Friday, April 24News That Matters

राजनीति

प्रभु साह, विजय गच्छदारसहित ९ जना उम्मेदवार विरुद्ध परेको रिट खारेज

प्रभु साह, विजय गच्छदारसहित ९ जना उम्मेदवार विरुद्ध परेको रिट खारेज

राजनीति
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा उम्मेदवार प्रभु साह, विजय गच्छदारसहित ९ जनाविरुद्ध परेको रिट खारेज गरेको छ । सर्वोच्चका अनिलकुमार सिन्हाको एकल इजलालले अधिवक्ता अनिल आचार्यले दायर गरेको रिट निवेदन खारेज गरेको हो । रिट निवेदनमा सुनसरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार रहेका विजयकुमार गच्छदार, मनाङबाट कांग्रेस उम्मेदवार रहेका टेकबहादुर गुरुङ, तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र गोविन्दराज जोशी र रौतहट क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहलगायतको उम्मेदवारी खारेज गर्न माग गर्दै गरिएको थियो । यस्तै चितवन क्षेत्र नं २ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डे, सिरहा क्षेत्र नं १ की स्वतन्त्र उम्मेदवार सरिता गिरी, सिन्धुपाल्चोक क्षेत्र नं १ (क) का एमाले उम्मेदवार डिबी तामाङ, महोत्तरी १ का एमाले उम्मेदवार लक्ष्मी महतो र झापा ५ (ख)का माओवादी उम्मेदवार रेवत...
निर्वाचन आचारसंहिता बिपरित मनहरीका अध्यक्ष कांग्रेसको चुनावी प्रचारमा

निर्वाचन आचारसंहिता बिपरित मनहरीका अध्यक्ष कांग्रेसको चुनावी प्रचारमा

Breaking news 2, ट्रेन्डिङ, राजनीति, समाचार
हेटौंडा । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती सत्ता गठबन्धनको चुनावी प्रचारमा हिँडेका छन् । निर्वाचन आयोगको आचारसंहिता उल्लंघन गर्दै अध्यक्ष कालाखेती मकवानपुर क्षेत्र नम्बर–२ को (ख) मा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा हिँडेका हुन् । अध्यक्ष कालाखेती आचारसंहिता विपरित बिहान देखि बेलुकासम्म बानियाँको चुनावी प्रचारमा हिँडेका हुन् । कालाखेती विशेषगरी गाउँपालिकाको हाँडीखोला र मनहरी क्षेत्रको चुनावी प्रचार प्रसार हिँडेको स्थानीयले जानकारी दिएका छन् । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित स्थानीय तहमा कुनै पनि दलको उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाउने जनाएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनाव प्रचार प्रसारमा स्थानीय तहका पदाधिकारी लागेको पाइएमा कारबाही हुने आयोगले...
सत्तागठबन्धनले प्रदेश र प्रतिनिधिसभाको टुंग्यायो  सिट बाँडफाँट

सत्तागठबन्धनले प्रदेश र प्रतिनिधिसभाको टुंग्यायो सिट बाँडफाँट

Breaking news 3, ट्रेन्डिङ, प्रदेश, राजनीति, समाचार
२०७९ असोज २१ । सत्ता गठबन्धनले प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँटलाई लगभग टुंगो लगाएका छन् । नेताहरुका अनुसार जनता समाजवादी पार्टी ९जसपा० बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ । र गठबन्धका एक नेताका अनुसार सत्ता गठबन्धनका दलहरु ८ सिट दिन सहमत भएका छन् । ४ सिटमा छलफल चलिरहेको छ । हालसम्म कांग्रेसले प्रतिनिधिसभाको ८४ सिट, माओवादीले ४७, एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने भएको छ । हेर्नुहोस् कुन क्षेत्र क–कस्को भागमा ? (सूचिसहित)...
एकीकृत समाजवादीमा गयाे पहिराे, आधा दर्जन जिल्ला सदस्यसहित पुरानाे घर फर्किन् मनिला

एकीकृत समाजवादीमा गयाे पहिराे, आधा दर्जन जिल्ला सदस्यसहित पुरानाे घर फर्किन् मनिला

Breaking news 1, ट्रेन्डिङ, राजनीति, समाचार
मनहरी गाउँपालिकाकी निर्वाचित पूर्व उपाध्यक्ष तथा एकीकृत समाजवादीकी जिल्ला सचिवालय सदस्य मनिला विष्ट नेकपा एमाले मै फर्किएकी छिन् । साेमबार मनहरीमा अायाेजित कार्यक्रममा मनिलासहित पार्टी जिल्ला सदस्य र गाउँपालिका कमिटीका सदस्यहरू, अनेरास्ववियु र अनेमसंघका नेता कार्यकर्तासहित २ दर्जन नेकपा एमालेमा प्रवेश गरेका हुन् । प्रवेश कार्यक्रममा बाेल्दै भईरहेकाे छदाकाे पार्टी फुटाएर नयाँ मान्छेलाई ल्याएर पार्टी बनाउनु फलामकाे च्यूरा हुने र विभाजनले कम्युनिष्ट पार्टीलाई कमजाेर बनाएकाेले पुरानै घर फर्किएर बलियाे बनाउनु उपयुक्त हुने भएकाेले नेकपा एमालेमा फर्किएकाे बिष्टले बताईन् । पार्टीले दिएकाे जिम्मेवारी साझा सवाल र विषय भएकाे अन्य पार्टी भन्दा सृजनात्मक र क्रियाशिल हुने प्रतिबद्वता व्यक्त गर्दै जनताकाे नयाँ साेच र नयाँ खाेजप्रति चासाे भएकाेले समयानुकुल पार्टी सञ्चालन गर्नुपर्नेमा जाेड दिईन् । ...
बागमती प्रदेश सदस्य माझी राप्रपा नेपालमा प्रवेश

बागमती प्रदेश सदस्य माझी राप्रपा नेपालमा प्रवेश

Breaking news 2, राजनीति
हेटौंडा । बागमती प्रदेश सभा सदस्य तथा राप्रपाका निर्बाचित केन्द्रिय सदस्य रिता माझी राप्रपा नेपाल प्रबेश गरेकी छिन् ।आज बागमती गाउँपालिका-३ मा आयोजित कार्यक्रममा माझिलाई स्वागत गर्दै राप्रपा नेपाल अध्यक्ष कमल थापाले अब कोहि पनि अलमलमा नपरी , भ्रमित नबनी राप्रपा नेपाललाई बलियो बनाउन कस्सिएर लाग्नुपर्नेमा जोड दिए । मुलुकलाई एउटा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको आबश्यकता भएको र त्यो शक्ति राप्रपा नेपाल बन्न सक्ने थापाको ठम्याई रहेको थियो । उनले मकवानपुरको बिकासको अधुरो काम सम्पन्न गर्न आउने निर्बाचनमा उम्मेदवारी दिन लागेको समेत जानकारी दिए ।हेटौंडा -काठमाडौं सुरुङ्ग मार्ग, चक्रपथ निर्माण , बिश्वबिद्धालय स्थापना, औद्योगिक क्षेत्रको बिकास आफ्नो प्राथमिकतामा रहेको समेत थापाले बताए । कार्यक्रममा बोल्दै प्रदेश साँसद रिता माझिले इमानदारीता , निष्ठा र कर्तब्यबोधका कारण राप्रपा नेपाल रोजेको ब...
जनमत एमालेको पक्षमा छः नेता महेश बर्तौला

जनमत एमालेको पक्षमा छः नेता महेश बर्तौला

Breaking news 1, राजनीति
नेकपा एमाले बागमती प्रदेश कमिटी उपसचिव तथा एमाले सादकी युवा नेता महेश बर्तौलाले जनमत एमालेको पक्षमा रहको र निर्वाचन एमालेले जित्ने बताउनु भएकोछ । आज नेकपा एमाले भीमफेदी गाउँपालिका पार्टी कमिटीको निर्वाचन केन्द्रित बैठकमा बोल्नुहुदै उहाँले यस्तो बताउनु भएको हो । युवा नेता बर्तौलाले निर्वाचनमा एमाले जित्नको लागि मात्रै नभई जनताको नोकर भएर सेवा गर्नको लागि भएको बताउनु भयो ।नेकपा एमाले पार्टी भीमफेदी गाउँपालिका कमिटीको बैठकमा बर्तौला संगै पार्टी प्रदेश कमिटी सदस्य भगवती पुडासैनी, प्रदेश कमिटी सल्लाहकार सदस्य ठाकुराम खड्का, जिल्ल कमिटी उपसचिव हिदम लामा, सचिवालय सदस्य दोर्ण भद्र पुडासैनी र विष्णु ढकाल लगायतका नेताहरुले विचार राख्नु भएको थियो । बैठकबाट पार्टीको संचालन गरेको शुद्धीकरण र सुदृढीकरण अभियान बारे समिक्षा गरि सानु थापा मगर अध्यक्ष रहने गरि ४०५ निर्वाचन परिचालन कमिटी निर्माण गर्ने निर्णय...
एमाले मकवानपुरले ७५१ निर्वाचन परिचालन कमिटी घोषण गर्यो

एमाले मकवानपुरले ७५१ निर्वाचन परिचालन कमिटी घोषण गर्यो

Breaking news 2, ट्रेन्डिङ, राजनीति, समाचार, स्थानीय
हेटौंडा । नेकपा एमाले मकवानपुरले जिल्ल पार्टी कार्यालय हेटौंडामा आयोजीत एक कार्यक्रम आयोजना गरि ७५१ निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ । नेकपा एमाले केन्द्रिय निर्वाचन परिचालन कमिटीका सदस्य अनन्त पौडेल कमिटीका संयोजक तोकिनुभएको छ । ७५१ सदस्य कमिटीको सह संयोजक जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ र सचीवमा जिल्ला सचीव नवीन सिग्देल रहनु भएको छ । कमिटीका सदस्यहरुमा नेकपा एमालेका जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी, जिल्ला कमिटी, जिल्लाका बिभागका सदस्यहरु, भातृ सङ्गठनका केन्द्रिय सदस्य, प्रदेश कमिटी, एमालेका पालिका स्तरीय कमिटीका सदस्यहरु, जिल्ला सल्लाहकार परिषद, कम्युनिस्ट मन्च, निर्वाचित पालिका प्रमुख उप प्रमुख, जिफन्ट तथा पेशागत महासङ्घका सदस्यहरु, वडाध्यक्षहरुलगायत सदस्य रहने छन् । यस्तै प्रतिनिधि सभा १ नम्बर क्षेत्रको संयोजकमा रामचन्द्र राई र सचीवमा अनिल बानियाँ लाई जिम्मेवारी दिइएक...
सुपीङ स्कुलमा अनेरास्ववियु गठन

सुपीङ स्कुलमा अनेरास्ववियु गठन

Breaking news 1, राजनीति
अनेरास्ववियु मकवानपुरको एक कमिटी पाँच काम अभियान अन्तर्गत आज भीमफेदी गाउँपालिकाको सुपीङ स्थीत श्री महालक्ष्मी माध्यमीक विद्यालयमा प्रारम्भीक कमिटी गठन भएको छ । आज मंगरलवार भएको कमिटी गठनबाट निर्देशिका पुडासैनीको अध्यक्षतामा ३ठ सदस्यीय नयाँ कमिटी बनेको हो । उक्त कमिटीको उपाध्यक्ष दिप्सन पुडासैनी, सचिव ईशा मगर, सहसचिव पुजना पुडासैनी, कृष्ण कुमारी पुडासैनी, अनुसा दोङ, यसोदा पुडासैनी र सन्ध्या पुडासैनी तथा कोषाध्यक्षमा स्वीकृती पुडासैनी चयन भएको अनेरास्ववियु भीमफेदी कमिटी सहसचिव संघर्ष पुडासैनीले बताए । कमिटी गठन गर्न अनेरास्ववियु भीमफेदी अध्यक्ष ईशा पाख्रीन, उपाध्यक्ष विशु सुनार र सहसचिव संघर्ष पुडासैनी गएका हुन् ।...
राप्रपा आबद्ध युबा अध्यक्ष राप्रपा नेपालमा प्रवेश

राप्रपा आबद्ध युबा अध्यक्ष राप्रपा नेपालमा प्रवेश

Breaking news 2, ट्रेन्डिङ, राजनीति, समाचार, स्थानीय
हेटौंडा । राप्रपा आबद्ध भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युबा संगठन बकैया गाउँ कमिटीका अध्यक्ष राजन राई राप्रपा नेपालमा प्रवेश गरेका छन् । राईले आज एक बिज्ञप्ति प्रकाशित गर्दै बिकासप्रेमी नेता कमल थापालाई सहयोग गर्नु आफ्नो राजनैतिक धर्म भन्दै कमल थापा जिताउ अभियानमा कृयाशिल हुने प्रतिबद्धता ब्यक्त गरेका छन्। उनले कमल थापाले बिचारको प्रतिपादन गरेको , पार्टी र संगठन निर्माण गरेको भनेर प्रशंसा समेत गरेका छन् । राईले अन्य सबै युबाहरुलाई कमल थापालाई जिताउन सहयोग गर्न पनि आग्रह गरेका छन् । राईलाई राप्रपा नेपालका नेताहरु गणेश थापा राजाराम बर्तौला लगायतले पार्टीमा स्वागत गरेका थिए ।...
भीमफेदीको राष्ट्रिय मा.वि.मा अनेरास्ववियु गठन

भीमफेदीको राष्ट्रिय मा.वि.मा अनेरास्ववियु गठन

Breaking news 1, राजनीति, स्थानीय
मकवानपुर जिल्लको भीमफेदी गाउँपालिका स्थित श्री राष्ट्रिय माध्यमीक विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन–अनेरास्ववियु गठन भएको छ । आज बिहीबार अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीको एक कमिटी पाँच काम अभियान अन्तर्गत भीमफेदी कमिटीले कमिटी गठन गरेको हो । उक्त मा.कि. कमिटीको अध्यक्षमा मनुशा शेर्पा चयन भएको छ भने कमिटीको उपाध्यक्षमा मिलन घलान, सचिवमा सुहाना नेगी, सह सचिवमा संचाली रुम्वा, अनिष घलान र मनिता वाईबा तथा कोषाध्यक्षमा रेजिना वाईबा चयन भएको छ । शेर्पा अध्यक्ष भएको कमिटी २९ जनाको गठन गरिएको अखिल भीमफेदीकी सचिव अल्सा वाईबाले बताईन् । कार्यक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला सदस्य राजिव परिया, भीमफेदी गाउँपालिका अध्यक्ष सुनीसा पाख्रीन तथा सचिव अल्सा वाईबाको उपस्थिती रहेको थियो ।...