Monday, April 20News That Matters

समाचार

महेन्द्रनगरमा बालिका मृत फेला

महेन्द्रनगरमा बालिका मृत फेला

Breaking news 2, समाचार
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहाका खेमराज भट्टकी दुई वर्षीया छोरी मानुशी भट्ट आज बिहान नहरमा मृत भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बिहीबारदेखि हराइरहेकी बालिका शुक्रबार बिहान घर अगाडिको महाकाली सिँचाइको शाखा नहरमा मृतावस्थामा भेटिएको बताए । “हराइरहेकी बालिकाको शव स्थानीयवासीको सहयोगमा आज बिहान प्रहरीले फेला पारेको हो ।” उनले भने, “अहिले घटनास्थल मुचुल्का सङ्कलन गरेर शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल पठाएका छौँ ।” प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस...
कीर्तिपुरमा पनि मापदण्ड विपरीतका संरचना भत्काउन सुरु

कीर्तिपुरमा पनि मापदण्ड विपरीतका संरचना भत्काउन सुरु

Breaking news 2, समाचार
काठमाडौं। कीर्तिपुर नगरपालिकाले नगरभित्रका मापदण्ड विपरीतका संरचना हटाउने कार्य सुरु गरेको छ । पटक पटकको लिखित तथा मौखिक आग्रह र चेतावनीपछि पनि अटेर गरेका कारण बिहीबार नगरपालिकाले त्यस्ता अवैध संरचनाहरु डोजर लगाएर भत्काएको छ । दिउँसो सुरु गरिएको सो कार्यमा नगरप्रमुख राजकुमार नकर्मी उपस्थित भएका थिए । नगरपालिकाको वडा १० मा पर्ने उक्त संरचना स्थानीय जयबहादुर महर्जनको पर्खाल हो । नगरपालिकामा गरिएको नक्सा पासविपरीत सो संरचना बनेकाले भत्काउनुपरेको नगरपालिकाका उपप्रमुख एवम् प्रवक्ता सुनिता शाक्यले जनाएकी छिन् । महर्जनलाई यसअघि अघिल्ला नगरप्रमुख रमेश महर्जनकै कार्यकालमा नगरपालिकाले संरचना मापदण्डविपरीत भएको र सार्वजनिक आवागमनमै बाधा पार्ने भएकाले भत्काउन अनुरोध गरिएको जानकारी पनि उपमेयर शाक्यले बताएकी छिन् ।‘उहाँहरुसँग नै महर्जनले आफ्नो संरचना आफैँ भत्काएर हटाउने प्रतिबद्धता जनाएको रहेछ । तर ह...
नक्सा र डाेजर लिएर गएँ, मैले  के बिराएँ: मेयर शाह

नक्सा र डाेजर लिएर गएँ, मैले के बिराएँ: मेयर शाह

Breaking news 1, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले कानुनअनुसार नै काम गरेकाे बताउनुभएकाे छ । आज बिहीवार दिउँसाे नयाँ बानेश्वरमा रहेकाे अल्फा बिटा कम्प्लेक्सकाे अवैध संरचनामा डाेजर चलाएपछि मेयर साहले यस्ताे बताएका छन् । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ।’ यस्तै उहाँले आफैँले बुझेर अवैध संरचना हटाउन आग्रह गर्दै नक्सा जसरी पास भएको छ, त्यहीअनुसार संरचना बनाउन पनि आग्रह गरेका छन् ।...
हेटौंडा ४ का वडा अध्यक्ष सिग्देललाई कार्यकक्षमै हातपात  गरेर सानु लामा फरार

हेटौंडा ४ का वडा अध्यक्ष सिग्देललाई कार्यकक्षमै हातपात गरेर सानु लामा फरार

Breaking news 1, ट्रेन्डिङ, समाचार, स्थानीय
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष एवम् एमाले मकवानपुरका सचिव नवीन सिग्देलमाथि हातपात भएको छ | सिग्देललाई कार्यकक्षमै हातपात गरेर सानु लामा फरार भएको हो । हाल उनलाई प्रहरीले खोजि रहेको मकवानपुरका प्रहरी उपरिक्षक बामदेब गौतमले जानकारी दिए । भुटनदेबी स्कुलको सटर भाडाको विषयमा विवाद हुँदा लामाले सिग्देललाई हातपात गरेका हुन् । अध्यक्ष सिग्देलले लामा बिरूद्द प्रहरीमा जाहेरी दिएका छन् । लामा जिल्ला खेलकुद बिकास समितिका पुर्ब अध्यक्ष समेत हुन् ।...
बन्दकाे अवज्ञा गरेकाे भन्दै काेटेश्वरमा बस ताेडफाेड

बन्दकाे अवज्ञा गरेकाे भन्दै काेटेश्वरमा बस ताेडफाेड

Breaking news 1, समाचार
काठमाडौं। बन्दको अवज्ञा गरेको भन्दै चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताहरुले काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड गरेका छन् । आज बिहान ४ दलिय मोर्चाको नेपाल बन्दको क्रममा विहान साढे ६ बजे बन्दकर्ता ५ जनाको समूहमा एक्कासि आएर महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेको छ । कोटेश्वरबाट बालकुमारी तर्फ जाँदै उक्त बसमाथि राष्ट्रिय बाणिज्य बैंक अगाडि गाडीमा ढुङ्गा प्रहार गरि सिसा फुटाएर भागेको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताएका छन् ।...
कैलालीका २ ठाउँमा शंकास्पद वस्तु फेला, बम भएको आशंका

कैलालीका २ ठाउँमा शंकास्पद वस्तु फेला, बम भएको आशंका

Breaking news 1, ट्रेन्डिङ, समाचार
७ भदौ, धनगढी । कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जानकारी दिए । मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विपलव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने डीएसपी जोशीले बताए । उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको उनले बताए । बन्दका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन । राति छुटेका गाडीहरुलाई भने प्रहरीले स्कटिङ गरेर ...
चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने आयोगको प्रस्ताव

चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने आयोगको प्रस्ताव

Breaking news 2, ट्रेन्डिङ, समाचार
निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रस्ताव अघि सारिएको बताएका हुन् । उनले चुनावमा मतदातालाई अनेकौं प्रलोभन पार्ने तथा सांसदहरुले नै निर्वाचन लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्नेगरी प्रचार प्रसारका लागि २५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको बताए । निर्वाचनमा उम्मेदवार नभएको राजनीतिक दलको चुनाव चिह्न मतपत्रमा समावेश नगर्ने तयारी रहेको पनि आयोगले जनाएको छ । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाच...
निर्वाचन आचारसंहिता, २०७९ संशोधन गर्न एमालेको ३७ बुँदे सुझाव

निर्वाचन आचारसंहिता, २०७९ संशोधन गर्न एमालेको ३७ बुँदे सुझाव

Breaking news 3, राजनीति, समाचार
निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता २०७९ मा नेकपा एमालेले ३७ बुँदामा दफावार संशोधनका लागि सुझाव दिएको छ । सोमबार आयोग र दलका प्रतिनिधिबीच भएको छलफलमा उक्त सुझाव दिएको एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्यले जानकारी दिए ।  निर्वाचन आचारसंहिताले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थ्ताजस्ता पक्षमा ध्यान दिई निर्वाचन आचारसंहितालाई लागू गर्न सकिने बनाउनुपर्ने, आचारसंहिता लागू हुने अवधि निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म हुनुपर्ने, निर्वाचनको मौन अवधि ४८ घण्टा घटाई २४ घण्टा बनाउनुपर्ने रहेका छन् । साथै उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचार प्रसारको लागि २५ जनाभन्दा बढीको जुलुस लान नपाइने लगायतको व्यवस्था हटाउनुपर्ने, गलत मनसायले नियतवश बालबालिकाको निर्वाचनमा प्रयोगलाई निषेध गर्नुपर्ने, निजी क्षेत्रमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई छुट्टै आचा...
चुनावमा एउटै घोषणापत्र, लगत्तै पार्टी एकता

चुनावमा एउटै घोषणापत्र, लगत्तै पार्टी एकता

Breaking news 1, ट्रेन्डिङ, समाचार
६ भदौ, काठमाडौं । सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताको गृहकार्य सुरु भएको छ । ललितपुरको हात्तिवनस्थित प्रचण्डको नातेदारको घरमा सोमबार भएको छलफलमा दुवै तर्फका नेताहरू एकताको औपचारिक प्रक्रिया अगाडि बढाउन तयार भएका हुन् । छलफलमा सहभागी एक नेताका अनुसार, ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव लगत्तै एकता गर्ने गरी गृहकार्य सुरु गर्न नेताहरु तयार भएका छन् । त्यसका लागि दुई वटा काम तत्काल अगाडि बढाउने निर्णय भएको छ । ‘भोलि वा पर्सि नै एकता संयोजन समिति गठन हुन्छ र एकताको अवधारणापत्र तयार हुन्छ’, ती नेता भन्छन् । एकता संयोजन समितिमा दुवै दलबाट पाँच/पाँच जना रहनेछन् । त्यो समितिको नेतृत्व दुवै दलका अध्यक्षले गर्नेछन् । १ भदौमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा नेताहरुले अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल नै एकता संयोजन समितिमा बस्नुपर्ने...
राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणीकरण

Breaking news 3, समाचार
५ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपाल इन्जिनियरिङ परिषद्‌ ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३लाई स‌ंशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।...