Monday, April 20News That Matters

समाचार

प्रतिनिधि सभाकाे बैठक बस्दै , कार्यसूचिमा  सत्य र निरुपण सम्बन्धि     विधेयक

प्रतिनिधि सभाकाे बैठक बस्दै , कार्यसूचिमा सत्य र निरुपण सम्बन्धि विधेयक

Breaking news 2, समाचार
काठमाडौं : प्रतिनिधि सभाको बैठकमा आज बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक-२०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुँदै छ । बिहान ११ बजे बस्ने बैठकमा न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले प्रस्ताव पेस गर्ने संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको प्रतिवेदन समितिकी सभापति निरुदेवी जैरुले पेस गर्ने कार्यसूची पनि छ । साथै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको व्यहोरा जानकारी पनि गराउने छन् । सिरहा-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् कांग्रेस नेता प्रदीप गिरिको यही भदौ ४ ...
आज दर खाने दिन

आज दर खाने दिन

Breaking news 2, समाचार
हेटौंडा । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको बताइन्छ । तर नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने शास्त्रीय रुपमा तीजमा निराहार व्रत बस्ने विधान नरहेको जानकारी दिए । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।...
तीजलाई सन्देशमूलक बनाएर मनाओैं : माेक्तान

तीजलाई सन्देशमूलक बनाएर मनाओैं : माेक्तान

Breaking news 2, समाचार
हेटौंडा । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले तीज पर्वलाई सन्देशमूलक बनाउनुपर्नेमा जोड दिनुभएको छ । शनिबार चिनारी सन्देश साप्ताहिकले हेटौंडामा आयोजना गरेको तीज विशेष अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले तीजलाई भड्किलो र खर्चिलेभन्दा पनि महिला सशक्तीकरणसंग जोडेर सन्देशमूलक बनाउनुपर्ने बताउनुभयो । मन्त्री मोक्तानले पछिल्लो समय महिलाहरु शिक्षित भएकै कारणले हरेक क्षेत्रमा सहभागीता बढेको बताउनुभयो । उहाँले यस्ता सहभागीतालाई अझै बढाएर नेतृत्व सम्हाल्न सक्ने अवस्था सिर्जना गर्न समेत महिला दिदीबहिनीलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य एंव नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलमाी ‘छिन्तु’ ले हिन्दु नारीहरुले मनाउने तीज धार्मिक, सामाजिक सहिष्णुताका कारण अहिले सबै महिलाहरुले मनाउने गरेको राम्रो विषय रहेको बताउनुभय...
आज कुशे ओैँसि,बुवाकाे मुख हेर्ने दिन

आज कुशे ओैँसि,बुवाकाे मुख हेर्ने दिन

Breaking news 2, समाचार
हेटौंडा ।आज भाद्र कुशे ओैँसि,बुवाकाे मुख हेर्ने दिन। आजकाे दिन आफ्नो बुवालाई मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने प्रचलन छ । बुवासँग प्रत्यक्ष भेट्न नसक्नेले प्रविधिकाे सहायतामा कुराकानी गर्छन् ।आमालाई ‘मातृदेवाे भव’ भनेजस्तै बुवालाई ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप आजकाे दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरे जीवनभर सुख मिल्ने विश्वास गरिन्छ । पहिला पहिला आमाका नाममा धेरै कविता, कथा, गीत रचना गरिएपनि बुवाकाे नाम कमै आउने गर्थ्याे । तर  केही वर्ष यता बुवाकाे नाममा पनि कविता काेर्ने, गीत लेख्ने प्रचलन बढेकाे छ ।बाबु नहुनेहरूले भने आजकाे दिन विभिन्न पवित्र ठाउँमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्छन् । गत वर्ष यस दिन काठमाड...
नदीमा हामफालेर एक व्यक्ति फरार

नदीमा हामफालेर एक व्यक्ति फरार

Breaking news 1, समाचार
काठमाडौं । कैलालीमा एक व्यक्ति हत्कडीसहित नदीमा हामफालेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिका–४ का २८ वर्षीय शंकर चौधरी हत्कडिसहित नदीमा हाम फालेर फरार भएका हुन् । फरार भएका चौधरीलाई उनका बुबा शम्भु चौधरीले कुटपिट गरेको अभियोग लगाएपछि प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय जोशीपुरमा लैजाने क्रममा पथरैया खोलामा हाम फालेर उनी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनको खोजिकार्यका लागि इलाका प्रहरी कार्यालय जोशीपुर र इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी टोली परिचालन गरिएको छ ।...
एमालेले उम्मेदवार मापदण्ड भाेलि ताेक्ने

एमालेले उम्मेदवार मापदण्ड भाेलि ताेक्ने

Breaking news 2, समाचार
काठमाडौं : नेकपा एमालेले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवार छनोटका मापदण्ड र प्रक्रिया छनोट गरेपनि त्यसबारे शनिबारको बैठकले निर्णय गर्ने भएको छ । शुक्रबारबाट सुरु भएको बैठकमा स्थानीय निर्वाचनमा भएको अन्तर्घातबारे विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदनबारे जानकारी गराएको छ । त्यस्तै बैठकले विभिन्न पार्टी कामका लागि संगठन विभागका प्रमुख खगराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।...
धरान पुगेर वृक्षरोपण गरे प्रचण्डले

धरान पुगेर वृक्षरोपण गरे प्रचण्डले

Breaking news 2, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरानको सर्दु खोलामा पुगेर विक्षरोपण गरेका छन् । शुक्रबार दिउँसो धरान पुगेका अध्यक्ष प्रचण्डले सर्दु खोला किनारमा विरुवा रोपेका हुन् । यसअघि धरान उपमहानगरका मेयर हर्क साम्पाङले अध्यक्ष प्रचण्डलाई वृक्षरोपण कार्यक्रममा सरिक हुन आउन आग्रह गरेका थिए । सोही आग्रहलाई स्वीकार गर्दै धरान उपमहानरपालिकाको आयोजना र वरिष्ठ जनावादी गायक जेवि टुहुरेको स्मृतिमा अध्यक्ष प्रचण्डले वृक्षरोपण गरेको उनको सचिलालयले जनाएको छ ।...
राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको खुलासा

राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको खुलासा

Breaking news 1, समाचार
काठमाडौं ।राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको खुलेको छ । राहदानी विभागले गत वर्ष मात्रै यो भवन बनाएको थियो । कन्सुलर सेवा विभाग समेत रहेको यो भवनाको नक्सा पास नै नरहेको काठमाडौं महानगरपालिका भवन निर्माण विभागक एक उच्च अधिकारीले जानकारी दिएकस छन् । विभागले यो भवन १ अर्ब ५ करोड लागतमा निर्णमा गरेको थियो । नक्सा पास नभई भवन बनाएपनि विभागले भूमिगत पार्किङ राखेको थियो । तर, सेवाग्राहीलाई समस्या हुने भन्दै बेसमेन्टलाई सेवाग्राहीको ‘वेटिङ रुम’ बनाएको छ । बेसमेन्ट खाली गर्न अहिले महानगरको टोली विभागमा पुगेको छ । र, बेसमेन्ट खाली गराइरहेको छ । यसअघि पनि मेयरसाहाबले यो बेसमेन्ट खुला गर्न आग्रह गर्दै आउनु भएको थियो,’ महानगरका एक अधिकारीले भनेका छन् ,’तर विभागले सेवाग्राहीको भिडाको कारण देखाएर मानेको थिएन ।’विभागले बेसमेन्ट वेटिङ रुमका रुपमा प्रयोग नगरे सेवा नै दिन नसकिने दावी गर्दै आएको छ...
निहारिकाले फिर्ता गरिन् करिश्माकाे सहयाेेग रकम

निहारिकाले फिर्ता गरिन् करिश्माकाे सहयाेेग रकम

Breaking news 2, समाचार
काठमाडौं। ‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरको सहयोग रकम फिर्ता गरेकी छिन् । चरित्रहत्या गर्ने गरी आरोपितसँगको आफ्ना निजी तस्बिर सार्वजनिक गरेको भन्दै निहारिकाले सहयोग रकम फिर्ता गरेकी हुन् । आज शुक्रबार उनी करिश्माको घर गएकी थिइन्। घर नजिकै तीज मनाउन गएकी करिश्मालाई सोही स्थानमा पुगेर निहारिकाले सहयोग रकम फिर्ता गरेकी हुन् । निहारिकालाई करिश्माले २० हजार रकम दिएकोमा निहारिकाले एक हजार थप गरी २१ हजार रुपैयाँ फिर्ता गरेकी छिन् । न्यायको माग गर्दै नाबालक छोरासहित निरन्तर लडिरहेकी निहारिकालाई अनशनस्थल पुगेर करिश्माले छोरासहित उनलाई ‘एडप्ट’ गर्ने इच्छा व्यक्त गरेकी थिइन् । तर, त्यसको केही दिनपछि नै उनले आरोपित शिवराज श्रेष्ठसँग निहारिकाका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि निहारिका कानुनी उपचारमा जाने निर्णय गरेकी छिन् ।...
महानगरले खाली गरायाे राहदानी विभागकाे अण्डरग्राउण्ड पार्किङ

महानगरले खाली गरायाे राहदानी विभागकाे अण्डरग्राउण्ड पार्किङ

Breaking news 1, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ । ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको हो । ...