Saturday, April 25News That Matters

थप समाचार

माओवादी अध्यक्ष दाहाल र बाबुरामबीच भेटवार्ता

माओवादी अध्यक्ष दाहाल र बाबुरामबीच भेटवार्ता

थप समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच सिंहदरबारमा भेटवार्ता भएको छ । आज माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा समाजवादी केन्द्र निर्माणका लागि बृहत् छलफल गर्नेबारे कुराकानी भएको हो । छलफलमा एकीकृत समाजवादीका नेताहरूको पनि सहभागिता रहेको बताइएको छ । दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि आजै छलफलको तयारी छ । चुनावी तालमेल, जसपा नेपालबाट अलग भएका बाबुरामसँग सहकार्य लगायतका विषयमा भेटमा छलफल हुने बताइएको छ ।...
आजदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

आजदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

थप समाचार
सर्लाही । आजदेखि पाँच देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । खोप यही साउन आठ गतेसम्म यसअघि केन्द्र रहेको विद्यालयबाटै खोप दिइने छ । दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको कार्ड बोकेर जान मन्त्रालयले आग्रह गरेको छ । झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी काठमाडौं, ललितपुर, भक्तपुर, काभे, चितवन, सिन्धुली, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई दोस्रो मात्राको खोप दिन लागिएको हो ।...
देशलाई संकटबाट बचाउन वामपन्थीबीच एकता गरौं-नारायणकाजी

देशलाई संकटबाट बचाउन वामपन्थीबीच एकता गरौं-नारायणकाजी

थप समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजीले देशलाई संकटबाट बचाउन वामपन्थीबीच एकता गर्नुपर्ने बताएका छन् । काठमाडौंमा शनिवार आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषय विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता श्रेष्ठले वामपन्थी शक्तिहरूबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर र सकटमा परेको भन्दै देशलाई वचाउन वामपन्थीबीच तालमेल गर्नुपर्ने बताएका हुन् । ‘वामपन्थी शक्तिहरु दुई तिहाइमा छन् तर अहिले एकअर्कालाई सिध्याउने तल पार्ने कार्यमा लागिरहेका छन्, तुम शेर तो हम सवाशेर भन्ने प्रतिस्पर्धा अझै छ,’ नेता श्रेष्ठले भने, ‘तर यस्तो प्रवृत्तिले मुलुकको राष्ट्रियता र सार्वभौमसत्तालाई जोगाउन सक्दैन, वामपन्थी शक्तिहरु एक हुनुपर्छ, वामपन्थीहरुबीच तालमेल र मोर्चा गर्न जरुरी छ ।’ नेता श्रेष्ठले घटनाक्रमहरुको गम्भीर आत्मसमिक्षा गरेर अगाडि बढ्नुपर्ने भन्दै नेता श्रे...
आफ्नै छोराले नाकको डाडीमा हानेर आमाको गरे हत्या

आफ्नै छोराले नाकको डाडीमा हानेर आमाको गरे हत्या

थप समाचार
अर्घाखाँची । अर्घाखाँचीमा आफ्नै छोराको लाठी प्रहारबाट घाइते भएकी आमाको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४ का २६ वर्षिय हेमन्त कार्कीले असार ६ गते आफ्नै आमा ५२ वर्षिया कमला कार्कीलाई घरासी विवाद हुँदा लाठी प्रहार गर्दा नाक डाडीको बीच भागमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा गएराति काठमाडौंको टिचिङ अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होम रेग्मीले जानकारी दिए । हेमन्तलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको छ । आजै अदालतमा पेश गरि म्याद थपगरि अनुसन्धान गरिने प्रहरी निरिक्षक रेग्मीले जानकारी दिए ।...
माओवादी अध्यक्ष प्रचण्ड आज भाजपा अध्यक्ष भेट्दै 

माओवादी अध्यक्ष प्रचण्ड आज भाजपा अध्यक्ष भेट्दै 

थप समाचार
सर्लाही । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाडडासँग भेटवार्ता गर्नेछन् । भाजपा अध्यक्ष नाडडाको निमन्त्रणामा दिल्ली पुगेका प्रचण्डले सो अवसरमा भाजपा मुख्यालयको अवलोकनसमेत गर्नेछन् । गत शुक्रबार दिल्ली पुगेका प्रचण्डले भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग भेटवार्ता गरेका थिए भने शनिबार विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए । प्रचण्ड आजै स्वदेश फर्कने पूर्वनिर्धारित कार्यक्रम छ ।...
भारतीय सवारीले ठक्कर दिँदा एकको मृत्यु

भारतीय सवारीले ठक्कर दिँदा एकको मृत्यु

थप समाचार
धनुषा । भारतीय सवारीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति ९ बजे ढल्केवर-जनकपुर सडकखण्ड अन्तर्गत बसही पुल नजिक भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । भारतीय सवारीले ठक्कर दिएपछि घाइते भएका मिथिला नगरपालिका-१ ढल्केवरका ३६ वर्षीय शिवलाल यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिएनुभयो । उनका अनुसार जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको ज९प ९४३५ नम्बरको मोटरसाईललाई बिआर ०१ जेए ९७७० नम्बरको भारतीय कारले ठक्कर दिएको थियो ।...
पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु

पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु

थप समाचार
जुम्ला । जुम्लाको हिमा गाउँपालिका १ आचार्यलिहीमा भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउसमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।  गएराति करिब साढे २ वजे आयोजनाको पावर हाउसमा पहिरोमा पुरिएर पावर हाउसका अपरेटर गोरकबहादुर रावतकी श्रीमती र दुई छोराको मृत्यु भएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए।  मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन्।  शाहीका अनुसार एक्कासी घर भासिएको थियो। उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए।...
नेपालमा बनेका लुगामात्रै लगाउने रवि लामिछानेको घोषणा

नेपालमा बनेका लुगामात्रै लगाउने रवि लामिछानेको घोषणा

थप समाचार
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अबदेखि नेपालमा बनेका पोशाकमात्रै लगाउने घोषणा गरेका छन् । झापामा आयोजित पार्टीको जिल्ला भेलामा उनले सो घोषणा गरेका हुन् । लामिछानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै त्यसका लागि आफूबाटै सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनले भने, ‘परिवर्तन आफैंबाट गर्नुपर्ने रहेछ । हालै मैले चितवनको कार्यक्रममा आफ्नो राजनीतिक जीवनमा नेपालमा बनेका नेपाली फेब्रिक्समात्रै लगाउँछु भनेको थिएँ । मैले अहिले लगाएको पहिरन नेपालमा बनेको हो । म नेपालमा बनेका सामानहरु प्रयोग गर्नेछु ।’ स्वदेशी उत्पादनको प्रवर्द्धनमा आफ्नो पार्टी लागिपर्ने लामिछानेको प्रतिवद्धता थियो । उनले थपे, ‘नेपालमा बनेका लुगा र सामान प्रयोग गर्दा उत्तिकै प्रभावशाली देखिनसक्छु जस्तो लागेको छ । मैले अहिले लगाएको तलदेखि माथिसम्मको पोशाक नेपाली उत्पादन हो । म निरन्तर...
वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्छ : प्रचण्ड

वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्छ : प्रचण्ड

थप समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्ने बताएका छन् । नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै प्रचण्डले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टलाई एक बनाउने आफ्नो मिसन भएको बताए । ‘नेपालमा अलि वैज्ञानिक विचार राख्ने भन्या कम्युनिस्टहरु नै हुन । विज्ञानलाई दर्शनको रुपमा दर्शनलाई विज्ञानको रुपमा आत्म साथ गरेको पाईन्छ । त्यसकारण सबै कम्युनिस्टहरुलाई एक ठाउँमा जम्मा गरेपछि धेरै राम्रो हुन्छ होला भन्ठानेर निक्कै ठूलो जोखिम उठाएर आफूले त्याग गरेर कम्युनिस्ट एकता गराएकै हो’ प्रचण्डले भने, ‘त्यहाँ के के भयो त्यो छदैछ । अझैपनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टहरु एक ठाउँमा आउनै पर्छ । त्यो मिसन हाम्रो हो । त्यसको हिजोपनि प्रस्तावक मै थिए भाेलि पनि म प्रस्तावक हुन्छु भन्ने लाग...
‘प्रचण्ड’ आकस्मिक रुपमा भारत भ्रमणमा जादैं

‘प्रचण्ड’ आकस्मिक रुपमा भारत भ्रमणमा जादैं

थप समाचार
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आकस्मिक रुपमा भारत भ्रमणमा जाने भएका छन् । माओवादीका एक शीर्ष नेताका अनुसार अध्यक्ष प्रचण्ड सम्भवत शुक्रबार नै दिल्ली जाँदैछन् । भारतमा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने काठमाडौंस्थित भारतीय दुतावास स्रोतले जनाएको छ । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रचण्डको भेटवार्ताको चाजोपाँजो मिलाइँदैछ । यस भ्रमण बारे दुवै पक्षले औपचारिक जानकारी गराएका छैनन् । प्रचण्डको भारत भ्रमण अगाडि नै प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा पनि दिल्लीमा नै छन् । उनका छोरा जयविर देउवा पनि दिल्ली भ्रमणमा छन् ।...