Monday, April 20News That Matters

समाचार

चीनमा शक्तिशाली भूकम्प : ४६ जनाको मृत्यु, १६ जना बेपत्ता

चीनमा शक्तिशाली भूकम्प : ४६ जनाको मृत्यु, १६ जना बेपत्ता

Breaking news 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, समाचार
चीनमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु भएको छ।  दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा सोमबार गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परि १६ जना वेपत्ता हुनुका साथै दर्जनौ घाइते भएका छन्। स्थानीय समय अनुसार सोमबार दिउँसो १ बजे भुकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ। भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिण पश्चिमस्थित दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहरमा रहेको छ। भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ। भूकम्पले दूरसञ्चारका लाइन विच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ। सरकारी सञ्चार माध्यम सिसिटिभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको छ। भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् । भूकम्पले सडकमा धाजा फाटेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दूरसञ...
राष्ट्रपतिद्वारा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाकाे मनार्थ महारथी दर्जा प्रदान

राष्ट्रपतिद्वारा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाकाे मनार्थ महारथी दर्जा प्रदान

Breaking news 2, समाचार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी छिन् । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई शीतल निवासमा आयोजना गरिएको एक कार्यक्रमबीच राष्ट्रपतिले महारथीको दर्जा प्रदान गरि सम्मान गरेकी हुन् । नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आएका हुन् । उनी प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।...
सुरक्षागार्डलाई रिहा गरिदिन मैले नै गृहमन्त्त्रालयलाई भनेकाे हुँ: पर्यटनमन्त्री

सुरक्षागार्डलाई रिहा गरिदिन मैले नै गृहमन्त्त्रालयलाई भनेकाे हुँ: पर्यटनमन्त्री

Breaking news 2, समाचार
काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको सचिवालयले थुनामा रहेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई थुनामुक्त गर्न गृहमन्त्रालयलाई आग्रह गरेको बताएका छन् । मन्त्रीलाई दुर्व्यवहार गरेकोले गुरुङ पक्राउ गरेको भन्दै श्रेष्ठका स्वकीय सचिव भीमसेन राजवाहकले विज्ञप्ति निकालेरभनेका छन्, ‘‍…निज गुरुङले प्रहरीसमक्ष गल्ती महसुस गरिसकेकोले निजलाई नियन्त्रणमुक्त गरिदिन माननीय मन्त्रीज्यूले गृहमन्त्रालयलाई आग्रह गर्नुभएको छ ।’ विज्ञप्तिमा उनले क्यानाडामा हुने कार्यक्रममा सहभागी हुन जानका लागि भिसाका लागि बायोमेट्रिक दिन छाया सेन्टरमा पुगेका बेला मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड गुरुङले दुर्व्यवहार गरेको दाबी गरेका छन् । सुरक्षागार्ड र उनको कम्पनीले भने लाइनमा बस्नुस् भन्दा मन्त्रीले दुर्व्यवहारको झूटो आरोपमा थुनाएको आरोप लगाएका छन् । गृहमन्त्री बालकृष्ण खाँणले भने यसअ...
केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य

केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार
तेस्रो एकदिवसीय खेलमा घरेलु टिम केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको छ। नैरोबीको जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ९ विकेटको क्षतिमा २५५ रन जोड्यो। केन्याका लागि कोलिन ओबुयाले १११ बलमा ८३ रनको योगदान गरे। उनले ७ चौका र २ छक्का हिर्काए।  लुकास ओलुओचले नटआउट ५९ रन जोडे। उनले २७ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले २-२ विकेट हात पारे।तेस्रो एकदिवसीय खेलमा घरेलु टिम केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको छ। नैरोबीको जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ९ विकेटको क्षतिमा २५५ रन जोड्यो। केन्याका लागि कोलिन ओबुयाले १११ बलमा ८३ रनको योगदान गरे। उनले ७ चौका र २ छक्का हिर्काए।  लुकास ओलुओचले नटआउट ५९ रन जोडे। उनले २७ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। बलिङमा नेपालका सोमपाल कामी र आदिल ...
नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार
२० भदौ, काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत निर्धारित मिति भन्दा एक महिना अघि नै सुरु हुन लागेको पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद (राखेप) ले आइतबार पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक गरेको हो । नवौँ राष्ट्रिय  खेल गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने तालिका छ । तर, नेपाल टी-२० लिगको मिति पनि त्यही समयमा पर्ने भएकोले नेपाल क्रिकेट संघ (क्यान) को प्रस्ताव र सहभागी टोलीहरूको सहमतिपछि राखेपले एक महिनाअघि नै क्रिकेट सुरु गर्न लागेको हो । ‘क्रिकेटको अन्तर्राष्ट्रिय खेल तालिकासँग नबाझिने गरि आयोजना गरिदिन नेपाल क्रिकेट संघ क्यानबाट भएको आग्रह र प्रस्ताव गरेको मिति र स्थान सम्वन्धमा सहभागट्ठ ११ वटै टिमलाई पत्राचार गरिएको र सहभागी सबै टिमबाट समेत सहमति प्राप्त भए पश्चात मिति र खेल स्थल परिवर्तन गरिएको छ,’ नवौँ राष्ट्रिय खेलकुद प्रचार प्र...
सात दिनभित्रै मनोरञ्जन कर तिर्न क्यासिनाेहरुलाई महानगरकाे अल्टिमेटम

सात दिनभित्रै मनोरञ्जन कर तिर्न क्यासिनाेहरुलाई महानगरकाे अल्टिमेटम

Breaking news 1, ट्रेन्डिङ, समाचार
काठमाडौं : काठमाडौं महानगरपालिकाले सात दिनभित्र महानगरभित्रका सबै क्यासिनोलाई बाँकी मनोरञ्जन कर चुक्ता गर्न सूचना जारी गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।बागमती प्रदेश आर्थिक ऐनअनुसार क्यासिनाे प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेको र महानगरले सोही अनुसार क्यासिनोहरूलाई पटक पटक कर तिर्न आग्रह गर्दै आएको थियो । तर, क्यासिनेहरूले २०७५/७६ देखि कर तिरेका छैनन् । महानगरका अनुसार डेल्टिन क्यासिनो होटल, म्यारियट, क्यासिनो प्यालेस, अन्नपुर्ण होटल, क्यासिनो याट, याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रीएसन, हायात होटल, माजोन इन्टरटेनमेन्ट, होटल सोल्टी, बाल्को क्यासिनो, होटल एलफ्ट र बेली क्यासिनो, मल्ल होटलले मनोरञ्जन कर तिरेका छैनन् ।सात दिनभित्र कर नतिर महानगरपालिकाको राजस्व ऐन, ०७५ बमोजिम कारवाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गरिने ज...
काठमाडौं आइपुगे भारतीय स्थल सेनाध्यक्ष पाण्डे

काठमाडौं आइपुगे भारतीय स्थल सेनाध्यक्ष पाण्डे

Breaking news 1, समाचार
काठमाडौं । भारतीयस्थल सेनाका अध्यक्ष मनोज पाण्डे नेपाल आइपुगेका छन् । नेपाली सेनाको निमन्त्रणामा पाण्डे आइतबार अपराह्न काठमाडौं आइपुगेका हुन् । नेपाली सेनाको मानार्थ प्रधानसेनापति उपाधि दिनका लागि पाण्डेलाई नेपाल बोलाइएको हो । नेपाल र भारतका सेना प्रमुखलाई एक अर्काले मानार्थ प्रधानसेनापतिको उपाधि दिने चलन रहेको छ । यस्तो छ कार्यक्रम तालिका मनोज पाण्डेलाई सोमबार (भोलि) सैनिक जंगीअड्डामा गार्ड अफ अनर दिइनेछ । उक्त अवसरमा पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्ने कार्यतालिका रहेको छ । त्यसपछि अपरान्ह शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको अवार्ड प्रदान गर्ने कार्यथालिका रहेको छ । त्यस्तै मंगलबार पाण्डे मौसमले साथ दिएमा माउन्टेन फ्लाइटमा निस्कने जानकारी गराइएको छ । दिउँसो उनले शिवपुरीमा रहेको आर्मी स्टाफ कलेजको भ्रमण गर...
एमाले उपाध्यक्ष बादललाई मातृशाेक

एमाले उपाध्यक्ष बादललाई मातृशाेक

Breaking news 1, समाचार
हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ उनकी आमा नन्द कुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो । दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी थिइन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्द कुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।...
महाभियोग सिफारिस समितिकाे बैठक बस्दै ,आज पनि जबराले बयान दिने

महाभियोग सिफारिस समितिकाे बैठक बस्दै ,आज पनि जबराले बयान दिने

Breaking news 1, समाचार
काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । बिहीबार बसेको समितिको उक्त बैठक २ घण्टामात्र चलेको थियो । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले आज बिहान ११ पुनः बयान सुरु हुने जानकारी दिएका थिए । बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नहरुको मात्र जबराले जवाफ दिएका छन् । जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् ।...
समिटको जहाजमा समस्या आएपछी पोखरा विमानस्थलमै आपतकालिन अवतरण

समिटको जहाजमा समस्या आएपछी पोखरा विमानस्थलमै आपतकालिन अवतरण

Breaking news 1, ट्रेन्डिङ, समाचार
१९ भदौ, पोखरा । पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या निम्तिएपछि आपतकालीन अवतरण गरिएको छ । पोखरा विमानस्थलबाट उडेको ७ मिनेटपछि जहाजमा समस्या आएको भन्दै सोही विमानस्थलमा अवतरण गरिएको हो । १८ यात्रु लिएर मुस्ताङ उडेको जहाजमा इन्टिकेसनमा समस्या आएको भन्दै अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिए ।‘इन्डिकेसनमा समस्या देखिएको भन्दै क्याम्टेनले सिंगल इन्जिनबाट ल्याण्ड गरेका छन्’ सुवेदीले भने, ‘समस्या के हो भन्ने कुरा इन्जिनियरहरुले चेकजाँच गरेपछि पत्ता लाग्ला ।’सामान्य अवस्थामै जहाज अवतरण भएको सुवेदीले जानकारी दिए ।...