Monday, April 20News That Matters

समाचार

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै, सार्वजनिक बिदा

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै, सार्वजनिक बिदा

समाचार
काठमाडौं । गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ’तो ल्हो’ ९बाघ वर्ग० को बिदाइ गर्दै ’हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन् । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको नेपालको धेरै जिल्लाहरुमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । साथै नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्हो...
एमडिएमएस लागू, भन्सार घोषणा नभएका मोबाइल आजदेखि नचल्ने

एमडिएमएस लागू, भन्सार घोषणा नभएका मोबाइल आजदेखि नचल्ने

Breaking news 3, ट्रेन्डिङ, समाचार
 काठमाडौं । भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आज १५ पुसदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास विना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने भएका हुन् । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले एमडिएमएस लागू गरिएको जनाएको छ । विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडिएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौ महिनाभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरू अब नचल्ने प्राधिकरणले जनाएको छ । नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट यही पुस १५ गतेभित्र दर्ता गर्न प्राधिकरणले यसअघि सूचना जारी गरेर आह्वान गरेको थियो । ...
क्यासनेप हब एप र वेबसाईट केही दिन अगाडिदेखि सर्वसाधारणको लागि अनौपचारिक रुपमा लन्च

क्यासनेप हब एप र वेबसाईट केही दिन अगाडिदेखि सर्वसाधारणको लागि अनौपचारिक रुपमा लन्च

Breaking news 2, ट्रेन्डिङ, समाचार
निराज रानाभाट , काठमाडौं : क्यासनेप हब एप र वेबसाईट केही दिन अगाडिदेखि सर्वसाधारणको लागि अनौपचारिक रुपमा लन्च गरिएको थियो । उक्त एप र वेबसाईटमा अहिले करिब २३ हजार प्रयोगकर्ताहरुले रजिस्ट्रर गरेका छन भने २१ हजार भन्दा बढिले एप डाउनलोड गरेका छन् । गुगल प्लेस्टोरमा ४.५ मूल्याङ्कन रहेको अधिकाशहरुको कमेन्ट सकारात्मक साथै शुभ - कामना सन्देश समेत दिएका छन । केही प्रतिशत प्रयोगकर्ताहरुले ढिलो चलेको गुनासो राखेका छन् । ७८ लाख भन्दा बढी लाईक , ८ लाख भन्दा बढी कमेन्ट र ५ लाख पोष्टहरु अप्लोड गरेका छन् । एप र वेबसाईट अहिले परिक्षणकालको लागि लन्च गरिएको थियो , तर धेरै प्रयोगकर्ताहरुले जोडिएको कारणले अहिले ढिलो चलेको जस्तो महसुस भैरहेको क्यासनेपले बताएको छ। अझै गुणस्तरीय प्लार्टफर्म बनाउने तिर क्यासनेप गृहकार्य गर्दैछ । क्यासनेप अनलाईन अर्निङ प्लाटफर्म अन्तर्गत दैनिक कमाई साथै मनोरन्जन समेत हुने क्यास...
तराईमा हुस्सु, हिमाली भू-भागमा​ हिमपातको सम्भावना

तराईमा हुस्सु, हिमाली भू-भागमा​ हिमपातको सम्भावना

Breaking news 3, समाचार
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली  रही तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागिरहेको छ। आज दिउँसो देशका पहाडी भू(भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूऔभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । शनिबार भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ । हिमाली भेगमा हल्का हिमपातको सम्भावना र  तराईमा हुस्सु लाग्ने संभावना रहेको हुनाले दैनिक जीवन तथा सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
घारेको टोकाइबाट एक जनाकाे ज्यान गयाे

घारेको टोकाइबाट एक जनाकाे ज्यान गयाे

Breaking news 3, समाचार
सिन्धुलीमा जङ्गली घारेको टोकाइबाट एक जनाकाे ज्यान गएकाे छ । घारेको टोकाइबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं ७ को कार्यालयमा कार्यरत वडा सचिव प्रेम बहादुर रायक्षेत्रीको ज्यान गएको हाे । सर्लाहीबाट हरिहरपुरगढी गाउँपालिका जाने क्रममा जङ्गली घारेको टोकाइबाट घाइते भएका उहाँको उपचारको क्रममा ज्यान गएको हो ।...
<strong>भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने</strong>

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

Breaking news 1, समाचार
चितवन | भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणले टर्मिनल भवनका लागि बोलपत्र आह्वान गरी प्राविधिक मूल्याङ्कनको क्रममा छ । प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाका अनुसार ६ वटा कम्पनीको बोलपत्र पेस भएको छ । ती प्रस्तावको प्राविधिक मूल्याङ्कनपछि आर्थिक प्रस्तावबाट अन्तिम टुङ्गो लगाएर सम्झौता गरिने छ । उहाँको भनाइमा पुस महिनाका अन्तिम सातासम्ममा सम्झौता भइसक्छ । बोलपत्रको रकम रु दुई अर्बको हाराहारी रहेको भन्दै उहाँले एकिन रकम आर्थिक प्रस्तावपछि थाहा हुने बताउनुभयो । तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी सम्झौता गरिने छ । अत्याधुनिक किसिमको ७ हजार सात सय ४९ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गरिने छ । यससँगै टावर हुनेछ । विमान...
मधेस सरकारले ९ कक्षाका छात्राका लागि झन्डै ५ करोडको झोला किन्दै

मधेस सरकारले ९ कक्षाका छात्राका लागि झन्डै ५ करोडको झोला किन्दै

Breaking news 1, समाचार
सर्लाही | दुई वर्षअघि कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल बाँडेको मधेस प्रदेश सरकारले यस वर्ष ९ कक्षामा अध्ययनरत छात्रालाई झोला वितरण गर्ने भएको छ । अघिल्लो वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा अनियमितता भएको आशंका गर्दै त्यससम्बन्धी फाइलहरू मुख्यमन्त्रीको कार्यालयबाट लिएर गएको थियो। त्यसपछि आयोगले १० जना कर्मचारी र साइकल बिक्री गर्ने कम्पनीविरुद्ध मुद्दा नै दायर गरेको थियो ।  यसपटक पनि मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयमातहतको शिक्षा विकास निर्देशनालयले एउटा कम्पनीलाई ठूलो धनराशी खर्चिएर झोला खरिदको ठेक्का दिएको छ । न्यु आनन्द ट्रेड हाउस प्रालीसँग चार करोड ९६ लाख ९३ हजार ६ सय ८२ रुपैयाँमा ज्योमेट्रिक बक्ससहितको ब्याग खरिद गर्न लागेको हो । सबैभन्दा कम कबोल गरेको भन्दै झोला किन्न लागेको निर्देशनालयले जानकारी दिएको छ ।  यी सबै कार्यक्रम प्रदेश सरकारले ‘मुख्यमन्त...
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार
काठमाण्डौ | हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान प्रदेश १ का साथै देशका पहाडी  भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ ।   आज दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा  गण्डकी प्रदेशका पहाडी  भू-भागका एक-दुई स्थानमा आंशिक बदली रहनेछ । राती प्रदेश १ का साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतः सफा रहनेछ।  तराई  भू-भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
तारा एअरकाे जहाजमा चिल ठाेक्कियाे

तारा एअरकाे जहाजमा चिल ठाेक्कियाे

Breaking news 1, ट्रेन्डिङ, समाचार
हुम्लामा तारा एअरको ट्विनअटर जहाजमा चिल ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको जहाज मने लेक नजिकै पुग्दा चिल ठोक्किएको हो । अवतरण हुन दुई मिनेट बाँकी छँदा चिल ठोक्किए पनि जहाज सुरक्षितरूपमा सिमकोटमा अवतरण भएको छ । चामल बोकेर उडेको जहाजमा चालक दलका तीन जना सदस्य थिए । चिल ठोक्किएपछि जहाजको अगाडिको टुप्पो अर्थात् नोजमा क्षति पुगेको छ, चिल नोजभित्रै अड्किएको छ । जहाज मर्मतका लागि तारा एअरले काठमाण्डौबाट प्राविधिक पठाउने तयारी गरेको छ ।...
सुर्खेतमा श्रीमतीको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय पुगे श्रीमान्

सुर्खेतमा श्रीमतीको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय पुगे श्रीमान्

Breaking news 2, समाचार
सुर्खेत | सुर्खेतमा श्रीमतीको हत्या गरी टाउको लिएर श्रीमान् प्रहरी कार्यालय पुगेका छन्।मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्राउ परेका हुन्। प्लास्टिकमा श्रीमतीको टाउको बोकेर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।उनलाई प्रहरी कार्यालय जाँदै गर्दा पन्चपुरी २ पलैंटेबाट पक्राउ गरेको इप्रका इन्चार्ज प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए। अमरबहादुर एक वर्ष पहिले वैदेशिक रोजगारीबाट फर्किएका हुन्। आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेका कारण हत्या गरेको अमरबहादुरले प्रहरीलाई बताएका छन्। उनले घरमै श्रीमतीको घाँटीमा धारिलो हतियार प्रहार गरी छिनाएका थिए।प्रहरीले टाउको बाहेकको शव घरमै फेला पारेको जनाएको छ। नेपालखबर...