँजा बोकेको एम्बुलेन्ससहित त्यसका चालक सरोज लामालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक कुमार मैनालीका अनुसार सोमवार राती पौने ११ बजे चेकजाँचको क्रममा को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट गाँजा ९० केजी परिणाममा गाँजा बरामद भएको हो। एम्बुलेन्सका चालक धनगढीमाई नगरपालिका–९ का २९ वर्षीय लामालाई नियन्त्रणमा लिएको प्रहरीले उनको साथबाट २८ हजार नगदसमेत बरामद गरेको छ । एम्बुलेन्सको बिरामी राख्ने भागमा पाँच वटा बोरामा लुकाएर राखिएको गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए । पक्राउ परेका लामालाई बयान लिएर थप अनुसन्धान गरिदैँछ ।...
देशभरका मिटरब्याज पीडितहरुलाई उजुरी गर्न आग्रह

देशभरका मिटरब्याज पीडितहरुलाई उजुरी गर्न आग्रह

थप समाचार
काठमाडौं । सरकारले देशभर रहेका सबै मिटरब्याज पीडितहरुलाई उजुरी गर्न आग्रह गरेको छ। सरकारले गठन गरेको ‘मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल’ले शनिबार एक सूचना जारी गर्दै एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको हो। सूचनामार्फत मिटरव्याज पीडितलाई तथ्य प्रमाणसहित अगामी भदौ ५ गतेसम्म उजुरी गर्न आग्रह गरिएको छ।...
परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

थप समाचार
काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।  मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लाग्नु भएको हो । उहाँले भोलि चिनियाँ समकक्षी वाङ यीसँग चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम छ । शेरबहादुर देउवाको नेतृत्वमा एक वर्षअघि सरकार गठन भएपछि पहिलोपटक चीनतर्फ उच्च तहको भ्रमण हुन लागेको हो । भ्रमणको मुख्य उद्देश्य दुई देशबीच भएका सम्झौता कार्यान्वयन र विश्वमा देखा परेको दोस्रो शीतयुद्धको संकेतकै परिस्थितिबीच निकट छिमेकीलाई विश्वासमा लिएर अघि बढ्न वातावरण बनाउने नै भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता र अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई लिएर चीनले नेपाललाई प्रतिक्रिया दिँदै आएको थियो । एमसीसीलाई संसद्बाट अनुमोदन गरेको न...
प्रचण्डले गरे हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन

प्रचण्डले गरे हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन

थप समाचार
काठमाडौं । पाँच दिने जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन् । उनले भ्रमण टोलीका सदस्यहरुसहित आज संग्रहालय अवलोकन गरेका हुन् । दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले दुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेको थियो । परमाणु बमले कतिको मृत्यु भयो भन्ने यकिन तथ्यांक छैन । तर हिरोसिमाका तीन लाख ५० हजार जनसंख्यामध्ये एक लाख ४० हजार र नागासाकीमा कम्तीमा ७४ हजार जना मानिस मरेको अनुमानित तथ्यांक रहेको बीबीसी नेपाली सेवाको एक रिपोर्टमा उल्लेख छ । जापान भ्रमणको लागि माओवादी अध्यक्ष प्रचण्ड यही साउन २० गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनीसँग छोरी गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल, सचिवालयका एकजना सदस्य सूर्यकिरण शर्मा लगायत छन् ।...
हराएका सीमास्तम्भ खोजि गर्ने निर्णय गर्दै नेपाल-भारत सिमा अधिकारीहरुकाे बैठक सम्पन्न

हराएका सीमास्तम्भ खोजि गर्ने निर्णय गर्दै नेपाल-भारत सिमा अधिकारीहरुकाे बैठक सम्पन्न

थप समाचार
हराएका सीमास्तम्भ खोजि गर्ने निर्णय गर्दै नेपाल-भारत सिमा अधिकारीहरुकाे बैठक सम्पन्न भएको छ । धनुषा-जनकपुरमा नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठकले हराइरहेका सीमास्तम्भ खोजी गर्ने निर्णय गरेको हाे । शनिबार बसेको नेपाल–भारत सीमा अधिकारीहरूको संयुक्त बैठकमा हराइरहेको सीमास्तम्भ खोजी गर्ने, सीमामा हुने अपराध, फेक करेन्सी, अतिक्रमण, लागूऔषध ओसारपसार नियन्त्रण गर्ने निर्यणहरु बैठकले गरेको छ । सीमामा हुने अपराध कसरी नियन्त्रण गर्ने, लागूऔषध सम्बन्धी नियन्त्रण कसरी गर्ने, सीमा स्तम्भहरुको अवस्था कस्तो छ ? मर्मत गर्नुपर्ने भए सम्बन्धित निकायमा पहल गर्ने, हराएको भए खोजी गर्नेलगायत विषयमा निर्णय दुई देशका अधिकारीहरु बसेर गरिएको छ । नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णय भएको छ । नेपाली सीमा अतिक्रमण भएको तथा पुल निर्माणमा भारतीय सुरक्षाकर्मीको तर्फबाट पुल निर्माण...
मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने सहमति

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने सहमति

थप समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बहुमतले पार्टी एकता गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहित भएको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति गठन गरेको छ । संयुक्तरुपमा वक्तव्य जारी गर्दै किरण र कन्चणले एकता प्रकृयामा सामेल हुन पार्टी सङ्गठन र  नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।...
सप्तरीमा करेन्ट लागेर सासु बुहारीसहित तीनको मृत्यु

सप्तरीमा करेन्ट लागेर सासु बुहारीसहित तीनको मृत्यु

थप समाचार
सप्तरी । सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ। कञ्चनपुर नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो भने राजगढ गाउँपालिकामा एकजनाको मृत्यु भएको हो । सो घटनामा परेर मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार रहेका छन्। उनीहरु नातामा ससुरा–बुहारी हुन्। इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार अञ्जलीलाई आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो। सात महिनाको गर्भवतीसमेत अचेत अवस्थामा रहेकी बुहारी अञ्जलीलाई बचाउन गएकी सौदानन्दलाई समेत करेन्ट लागेको थियो। दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए। उता, सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा भने ५६ वर्षीय शिवशङ्कर साहको पनि करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएक...
बर्दिबासको सिद्धार्थ बैंकको भवनमा भीषण आगलागी

बर्दिबासको सिद्धार्थ बैंकको भवनमा भीषण आगलागी

थप समाचार
बर्दिबास । महोत्तरीको बर्दिबास बजारमा सिदार्थ बैंक रहेको भवनमा भीषण आगलागी भएको छ । केहीबेर अघि सुरु भएको आगलागीका कारण आसपासमा भागाभाग भएको छ । प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणकाे प्रयास गरिरहे पनि अहिलेसम्म बारुण यन्त्र पुग्न सकेको छैन । जीम क्लब रहेको भवनको दोस्रो तल्लामा आगो लागेको हो । पहिलो तल्लामा सिद्धार्थ बैंक छ भने तल सटरहरु छन् । आगो विस्तारै बढ्दै गएपछि आसपासमा पनि क्षति पुर्‍याउन सक्ने अनुमान छ । आगलगीको कारण खुल्न सकेको छैन ।...
गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

थप समाचार
बुटवल । गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्‍याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने ४४ वर्षीय पाण्डेको शनिबार शव भेटिएपछि हत्या भएको पुष्टि भएको हो । पाँच दिनदेखि सम्पर्कविहीन पाण्डेको अर्घाखाँची पाणिनी–२ मा पर्ने डाँडाकटेरीस्थित सिद्ध सामुदायिक वनमा शव भेटिएको हो । हत्याको अभियोगमा पाणिनि–२ घर भई हाल सैनामैना नगरपालिका–६ कलौनी बस्ने ४३ वर्षीय दीपक भनिने कुलचन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । गौतमले हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका गौतमलाई नेपाल भारत सिमाना बेलहियाबाट आइतबार पक्राउ गर...