Monday, April 20News That Matters

समाचार

एमाले द्वारा मकवानपुर क्षेत्र नं.२ को लागी वर्तौला, ठकुरी र मानन्धर सिफारिस

एमाले द्वारा मकवानपुर क्षेत्र नं.२ को लागी वर्तौला, ठकुरी र मानन्धर सिफारिस

Breaking news 2, ट्रेन्डिङ, प्रदेश, समाचार
मकवानपुर । प्रतिनिधि सभा निर्वाचनको लागि मकवानपुर क्षेत्र नंबर २ को लागि  नेकपा एमाले मकवानपुरले  ३ जनाको नाम सिफारिस गरेको छ । आज बसेको एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नंबर २ को बैठकले नाम सिफारिस गरेको हो । बैठकले नेकपा एमाले बागमती प्रदेश उपसचिव महेशकुमार बर्तौला, बागमती प्रदेश सदस्य सुवासचन्द्र ठकुरी र एमाले नेता बुद्धरत्न मानन्धरको नाम उम्मेद्वारका लागि सिफारिस गरेको हो ।...
नेपालले एक खेलअघि नै जित्यो केन्याविरूद्धको सिरिज

नेपालले एक खेलअघि नै जित्यो केन्याविरूद्धको सिरिज

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार
केन्याविरूद्धको एकदिवसीय अभ्यास सिरिज नेपालले अन्तिम खेलअघि नै आफ्नो पक्षमा पारेको छ। शनिबार भएको दोस्रो खेलमा १६ रनको  जित निकाल्दै नेपालले २-० को अग्रता लिएर सिरिज जितेको हो। यसअघि शुक्रबार भएको पहिलो खेलमा पनि नेपाल विजयी भएको थियो। अब अन्तिम खेल सोमबार हुनेछ। शनिबार पहिले ब्याटिङ गरेको नेपाल ४ बल खेल्न बाँकी छदा २३० रनमा अलआउट भयो। नेपालका लागि कप्तानको भूमीकामा रहेका रोहितकुमार पौडेलले ७८ रन जोडे। उनले ९५  बलमा ७ चौका हिर्कए। देव खनालले ३७ रन र ज्ञानेन्द्र  मल्लले २५ रनको योगदान गरे।आदिल अन्सारीले १४ रन जोड्दा सोमपाल कामीले १५ बलमा २६ रन बटुले। करण केसीले पनि ६ बलमा ११ रन जोडे।  बलिङमा केन्याका एन ओडियाम्बो, विराज पटेल र एनगोचेले २-२ विकेट लिए।  २३१ रनको लक्ष्य पछ्याएको केन्या ४६.३ ओभरमा २१४ रनमा अलआउट भयो। उसका लागि राखेप पटेलले ८२ रनको ...
राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक हुबहु पारित

राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक हुबहु पारित

Breaking news 2, ट्रेन्डिङ, राजनीति, समाचार
१७ भदौ, काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको छ । राष्ट्रपतिबाट फिर्ता भएको विधेयक २ भदौमा प्रतिनिधिसभाबाट हुबहु पारित भएर राष्ट्रिय सभामा आएको थियो । राष्ट्रिय सभाले पनि शुक्रबार हुबहु पारित गरेको हो । अब यो विधेयक फेरि प्रतिनिधिसभामा जान्छ । राष्ट्रिय सभाले विधेयक पारित गरेको संदेश प्रतिनिधिसभामा सुनाएपछि सभामुखबाट प्रमाणित हुँदै फेरि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ । यसअघि पहिलो पटक प्राप्त नागरिकता ऐन संशोधन विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी पुनर्बिचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् । २४ असार २०७९ मा दर्ता भएको यो विधेयक प्रतिनिधिसभाबाट साउन ६ र राष्ट्रियसभाबाट १२ गते पारित भइ साउन १४ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको थियो । तर, व...
आसिफको शतकसँगै केन्यामाथि नेपालको सानदार जित

आसिफको शतकसँगै केन्यामाथि नेपालको सानदार जित

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार
१७ भदौ, काठमाडौं । ओपनर आशिफ शेखको शतक र अर्जुन साउद बलियो साझेदारीको बलमा नेपालले पहिलो एकदिवसीयमा केन्यामाथि ७ विकेटको सानदार जित पारेको छ । २१९ रनको लक्ष्य नेपालले ३ विकेट क्षतिमा ४७.३ ओभरमा भेट्टायो । ओपनरद्व आशिफ र अर्जुनले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरी नेपालको जित आधार तय गरेका थिए । एकदिवसीय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च साझेदारी हो । यसअघि गत चैतमा पपुवा न्युगिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए । यद्यपि केन्याको एकदिवसीय मान्यता नभएका कारण यो खेलको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता हुँदैन । नेपालका लागि सिनियर टिमबाट पहिलो एकदिवसीय खेल खेलेका अर्जुनले ९७ बलमा ५ चौका र १ छक्कासहित ६१ रनको अर्धशतकीय पारी खेले । आशिफले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग मिलेर थप ५७ रनको साझेदारी गरे । ४३.५ ओ...
नागरिकता विधेयक जस्ताको तस्तै पठाउनु राष्ट्रपतिको अपमान हो : वामदेव गौतम

नागरिकता विधेयक जस्ताको तस्तै पठाउनु राष्ट्रपतिको अपमान हो : वामदेव गौतम

Breaking news 2, ट्रेन्डिङ, राजनीति, समाचार
राष्ट्रियसभा सदस्य वामदेव गौतमले नागरिकता विधेयक जस्ताको तस्तै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनु राष्ट्रपतिको अपमान हुने बताएका छन् । राष्ट्रियसभा बैठकमा नागरिकता विधेयकका सम्बन्धमा विधायन व्यवस्था समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै गौतमले राष्ट्रपतिले बुँदागत रुपमा उठाएका विषयलाई सम्बोधन गरेरमात्र विधेयक अघि बढाउनुपर्ने तर्क गरे । उनले प्रतिनिधिसभाले राष्ट्रपतिबाट फिर्ता भएको विधेयकलाई जस्ताको तस्तै पारित गरेर राष्ट्रपतिको अपमान गरेको जिकिर गर्दै राष्ट्रियसभाले सो विधेयकलाई विधायन समितिमा पठाउँदा आफू खुसी भएको बताए । तर विधायन समितिले पनि राष्ट्रपतिबाट उठाइएका विषयलाई सम्बोधन नगरेको उनको गुनासो थियो । ‘विधायन समितिमा विधेयक गयो, राष्ट्रपतिले सन्देशमा उठाएका हरेक बुँदाको जवाफ समितिले दिने अपेक्षा गरेको थिएँ,’ उनले प्रश्न गरे, ‘ती सन्देश नसुनी, विश्लेषण नगरी पठाउन खोजिएको छ । विधा...
कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

Breaking news 1, ट्रेन्डिङ, शिक्षा, समाचार
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२)ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए ।देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
कक्षा १२ काे नतिजा प्रकाशित

कक्षा १२ काे नतिजा प्रकाशित

Breaking news 1, समाचार
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो । एनजी उल्लेख हुनेले उच्च शिक्षामा भर्ना पाउँदैन । दुई विषयमा मात्रै एनजी भए ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ । परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।...
पीएसजीको जितमा नेमार र एमबाप्पेको गोल

पीएसजीको जितमा नेमार र एमबाप्पेको गोल

Breaking news 3, खेलकुद, ट्रेन्डिङ, समाचार
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा बुधबार राती टोलसलाई ३-० ले पराजित गरेको छ । नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरको प्रशिक्षणमा पीएसजीले अपराजित यात्रा कायम राखेको छ । पीएसजीका लागि नेमार, किलियन एमबाप्पे र जुवान बर्नाटले गोल गरे । नेमारले ३७औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । एमबाप्पेले ५०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । दुवै गोलका लागि लियोनल मेस्सीले असिस्ट गरेका थिए ।यस्तै बर्नाटले इन्जुरी टाइममा गोल गरे । सिजनको चौथो जितपछि पाँच खेलबाट १३ अंक जोडेर पीएसनी शीर्ष स्थानमा छ । लेन्सले लोरिएन्टलाई ५-२ ले र मार्सेले क्लोरमोट पुटलाई १-० ले अहराउँदै अपराजित यात्रा कायम राखेका छन् । दुवैले पीएसजी समान १३ अंक जोडेका छन् । तर गोलअन्तरमा लेन्स दोस्रो र मार्से तेस्रो स्थानमा छ ।...
७५ जनामा हैजा संक्रमण : काठमाडौं, ललितपुर र कागेश्वरी मनोहरा ‘रेड जोन’मा

७५ जनामा हैजा संक्रमण : काठमाडौं, ललितपुर र कागेश्वरी मनोहरा ‘रेड जोन’मा

Breaking news 1, ट्रेन्डिङ, समाचार, स्वास्थ्य
१६ भदौं, काठमाडौं । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका हैजा संक्रमणको ‘रेड जोन’ मा परेका छन् ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सात जनाभन्दा बढी भएका पालिकालाई रेड जोनमा राखेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौं महानगरमा ४०, कागेश्वरी मनोहरा नगरपालिकामा नौ र ललितपुर महानगरमा आठ जनामा हैजा पुष्टि भएको छ ।काठमाडौं उपत्यकाका १३ पालिकासहित नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा गरी हैजा संक्रमितको संख्या ७५ पुगेको महाशाखाले जनाएको छ । हालसम्म १४ वर्षमुनिका ९ जना बालबालिकालाई हैजा संक्रमण भएको छ ।...
चोलेन्द्रशमशेरसँग आइतबार फेरि बयान लिइने

चोलेन्द्रशमशेरसँग आइतबार फेरि बयान लिइने

Breaking news 3, ट्रेन्डिङ, समाचार
संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग आइतबार फेरि बयान लिने भएको छ।राणासँग बुधबारबाट समितिले बयान लिन सुरू गरेको हो। बुधबार समितिका सबै प्रश्न सोध्न समय नभएपछि उनलाई आज पनि बोलाइएको थियो। बिहीबारको बैठकमा पनि राणासँगको बयान नसकिएपछि समितिले उनलाई आइतबारका लागि बोलाएको समितिका एक सदस्यले जानकारी दिए।यसअघि बुधबारको बयानमा चोलेन्द्रशमशेरले आफूमाथि लागेका आरोपहरूमा जवाफ दिनुको साटो आफू प्रधानन्यायाधीश हुँदा कसले किन आन्दोलन गरे र आफूमाथि किन महाभियोग प्रस्ताव आयो भन्ने कुरा गरेका थिए। उनले सर्वोच्च अदालतका पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीमाथि विभिन्न आरोप लगाएका छन्। ...