Saturday, April 25News That Matters

थप समाचार

नेपालमा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना पुष्टि, थप दुईको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना पुष्टि, थप दुईको मृत्यु

थप समाचार
काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३हजार ८८८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ३६० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ३ जना र १ हजार ५२८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २५ हजार ११४ पुगेको छ । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ३१ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ३ हजार १७७ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुईको मृत्यु ...
प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित

थप समाचार
काठमाडौं । प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । कारागार विधेयकमाथिको छलफलपछि निर्णयार्थ प्रस्तुत गरिनुअघि सांसद प्रेम सुवालले गणपूरक संख्या एकीन गर्न माग गरेका थिए । यसपछि तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या एकीन गर्दा अपुग देखिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो । कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनुअघि एक चौथाइ सदस्य ६९ जना हुनुपर्नेमा बैठकमा ६७ जना उपस्थित रहेपछि बैठक स्थगित गरिएको हो ।...
पार्टी बिरुद्ध अन्तरघात गर्नेलाई निष्काशन गर्ने अधिकार जिल्ला पार्टी प्रमुखलाई

पार्टी बिरुद्ध अन्तरघात गर्नेलाई निष्काशन गर्ने अधिकार जिल्ला पार्टी प्रमुखलाई

थप समाचार
हरिवन । सर्लाहीको हरिवनमा नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको आयोजना तथा जिल्ला सभापति सुरेन्द्र सिंहको अध्यक्षतामा अगुवा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम गरिएको पार्टीले जनाएको छ । हरिवन स्थित सगुन सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवं पुर्व गृहमन्त्री पुर्ण बहादुर खडकाले निर्वाचनको समयमा पार्टीसँग अन्तरघात गर्ने व्यक्तिलाई पार्टीबाट निष्काशन गर्न सक्ने अधिकार पार्टीको जिल्ला कार्यसमितीलाई रहेको बताउनुभएको छ । उहाँले कांग्रेसको १४ औं महाधिवेशन पछि बनेको पार्टीको विधान अनुसार अनुशासन कमिटी गठन गरेर कार्यवाही गर्ने अधिकार जिल्ला कार्यसमितिलाई दिएको बताउँदै त्यस्ता अन्तरघातीलाई जिल्ला कार्यसमितिको प्रमुखले पार्टीबाट नि...
प्रचण्ड र नारायणकाजी आज  सर्लाही आउदै

प्रचण्ड र नारायणकाजी आज सर्लाही आउदै

थप समाचार
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आज सर्लाही आउदै छ्न । आज शनिबार सर्लाहीमा हुने पार्टी प्रवेश कार्यक्रमका लागि र कार्यकर्ता भेलालाई सम्बोधन गर्न शीर्ष नेतृत्व नै सर्लाही आउन लागेका हुन । दिउँसो बागमती नगरपालिका– ८ सोल्टीबजारमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापतिसहितका कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्ने जनाइएको छ । कांग्रेसका क्षेत्रीय सभापति जबाहर कुशवाहा तथा एमालेका बागमती नगर कमिटी सचिव हरिभक्त खड्का र अन्य हजारभन्दा बढी नेता–कार्यकर्ता माओवादीमा भित्रिन लागेको बताइएको छ । उनीहरुलाई प्रचण्ड र श्रेष्ठले पार्टी प्रवेश गराउनेछन् । आगामी संसदीय निर्वाचनलाई लक्ष्ति गरी माओवादीले पार्टी प्रवेश कार्यक्रमहरु गरिरहेको बताइन्छ । बागमती, हरिवन र बरहथवा नगरपालिका तथा चक्रघट्ट ...
खेतमा गाडिएको अवस्थामा भेटियो शव, श्रीमानसहित तीनजना पक्राउ

खेतमा गाडिएको अवस्थामा भेटियो शव, श्रीमानसहित तीनजना पक्राउ

थप समाचार
पर्सा । सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो ।  महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । हत्यामा संलग्न मृतक निशा यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । निशाका घरका सदस्यहरूमाथि प्रहरीको शङ्का लागेपछि प्रविधियुक्त विश्लेषण गर्ने क्रममा हत्यामा संलग्नहरूको पहिचान हुन सकेको जिल्ला प्रहरी कार...
आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र)ले गर्छ : अध्यक्ष प्रचण्ड

आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र)ले गर्छ : अध्यक्ष प्रचण्ड

थप समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र) ले गर्ने दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन÷ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष दाहालले आगामी संघ र प्रदेशको निर्वाचनमा आउने चुनावमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने उद्घोष गररे । उनले नेकपा माओवादीमा पुनः एकपटक पुनस्र्थापित हुने दाबी गर्दै माओवादी पार्टी पुनः स्थापित हुन नसके संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने बताए । अध्यक्ष दाहालले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेता÷कार्यकर्ताको संख्या बढीरहेको भन्दै यसले नेकपा माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताए । उनले भने, ‘हाम्रै जोडबलमा आज ना...
तलब नदिएपछि जनता टिभीको गेटमा श्रमजीवी-पत्रकार संघकाे धर्ना

तलब नदिएपछि जनता टिभीको गेटमा श्रमजीवी-पत्रकार संघकाे धर्ना

थप समाचार
काठमाडौं । जनता टेलिभिजनमा पूर्वकार्यरत कर्मचारीहरू पारिश्रमिक नपाएको भन्दै आन्दोलित बनेका छन् । श्रमजीवी(पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा टेलिभिजनको कार्यालयमै पुगेर गेट अगाडि धर्ना दिएका हुन् । आफ्नो पारिश्रमिक नपाएसम्म आन्दोलनका कार्यक्रम नरोकिने उनीहरुको भनाइ छ । जनता टेलिभिजनले लामो समय आश्वासन मात्रै दिएको तर तलब नदिएको भन्दै कर्मचारी आन्दोलित बनेका हुन । धर्ना कार्यक्रमलाई सम्वोधन गर्दै श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले अहिलेको २१औं शताव्दीमा आएर पनि बौद्धिक शोषण गर्ने लाजमर्दो कुरा रहेको बताए । उनले टेलिभिजन व्यवस्थापनले बाँकी रहेको बक्यौता नदिएसम्म विभिन्न चरणको आन्दोलन गरिने समेत बताए । धर्ना कार्यक्रममा श्रमजीवी पत्रकार संघ, नेपालका महासचिव धनञ्जय बुढा, कानुनी सल्लाहकार विष्णु कुमार गिरी, राष्ट्रिय समाचार समितिका प्रकाश सिलवाल...
हरिवनबाट लागुऔषधसहित २ जना पक्राउ

हरिवनबाट लागुऔषधसहित २ जना पक्राउ

थप समाचार
हरिवन । सर्लाही प्रहरीले बुधवार राती लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । राति १० बजेतिर हरिपुरबाट २ जना शंकास्पद ब्यक्ति आउँदै गरेको सुचनाको आधारमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका ३ का बर्ष ३५ का दिपक खत्री र काभ्रेपलाञ्चोक रोशि गाउँपालिका ४ का बर्ष २६ का बिजय लामा रहेका छन । उनिहरुलाई ना२०प ९३७ नम्बरको मोटरसाईकलमा भित्री सडकबाट भाग्न खोज्दा हरिवन ९ दनुवारिबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट ४९५ एम्पुल डायजेपाम, ५०० एम्पुल फेनेरागन, १४४ वटा स्पास्मो प्रोक्सिभोल प्लस नामक क्याप्सुल र लेबल र नाम नखुलेको ५०० एम्पुल लागुऔषध बरामद गरिएको छ । उनिहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएपी बिजय यादवले जानकारी दिनुभयो ।।...
युरेनियम खोज्दै भारतीय सुरक्षाकर्मीको टोली नेपालमा

युरेनियम खोज्दै भारतीय सुरक्षाकर्मीको टोली नेपालमा

थप समाचार
काठमाडौं । नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ। भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक सातादेखि नेपालमा छ। स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको टोली नेपालमा एउटा गिरोहसँग रहेको भनिएको २७ किलो युरेनियमको खोजीमा छ। सुरुमा भारतीय अधिकारीले काठमाडौँमै युरेनियम भएको सूचना पाएको भन्दै त्यसको जानकारी नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई दिएको थियो। यी निकायबाट केही जानकारी नआएपछि भारतीय प्रहरीले सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोलाई पनि यसबारे सूचना दिएको थियो। सशस्त्रको इन्टेलिजेन्स ब्युरोले काठमाडौंमा यसको कारोबार हुन सक्ने भन्दै खोजी गरिरहेका बेला भारतीय टोली नेपालको सुरक्षा निकायसँग समन्वय गर्दै यहाँ आएको स्रोतको दाबी छ। नेपाल प्रहरीले भने यो विषयमा जानक...
मुर्तिमा जडित गहना चोरी गर्ने सर्लाहीका बुडाथोकीसहित ३ जना पक्राउ

मुर्तिमा जडित गहना चोरी गर्ने सर्लाहीका बुडाथोकीसहित ३ जना पक्राउ

थप समाचार
काठमाडौं । नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गहना चोरीमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गौरीघाट बस्ने सिन्धुपाल्चोक चौतारा घर भएका १८ वर्षीया किशोरी, सर्लाही लालबन्दी नगरपालिका–१६ घर भएका २० वर्षीय सिद्दार्थ बुढाथोकी र काठमाडौं खरिबोट बस्ने गुल्मी मुर्साकोट नगरपालिका–२ घर भएका २५ वर्षीय विष्णु पछाई रहेका छन् । उनीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । असार २३ गते राति काठमाडौं महानगरपालिका–१ नक्साल नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोडी करिब १२ लाख बराबरको सुन तथा चाँदीका गहना चोरी भएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रही फरार रहेका उनीहरूलाई चोरी भएका विभिन्न सुन तथा चाँदीका गहनासहित पक्रा...