Sunday, April 26News That Matters

थप समाचार

विप्लवसहित नेताहरूलाई पक्राउ पुर्जी जारी

विप्लवसहित नेताहरूलाई पक्राउ पुर्जी जारी

थप समाचार
काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव,खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा,विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान,राज्य विरुद्धको अपराध समेतको मुद्दा,हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो। उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ। ३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ।अदालतले मुद्दा हात हतियार तथा खरखजाना मुद्दामा विप्लवसहित मोहनबहादुर कार्की,भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर क...
वामदेवको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र, चुनाव चिह्न धानको बाला

वामदेवको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र, चुनाव चिह्न धानको बाला

थप समाचार
काठमाडौं । वामदेव गौतमको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । गौतमको संयोजकत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानलाई आयोगले आइतबार दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न दिएको हो । गौतमको पार्टीले गोलाकारभित्र झुलेको धानको बाला चुनाव चिह्न पाएको हो । त्यस्तै गौतमको पार्टीको केन्द्रीय कार्यालय काठमाडौं र आयोगमा पार्टीको दर्ता नम्बर १९० रहेको छ । दल दर्ताको प्रमाणपत्र प्राप्त भएसँगै कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गराउने अभियान जारी रहने सो पार्टीका नेता निमकान्त पाण्डेले जनाए ।...
किरणको काम र विप्लवको अर्थ नै छैन, बाबुराम त माओवादी नै होइनन् : प्रचण्ड

किरणको काम र विप्लवको अर्थ नै छैन, बाबुराम त माओवादी नै होइनन् : प्रचण्ड

थप समाचार
काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादी दोस्रो शक्ति बन्ने दाबी गरेका छन् । आज सम्पर्क समन्वय समितिको प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै प्रचण्डले काँग्रेसको नेतृत्वसँग पनि आफूले कुरा गर्दा अहिले काँग्रेस पहिलो हुन्छ तर माओवादीलाई दोस्रो हुनबाट रोक्न गडबड नगर्न सचेत गराईएको बताए । यो गठबन्धन पनि आगामी चुनाव सम्मै कायम राख्ने कुरामा निर्धक्क हुन उनले कार्यकर्तालाई अपील गरे । संघ र प्रदेशको चुनावमा टिकट दिँदा माथिबाट मान्छे हेरेर मात्र दिईने पनि उनले प्रचण्डले उल्लेख गरे । एक प्रसंगमा प्रचण्डले, किरण माओवादी काम नभएको र विप्लव माओवादीको पनि अब अर्थ नभएको दावी गर्दै बाबुराम भट्टराई माओवादी नै नभएकाले उनको हिशाब नरहेको बताए ।...
तरकारी बोकेर भारततर्फ जाँदै गरेको ट्रकमा भेटियो ६ बोरा गाँजा, चालक पक्राउ

तरकारी बोकेर भारततर्फ जाँदै गरेको ट्रकमा भेटियो ६ बोरा गाँजा, चालक पक्राउ

थप समाचार
काठमाडौं । विराटनगरमा तरकारी बोकेर भारततर्फ जादै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद भएको छ । शुक्रबार राति संखुवासभाबाट बन्दाकोपी लिएर विराटनगर हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको ट्रकबाट सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले ६ वटा बोरामा १५६ किलो गाँजा बरामद गरेको हो । बन्दा कोपी बोकेर भारततिर जान लागेको प्रदेश १-०२-००१ ख ८६७७ नम्बरको ट्रक चेकजाँच गर्दा शुक्रबार राति ६ बोरा गाँजा भेटिएको सशस्त्र प्रहरीले बताएको छ । गाडीमा ४६ बोरा बन्दा कोपी र ६ बोरा गाँजा थियो । गाँजासहित पक्राउ परेका ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका ३ का २९ वर्षीय विवेक राईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानी बुझाएको सशस्त्र प्रहरीले बताएको छ ।...
भारतसँग ५ वर्षका लागि रासायनिक मल खरिद सम्झौता

भारतसँग ५ वर्षका लागि रासायनिक मल खरिद सम्झौता

थप समाचार
काठमाडौं । नेपालले ५ वर्षका लागि भारतसँग झण्डै नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको छ । यो सम्झौता अनुसार नेपाल सरकारले सन् २०२५/२६ भित्र ४ लाख ५७ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्ने छ । गत चैतमा मल खरिदका लागि भएको सरकार–सरकार (जीटूजी) सम्झौता बमोजिम नेपालको कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) बीच खरिद समयको अन्तर्राष्ट्रिय मूल्यअनुसार मल खरिद गर्ने सम्झौता भएको हो । आर्थिक वर्ष ०८३/८४ सम्मका लागि मल खरिद गर्न साउन १ गते उक्त सम्झौता भएको कृषि सामग्री कम्पनीका निमित्त प्रबन्ध सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिए । सम्झौताअनुसार पहिलो लट १ लाख ६० हजार मेट्रिक टन मल आगामी मंसिरसम्म नेपाल भित्रीसक्ने कार्कीले बताए । ‘साउन एकमा दुई कम्पनीबीच मल खरिदका लागि सम्झौता भएको छ,’ कार्कीले भने, ‘सम्झौता ...
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

थप समाचार
काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा नौ हजार ६३३ जनाले ४ जीपीए ल्याएका छन् । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । कोभिड-१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् । शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।...
एसईईको नतिजा आज सार्वजनिक हुँदै,दुई बजे बोर्डको बैठक बस्दै

एसईईको नतिजा आज सार्वजनिक हुँदै,दुई बजे बोर्डको बैठक बस्दै

थप समाचार
काठमाडौं ।   माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुँदै छ । नतिजा सार्वजनिक गर्ने निर्णय गर्न आज दिउँसो २ बजे बोर्डको बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा आज सार्वजनिक हुने जानकारी दिए । उनले भने, ‘हामी अन्तिम तयारीमा छौं । नतिजा बुधबार आउँछ ।’ शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रुपमा परीक्षा केन्द्रमा नै उपस्थिति भएर परीक्षा दिएका थिए । परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी भएका थिए । नतिजा ग्रेड अनुसार नै सार्वजनिक गरिने छ । ९० र सोभन्दा माथि अंक ल्याउनेलाई ए प्लस, ८० र सोभन्दा माथि तर ९० भन्दा कम ल्याउ...
परवानीपुरबाट ४५ किलो गाँजासहित टाटा पिकअप प्रहरीको नियन्त्रणमा

परवानीपुरबाट ४५ किलो गाँजासहित टाटा पिकअप प्रहरीको नियन्त्रणमा

थप समाचार
लालबन्दी । सर्लाहीको लालबन्दी १६ मिलनचोकबाट प्रहरीले गाँजा लिएर आउँदै गरेको टाटा पिकअपलाई नियन्त्रणमा लिएको छ । आईतबार मध्यरातमा वडा नम्बर १६ परवानिपुरबाट रानिगंजतर्फ आउँदै गरेको बा६च ८६६६ नम्बर टाटा पिकअपलाई शंका लागी पछ्याउने क्रममा प्रहरीले मिलनचोकमा नियन्त्रणमा लिएको हो । अस्थायी प्रहरी चौकीबाट असई गणेश दनुवारको टोलीले सुराकीको आधारमा गाडिलाई पछ्याएको थियो । गाडिलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएपनि चालक भने फरार भएका बताईएको छ । बरामद गाडिलाई चेकजाँच गर्दा गाडिको पछाडीको भागमा फल्स बटन बनाएर ४५ किलो गाँजा लुकाएर ल्याएको भेटिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । बरामद गाँजासहित गाडिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका सुचना अधिकृत डिएसपी बिजय यादवले जानकारी दिनुभयो । ५ ओटा रातो र एउटा सेता प्लाष्टिकमा पोको पारेर ल्या...
धेरै पैसा खर्च गर्न नसके चुनाव जित्न सकिन्न : प्रचण्ड

धेरै पैसा खर्च गर्न नसके चुनाव जित्न सकिन्न : प्रचण्ड

थप समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पैसा खर्च गर्न नसके चुनाव जित्न नसकिने बताएका छन् । आज पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९औँ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले चुनावबाट पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै सङ्घर्ष गर्नुपर्ने बताएका हुन् । उनले पालिकाको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै सङ्घ र प्रदेश चुनावमा सांसदको खर्च १ अर्ब रुपैयाँभन्दा माथि हुने बताए । प्रचण्डले भने, ‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन । अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ । गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जिते...
१ सय ३१ किलो गाँजासहित एक जना पक्राउ

१ सय ३१ किलो गाँजासहित एक जना पक्राउ

थप समाचार
हेटौडा। मकवानपुर प्रहरीले ठुलो मात्रामा घरमा लुकाई राखेको लागूऔषध गाँजासहित एक जनालाई प्रकाउ गरेको छ। शनिवार साँझको ५ बजेको समयमा विशेष सुचनाको आधारमा प्रहरी चौकी नामटारबाट खटिएको प्रहरी टोलीले भीमफेदी ९ बस्ने खैवा रुम्वा भन्ने सोनम सिं रुम्वाको घरबाट गाँजा बरामद गरेको हो । रुम्वाले घरमा तयारी अवस्थामा लुकाई राखेको १३१ किलो लागूऔषध गाँजा फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । उनलाई हेटौडा १० स्थित बासपार्कबाट फेला पारी उक्त लागुऔषध गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।...