Monday, April 20News That Matters

समाचार

भदौ १५ भित्रै कक्षा १२ को नतिजा

भदौ १५ भित्रै कक्षा १२ को नतिजा

Breaking news 2, शिक्षा, समाचार
प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिकमा ३५ प्रतिशत अङ्क नल्याए फेल राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ भित्रै प्रकाशित गर्ने भएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षामा ४ लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।  अहिले उत्तर पुस्तिका परीक्षणको काम सकिएर नतिजा कम्प्युटरमा इन्ट्री गराउने काम भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । केही दिनमा प्राप्ताङ्क चढाउने काम सकिएपछि नतिजा प्रकाशित गरिने शर्माले बताए ।  यो पटक ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार नतिजा प्रकाशित गरिने परीक्षा नियन्त्रक शर्माले बताए । उक्त निर्देशिका अनुसार यस पालिको नतिजामा नन–ग्रेडिङ लागू हुनेछ । विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफत प्राप्त गरे पनि नन–ग्रेडिङ समेत लागू ह...
थप २८६ जनामा कोरोना संक्रमण, ४७९ जना निको

थप २८६ जनामा कोरोना संक्रमण, ४७९ जना निको

Breaking news 1, समाचार
 पछिल्लो २४ घण्टामा थप २८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८१६ जनाको पीसीआर परीक्षणमा २०२ जना र १ हजार ६०७ जनाको एन्टीजेन परीक्षणमा ८४ जना गरी २८६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ४७९ जना निको भएका छन् भने हाल देशभर ४ हजार ३४८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ४ हजार १५५ जना होम आइसोलेसनमा रहेका छन् भने १९३ जना संस्थागत आइशोलेशन र ५१ जना आईसीयूमा छन् । यस्तै ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४४ हजार २८२ पुगेको छ ।...
बाँके केन्द्रविन्दु भएर भूकम्पको धक्का

बाँके केन्द्रविन्दु भएर भूकम्पको धक्का

Breaking news 3, ट्रेन्डिङ, समाचार
४ भदौ, काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए ।...
आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

Breaking news 2, समाचार
हेटौंडा ।वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।...
गायक प्रताप दास भीमफेदी आउंदै

गायक प्रताप दास भीमफेदी आउंदै

Breaking news 1, प्रदेश, मनोरञ्जन, समाचार, स्थानीय
गायक प्रताप दास भीमफेदी आउने भएको छ | भिमफिदी गाउँपालिका वडा नं. २ स्थित राप्ती क्लब भैंसेले श्री कृष्ण जन्म अस्टमिको अबसरमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा दास आउन लागेको हो | राप्ती क्लब भैंसेले स्थापना काल देखिनै आफ्नो संस्कृतिलाइ जगेर्ना गर्दै आइरहेको र आउने शनिवार पनि विभिन्न सांस्कृतिक कार्यक्रम गरिने क्लबका अध्यक्ष गोपीकृष्ण थापाले बताए | कार्यक्रममा प्रताप दासको विभिन्न प्रस्तुति संगै राप्ति ब्याण्ड प्रस्तुति, डान्स ग्रुप अफ राप्ती क्लबको प्रस्तुति हुने क्लबका सदस्य राजिब परियार ले बताए | यस बर्षको श्री कृष्ण जात्रा भाद्र ४ गते हुने र रथ यात्रा दिउँसो ४ बजे हुने जात्रालाइ ब्यबस्थित गरिने क्लबका अध्यक्ष थापाले बताए | आफु भैंसे आउने जानकारी प्रताप दासले आफ्नो सामाजिक संजाल फेसबुकबाट दिएका छन् |...
नागरिकता विधेयक पारित, १३५ जनाले गरे पक्षमा मतदान

नागरिकता विधेयक पारित, १३५ जनाले गरे पक्षमा मतदान

Breaking news 1, ट्रेन्डिङ, राजनीति, समाचार
२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ । बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुप (प्रस्तुत रुप) मा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ । त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए । मतदानका बेला १९५ जना सांसद बैठकमा उपस्थित भएका थिए । बिहीबार दिनभर प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि छलफल भएको थियो । छलफलमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका सांसदहरुले नागरिकता विधेयक पारित नहुँदा जन्मको आधारमा नेपाली नागरिकता पाएका नेपाली नागरिकको सन्तानले नागरिकता पाउन नसकेकाले यो विधेयक तत्काल पारित गर्नुपर्ने मत राखेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले भने राष्ट्रपत...
हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनमा गरेकाे कामको विवरण

हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनमा गरेकाे कामको विवरण

Breaking news 2, समाचार
हेटौंडा : धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले एक सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् ।उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् । उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको उल्लेख गरेका छन् । १०० दिनमा गरेका काम भनेर उनले सार्वजनिक गरेको विवरण यस्तो छ–१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें२. ४ ठाउँबाट खानेपानीको मूहान थपें३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ४. ६ लाख विरुवा रोपें५. सरसफाइमा देखिने सुधार ल्याएँ६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन९. लागु औषध विरुद्धको अभियान शुरु गर...
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

Breaking news 2, समाचार
काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले ‘पुनर्विचार गर्न’ भन्दै प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक बिहीबार पारित गरिने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने कार्यसूची रहेको छ । बिहान ११ बजे बस्ने बैठकमा खाँणले ‘सम्माननीय राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस्’ भनी पहिलो प्रस्ताव राख्नेछन् । प्रस्तावमा सांसदहरूले धारणा राखेपछि गृहमन्त्रीले नै उक्त विधेयक पारित गरियोस् भन्ने अर्को प्रस्ताव राख्नेछन् । सभामुख अग्निप्रसाद सापकोटाले गत साउन १५ गते प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक राष्ट्रपति भण्डारीले आइतबार संसद्मै फिर्ता गरिदिएकी थिइन् । प्रमुख प्रतिपक्षी एमालेले विधेयकको विर...
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

Breaking news 1, ट्रेन्डिङ, राजनीति, समाचार
काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले आम निर्वाचनमा पार्टीलाई पहिलो बनाउन सबै एक ढिक्का भएर लाग्नुपर्ने बताएकी छन्। नेपाल महिला संघ केन्द्रीय समितिले राजधानीमा आयोजित कार्यक्रममा बोल्दै राणाले  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सबै एक जुट भएर अघि बढ‍नुपर्ने बताएकी हुन्।उनले भनिन्,' स्थानी तह निर्वाचनको परिणामले कांग्रेसप्रति जनताको विश्वास बढेको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि कांग्रेसलाई  एक नम्बरको पार्टी ठूलो बनाउन सबै जुटौं।' सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तय गरेको छ।राणाले सानातिना कुरामा नअल्झिएर महिलाका समस्यालगायतका मुद्दा उठाउनुपर्नेमा जोड दिइन्। उनले पछिल्लो समय तीज गीतको मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरिन्। उनले भनिन,'  तीज...
दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

Breaking news 1, प्रदेश, समाचार
१ भदौ, धनगढी । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, चार जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी जितेन्द्रकुमार पालले जानकारी दिए । जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ । जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ ।...