Friday, April 24News That Matters

राजनीति

राप्रपा नेपालको युबक संगठन मकवानपुर अध्यक्षमा कार्की

राप्रपा नेपालको युबक संगठन मकवानपुर अध्यक्षमा कार्की

Breaking news 1, दैनिक राशिफल, राजनीति, समाचार
मकवानपुर | राप्रपा नेपालको राष्ट्रिय प्रजातान्त्रिक युबक संगठन नेपाल मकवानपुरको अध्यक्षमा भृगु कार्की चयन भएका छन् । आज कार्किको अध्यक्षतामा ४१ सदस्यीय समिति चयन भएको छ । त्यसैगरी समितिका उपाध्यक्षहरुमा रोम प्रसाद सापकोटा , तुल्सी नेपाल , आरती पाठक कार्की , भगवान बर्तौला, प्रदिप बिष्ट , सचिब राजकुमार पौडेल , कोषाध्यक्ष साकार बर्तौला, सह(सचिब महेश्वर न्यौपाने सदस्यहरुमा बलबिर लामा, सुशील तिमल्सिना ,अरुण कुमार दुलाल, इन्जिनियर पुजा श्रेष्ठ , रुपेश सिंह ठकुरी , दिपक अधिकारी , रबिन गौतम , राजन सन्जेल, केशब बिष्ट , प्रभा राई, बिबेक न्यौपाने, कमल घले, विशाल गौतम, सुगन्ध लामा, जीवन खड्का, कुमार लामा, काशिराम सुवाल, राजकुमार दुलाल, धुर्ब गौतम, कुमार लामा, गुणराज सापकोटा , गोपाल राना मगर, सागर घलान, सुमित श्रेष्ठ , अभिषेक लामा, सबिन सापकोटा लगायत रहेका छन् । राप्रपा नेपालका नेता गणेश थापा र र...
महाअभियाेग सिफारिस समितिकाे बैठक बस्दै , आज पनि जबराले बयान दिने

महाअभियाेग सिफारिस समितिकाे बैठक बस्दै , आज पनि जबराले बयान दिने

Breaking news 1, राजनीति
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धकाे महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले तयार गरेका प्रश्नहरुको जबराले जवाफ दिनेछन् । समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अब ८ वटा प्रश्नको जवाफ दिन बाँकी छ । जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् ।...
अनेरास्ववियु मकवानपुरले दियो आफ्ना कार्यकर्तालाई प्रशिक्षण

अनेरास्ववियु मकवानपुरले दियो आफ्ना कार्यकर्तालाई प्रशिक्षण

Breaking news 1, राजनीति, स्थानीय
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन-अनेरास्ववियु , मकवानपुरले बिषयगत प्रशिक्षण आयोजना गरेको छ । अखिलले आफ्ना कार्यकर्ता स्पातिला बनाउने उद्देश्य राखी प्रशिक्षण दिएको हो । अहिले अखिलले "एक कमिटी पाँच काम" अभियान संचालन गरिरहेको छ र अखिल आफ्ना कार्यकर्तालाई पुर्ण क्षमतावान, बैचारिक, सांगठनिक कार्यभारबारे जानकार बनाउन चाहिरहेको छ । यसै सन्दर्भमा मंसिरको प्रदेससभा र प्रतिनिधिसभा निर्वाचन केन्दृत गतिविधिबारे पनि अखिलले योजना बनाएको छ । योजना बमोजिम अखिलले नयाँ मतदाताको पहिचान र मतदाता शिक्षा संचालन गर्ने अखिल मकवानपुर अध्यक्ष भुवन मैनालीले बताउनु भयो । अनेरास्ववियुले आयोजना गरेको प्रशिक्षणमा नेकपा एमाले पार्टी केन्द्रिय सदस्य रामेश्वर रानाले वर्तमान राजनितिक अवस्था र नेकपा एमाले बिषयमा प्रशिक्षण प्रदान गर्नु भयो । एमालेकै बागमती प्रदेस कमिटी उप सचिव महेस बर्तौलाले नयाँ पुस्...
नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर

Breaking news 1, अन्तर्राष्ट्रिय, राजनीति, समाचार
नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार अपरान्ह नेपाल आइपुगेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच ६ बुँदे सम्झौता भएको हो ।  सोमबार संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा भएको उनीहरुबीचको शिष्टाचार भेटमा सम्झौता भएको हो । ली चार दिने नेपाल भ्रमणका लागि सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै आइपुगेका हुन् ।...
नागरिकता विधेयककाे बिषयमा राष्ट्रपतिविरुद्ध प्रर्दशन गर्नु उदेकलाग्दो बिषय : कमल थापा

नागरिकता विधेयककाे बिषयमा राष्ट्रपतिविरुद्ध प्रर्दशन गर्नु उदेकलाग्दो बिषय : कमल थापा

Breaking news 1, राजनीति
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध प्रर्दशन हुनु उदेक लाग्दो विषय भएको टिप्पणी गरेका छन् । राष्ट्रपतिविरुद्ध काठमाडौंमा नेपाली कांग्रेस निकट विद्यार्थी संघले प्रर्दशन गरेपछि थापाले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरु राजनीतिक स्वार्थको गोटी बन्न नहुने टिप्पणी गरेका हुन् । थापाले भनेका छन ‘प्रत्येक नेपालीले सरल ढंगबाट नागरिकता पाउनुपर्छ।जन्मशिद्ध नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ।तर,विवाह गरेर ल्याएको भोलिपल्टै विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागुहोस् भनि केही युवाहरु सडकमा उत्रिएका देख्दा उदेक लाग्छ। युवाहरु राजनीतिक स्वार्थको गोटि बन्नु हुँदैन ’ थापाले नागरिकता विधेयकले नेपालको हित नगर्ने भन्दै विरोध गर्दै आएका छन् ।...
केहि दलले न्यायपालिकालाई ध्वस्त पार्ने खाेजे : चाेेलेन्द्र

केहि दलले न्यायपालिकालाई ध्वस्त पार्ने खाेजे : चाेेलेन्द्र

Breaking news 2, राजनीति
काठमाडौं । महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले केही राजनीतिक दलले न्यायालिकालाई नै ध्वंश गर्न खोजेको दाबी गरेका छन् । संवैधानिक इजलासलाई अनिश्चितकालसम्म रोक्न भूमिका खेलेको आरोपमा बयान दिँदै जबराले नेपाली शब्दकोषमा भएको सबभन्दा घृषित र उच्चरण नै गर्न नहुने आरोप लगाइएको बताए । विधि र प्रक्रियअनुसार नियुक्त भएका आफूलाई यस्तो आरोप लगाउनु भनेको सम्पूर्ण न्याय प्रणालीलाई असफल बनाउनु भएको भन्दै जबराले भने, ‘सबै न्यायाधीश विचौलिया हुन्, यिनीहरुले प्रधानन्यायाधीशको निर्देशनमा काम गर्छन् भनेर जतिबुँदामा आरोप लगाइएको छ, यसले त संविधानमा हामीले परिकल्पना गरेको स्वतन्त्र, सक्षम न्यायापालिकालाई टिकिखान नदिने, बसिखान नदिने र न्यायापालिकालाई ध्वंश गर्ने कामबाट यस्ता आरोप अघि बढेका छन् ।’ ‘यो न्यायमा संलग्न व्यक्तिहरुको मात्र होइन, राजनीतिक दलह...
थाहा-६ का अध्यक्ष श्रेष्ठको पहलमा डेढ महिनामै चौकी स्थापना

थाहा-६ का अध्यक्ष श्रेष्ठको पहलमा डेढ महिनामै चौकी स्थापना

Breaking news 3, ट्रेन्डिङ, राजनीति, समाचार, स्थानीय
सानोबाबु मुक्तान | थाहा नगर थाहा नगरपालिका ६ बज्रबाराहिमा अस्थायी प्रहरी चौकी आज उद्घाटण गरिएको छ । दशकौ अगिदेखी स्थानियको माग लाई मध्यनजर गर्दै चौकी स्थापना गरिएको हो । आज प्रहरी चौकिकै प्राङ्गणमा एक कार्यक्रमको बिच मकवानपुर जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बामदेब गाैतमले चौकिको उद्घाटन गर्नुभएको हो । गौतमले चौकिको ब्यानरलाइ अनावरण गरि उध्घाटन गर्नुभएको थियो । थाहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्रभक्त श्रेस्ठको सभाध्यक्षता तथा एस्पि गौतमको प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा नेकपा एमालेला नेता बिष्णु ढकाल, कल्पना बलामी, नेपाली काङ्रेसकी नेतृ इश्वरी शाही ठकुरी, नगर सभापती प्रमोद कृष्ण जोशी, नेकपा समाजबादीका इश्वरलाल रुम्बाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली काङ्रेस थाहा नगरका सभापती प्रमोद कृष्ण जोशीले दशकौ देखिको उदेश्य...
श्री कृष्ण मा.बि.मा अनेरास्ववियुको कमिटी गठन

श्री कृष्ण मा.बि.मा अनेरास्ववियुको कमिटी गठन

Breaking news 1, ट्रेन्डिङ, राजनीति, समाचार, स्थानीय
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन–अनेरास्ववियु, मकवानपुरले भीमफेदी गाउँपालिका स्थीत श्री कृष्ण माध्यमीक विद्यालय, भैंसेमा कमिटी गठन गरेको हो । आज आईतवार अखिल मकवानपुर जिल्ला कमिटीको “एक कमिटी पाँच काम” अभियान अन्तर्गत पहिलो काम कमिटी गठन भीमफेदी गाउँपालिकाले कामको सुरुवात गरेको हो । आज जिल्ला कमिटी सदस्य भुपेन्द्र राना मगरको प्रमुख आतिथ्यतामा भएको कमिटी निर्माण कार्यक्रममा +२ मा सृजना सुनारको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्माण गरेको हो । उक्त +२ कमिटीको उपाध्यक्षमा सविना थापा मगर, सचिवमा पलक लामा, सह–सचिवमा सुरेन्द्र मुक्तान र निशा पुलामी मगर तथा कोषाध्यक्षमा विनीता बल चयन हुनु भएको हो । आज नै सोहि विद्यालयको ९–१० को कमिटी पनि युगन्ती परियारको अध्यक्षतामा निर्माण भएको छ । कमिटीको उपाध्यक्षतामा सानिया गुरुङ, सचिवमा रुचक पुडासैनी, सह–सचिवहरुमा विनीता लो, आशिका पुडासैन...
चोलेन्द्रले भने : छाउनीको १५ रोपनी जग्गा नेपाल ट्रष्टको होइन, प्रेरणाकै हो

चोलेन्द्रले भने : छाउनीको १५ रोपनी जग्गा नेपाल ट्रष्टको होइन, प्रेरणाकै हो

Breaking news 2, ट्रेन्डिङ, राजनीति, समाचार
२६ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल ट्रष्ट र पूर्वअधिराजकुमारी प्रेरणा शाह जोडिएको  छाउनीको १५ रोपन जग्गा प्रेरणाकै भएको दावी गरेका छन् । महाभियोग सिफारिस समितिमा बयानका क्रममा जबराले त्यो जग्गा राजा विरेन्द्रले अपुताली स्वरुप पाएकाले निजी सरह हुने बताए । ‘प्रेरणा राणासँगको सम्बन्धित जग्गा तत्कालीन श्री ५ को होइन । तत्कालीन श्री ५ विरेन्द्रलाई अपुतालीलाई प्राप्त भएको जग्गा हो । राज्यको त्यसमा लगानी होइन’, जबराले बयानमा भनेका छन्, ‘सरकारले यसलाई खरिद गरिदिएर राखिदिएको राजाको राजदरवारजस्तो होइन । यो नितान्त अपुताली र व्यक्तिगत सम्पत्ति हो । राजा विरेन्द्रको स्वर्गारोहण पछाछि सम्पत्ति राजा ज्ञानेन्द्रकोमा आयो । राजा ज्ञानेन्द्रले प्रेरणालाई दाइजोस्वरुप दिए ।’ मालपोत कार्यालयमा पास गर्ने अन्तिम चरणमा रोकिएको र विवाद भएको भन्दै जबराले त्यसलाई ‘...
अनेरास्ववियु मकवानपुरले सुरु गर्यो सदस्यता वितरण अभियान

अनेरास्ववियु मकवानपुरले सुरु गर्यो सदस्यता वितरण अभियान

Breaking news 1, ट्रेन्डिङ, राजनीति, समाचार
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, मकवानपुर जिल्ला कमिटीले आजबाट सदस्यता वितरण सुरु गरेको हो । आज मकवानपुर बहुमुखी क्याम्पस कमिटीको सचिवालय बैठक गर्दै अखिल मकवानपुर अध्यक्ष भुवन मैनालीले १०० जना सदस्यलाई सदस्यता वितरण गर्नुभएको हो । मकवानपुर बहुमुखी क्याम्पसमा जिल्ला कमिटीको “एक कमिटी पाँच काम” अभियान अन्तर्गत सदस्यता वितरण सुरु गरेको जिल्ला अध्यक्ष भुवन मैनालीले थाहा पानालाई बताए । यसै अभियानलाई निरन्तरता दिंदै मकवानपुर गढी गाउँपालिका कमिटी र हेटौंटा क्याम्पस कमिटीको पनि बैठक बसालेको छ । क्याम्पस र उक्त पालिका कमिटीले “एक कमिटी पाँच काम” अन्तर्गत प्रशिक्षण कार्यक्रम गर्ने, नयाँ सदस्यता वितरणलाई तिव्रता दिने, संगठन गठन र पुनः गठन गर्ने, मंसिर ४ को प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गरि नयाँ मतदाताको पहिचान र मतदाता शिक्षा संचालन गर्ने तथा सोहि मंसिर ४ को...