Monday, April 20News That Matters

समाचार

सेवक नेपालको ` ८ औं वार्षिक साधारण सभा ´ पुस ३० गते हुने

सेवक नेपालको ` ८ औं वार्षिक साधारण सभा ´ पुस ३० गते हुने

समाचार
निराज रानाभाट , काठमाडौं : अभिभावक बिहिन बालबालिकाहरुको खाेजी , उद्धार तथा दिगो संरक्षण हाम्रो अभियान ´ भन्न् मुल नारासहित स्थापना गरिएको सेवक नेपालको ८ औं वार्षिक साधारण सभा ´ यहीँ पुस ३० गते , शनिबार हुने भएको छ । सेवक नेपालले कार्यसमितिका पदाधिकारीहरु , लेखा समितिका पदाधिकारीहरु , सल्लाहकार समितीका पदाधिकारीहरु , पूर्व कार्यसमितिका पदाधिकारीहरु लगायतका सम्पूर्ण अभियन्ताहरु तथा शुभचिन्तक / सहयोगी महानुभावहरुलाई उपस्थितिको लागि निमन्त्रणा गरेकाे छ । उक्त साधारण सभा भने राजधानी काठमाडौंकाे चाबहिलस्थित स्मार्ट प्यालेसमा पुस ३० गते , शनिबार बिहान ०८:०० बजे हुने भएको छ ।...
समृद्ध सर्लाही निर्माणका संयोजक डा.गुणेश्वर झा समाजिक कार्यमा सक्रिय

समृद्ध सर्लाही निर्माणका संयोजक डा.गुणेश्वर झा समाजिक कार्यमा सक्रिय

Breaking news 1, समाचार, सर्लाही बिशेष
सर्लाही । सर्लाहीको मलंगवा नगरपालिकामा रहेको स्तुती सौम्य हेल्थ केयरका संचालक तथा समृद्ध सर्लाही निर्माणका संयोजक डा.गुणेश्वर झ यतिबेला समाजिक कार्यमा खटि रहनु भएको छ । डा. झा रातको करिब साढे ८ बजे एउटा दाउरा पसलमा दाउरा किन्दै गाडिमा राख्दै गरेको दृश्य देख्दा हामिले प्रश्न गरे, प्रश्नको जवाफमा उहाले सितलहर तथा चिसो लगायतको विपद्को समस्या बाट जुधिरहेको विपन्न स्थानियलाई राहत दिन दाउरा किन्न लागेको जवाफ फर्काउनुभयो ।डा. झाले आफनो व्यक्तिगत खर्चमा दाउरा किन्नेर विपद्का जोखिम सँग जुधिरहेका विपन्न नागरीकलाई चिसो बाट जोगाउन दाउरा वितरण गरिरहनु भएको छ । उहाले मलंगवा नगरपालिको गणेशियामा, कविलासी नगरपालिका वडा नं. ९ र १० सलेमपुरको चौक चौक तथा मुसहर बस्तीमा शितलहर बाट प्रभावित स्थानियलाई जोगाउँन दाउरा वितरण गर्नुभएको छ। सर्लाहीमा अहिले ७ डिग्री सेलसियस सम्म तापक्रम हुन्छ, त्यसमा पनि शितलहर हुन्छ व...
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट फेन्चु लामा सम्मानित

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट फेन्चु लामा सम्मानित

समाचार
निराज रानाभाट , हेटौंडा , मकवानपुर : मकवानपुर जिल्लाको हेटौंडा उप - महानगरपालिका वडा नम्बर - १३ का फेन्चु लामा जिल्ला स्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित तथा पुरस्कृत भएका छन । लामो समयदेखि कृषि कर्ममा लागेका लामा एक सफल कृषि उद्यमी पनि हुन् । हेटौंडा उम - महानगरपालिका - १३ मा ड्रागन फ्रुट खेती गर्दै आएका लामाले एम.एन.एस. एग्रो प्रा.लि. मार्फत कृषि कर्म गरिरहेका छन । लामा सहित कृषि क्षेत्रमा उत्कृष्ट काम गरे बापत मकवानपुरका अन्य २ जना किसानहरूलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको थियो । मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिकाका किसानहरूलाई भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडाले सम्मान गरेको हो । मकवानपुरगढीका बाख्रा पालक किसान पी एस पी एग्रो प्रा.लि. का सन्जय नेपाल र थाहा नगरपालिकाका रेन्बो ट्राउट माछा पालक किसान युनिक कृषि फर्मका कृष्...
पेट्राेल , डिजल र मट्टीतेलकाे मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्याे ( प्रेस विज्ञप्ति सहित )

पेट्राेल , डिजल र मट्टीतेलकाे मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्याे ( प्रेस विज्ञप्ति सहित )

Breaking news 1, समाचार
निराज रानाभाट , काठमाडौं : सरकारले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आइतबार राति १२:०० बजेदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे हाे । निगमले पेट्रोल , डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ / ३ रुपैयाँका दरले घटाएकाे छ । यस्तै , आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनमा क्रमश: २० र ३० रुपैयाँले घटेकाे निगमले विज्ञप्तिमार्फत जनाएकाे छ । याेसँगै अब पेट्राेल प्रतिलिटर १ सय ७५ रुपैयाँ कायम भएकाे छ , भने डिजल र मट्टीतेल प्रतिलिटर १ सय ७२ रुपैयाँ कायम भएकाे छ । आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४ सय २० डलर कायम भएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने अहिलेलाई यथावत् राखेकाे छ । यसअघि भारतले पेट्राेलियम पदार्थकाे मूल्यसूची घटाएर पठाए पनि निगमले भने नघटाएकाे भन्दै उप...
पाल्पा दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्रीको अपिल– सार्वजनिक यातायात सुरक्षित बनाऔँ

पाल्पा दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्रीको अपिल– सार्वजनिक यातायात सुरक्षित बनाऔँ

Breaking news 2, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन अपिल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान ट्वीट गर्दै उक्त अपिल गरेका हुन् । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मधुवन टारीफाँट नजिकै गएराति दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । प्रचण्डले मृतकका आफन्तहरुप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै उनले भनेका छन्, ‘सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा हार्दिक अपिल गर्दछु ।’...
आजबाट श्रीस्वस्थानी व्रत सुरु

आजबाट श्रीस्वस्थानी व्रत सुरु

समाचार
काठमाडौं  | प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लामो स्वस्थानी व्रत आज शुक्रबारदेखि सुरु हुँदैछ । यस अवधिमा श्रीस्वस्थानीको व्रत बस्ने, कथा बाचन गर्ने तथा सुन्ने र विभिन्न तीर्थस्थलमा माघ स्नान गर्ने गरिन्छ । शुक्रबारदेखि माघ महात्मे अन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को आरम्भ हुन्छ । पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर स्वस्थानी व्रत र माघ स्नानको सुरुवात गरिन्छ । बिहानमा नित्य स्नान गरी मध्यान्हकालमा महादेवको पूजाआजा गर्ने गरिन्छ भने साँझमा स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । हिन्दु धर्मालम्बीहरुले शुक्रबारदेखि माघ पूर्णिमासम्म घर–घरमा श्री स्वस्थानी कथा वाचन गर्ने गर्दछन । एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् । माघ शुक्ल पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ । सत्य युगमा हिमालय पर्वतकी ...
पाल्पामा बस दुर्घटना हुँदा ६ महिलाको मृत्यु, १६ जना घाइते

पाल्पामा बस दुर्घटना हुँदा ६ महिलाको मृत्यु, १६ जना घाइते

Breaking news 1, समाचार
बुटवल | पाल्पामा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुसार्ने गाउँका महिला हुन् । मृतकहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा पाण्डे रहेका रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मधुवन टारीफाँट नजिकै राधादी गैराजंगलमा गएराति साढे ९ बजेतिर दुर्घटना भएको थियो । ग १ ख ४९७७ नम्बरको बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए । दुर्घटनामा १६ जना घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादे...
ब्लड डोनर्स सोसाइटी नेपालको दोस्रो वार्षिकोत्सबको अवसरमा ` खुल्ला कविता लेखन प्रतियोगिता ´

ब्लड डोनर्स सोसाइटी नेपालको दोस्रो वार्षिकोत्सबको अवसरमा ` खुल्ला कविता लेखन प्रतियोगिता ´

Breaking news 3, समाचार
निराज रानाभाट , भरतपुर , चितवन : ब्लड डोनर्स सोसाइटी नेपालको दोस्रो वार्षिकोत्सबको अवसरमा ` खुल्ला कविता लेखन प्रतियोगिता ´ आयोजना गरिएको छ । उक्त प्रतियोगितामा " म एक रक्तदाता " भन्ने शिर्षकमा कविता लेख्नु पर्ने छ । उक्त प्रतियोगिताकामा कबिको रचनाले शिर्षकको मर्म बोकेको हुनुपर्ने छ भने कबिता मौलिक रचना हुनुपर्ने छ । कहिँ कतैबाट साभार गरिएको भेटिएमा प्रतियोगिताबाट हटाईने छ । कबिताले कुनै पनि धर्म , सस्कृती , जातजाती , व्यक्ति विशेषलाई आच आउने हुनुहुदैन । कबिता बढीमा २ सय शब्दको प्रेसित गर्नुपर्ने छ । कबिता नेपाली भासामा हुनुपर्ने छ । त्यसैगरी , लिखित कविताको PDF ब्लड डोनर्स सोसाइटी नेपालको ईमेल nepalblooddonorssociety@gmail.com मा पठाउनु पर्ने छ । कबिता मेलमा पठाउदा कबिको नाम , ठेगाना , उमेर , सम्पर्क नम्बर , ब्लड ग्रुप समाबेश गरि पठाउनु पर्ने छ । उत्कृष्ट रचना मध्यको सर्बोत्कृठ कवित...
सामाजिक अभियान्ता एवम् पत्रकार निराज रानाभाटले मरणोपरान्त अंगदान र आँखा दान गर्ने

सामाजिक अभियान्ता एवम् पत्रकार निराज रानाभाटले मरणोपरान्त अंगदान र आँखा दान गर्ने

समाचार
काठमाडौं : सामाजिक अभियान्ता तथा पत्रकार निराज रानाभाटले मरणोपरान्त अंगदान गर्ने भएका छन । वि.सं. २०७६ साल फागुन ०७ गते , भक्तपुर जिल्लाको शहीद भक्तधर्म राष्ट्रिय मानवअंग प्रत्यारोपण केन्द्र पुगेर उनले मृत्युपछि अंग प्रत्यारोपण गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका थिए । अंगदान गर्ने मञ्जुरीनामा पत्रमा उल्लेख भएअनुसार निधनपछि मिर्गौला / मुटु / फोक्सो / कलेजो / प्याङ्क्रियाज / सानो आन्द्रा दान गरिने छ । हस्ताक्षर गरेको मञ्जुरीनामामा लेखिएको छ - ‘ मेरो मृत्यु पश्चात मेरो शरीरबाट मृगौला / मुटु / फोक्से / कलेजो / प्याङक्रियाज / सानो आन्द्रा आदि अंश झिकी मृगौला / मुटु / फोक्सो / कलेजो / प्याङ्क्रियाज, सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मञ्जुरी भएकाले मानव शरीरको अंग प्रत्यारोपण ( नियमित तथा निषेध ) ऐन २०५५ को दफा १६ को उपदफा ( १ ) को खण्ड ( ख ) बम...
निर्मला हत्या प्रकरणको अनुसन्धान ब्यूँतियो, डीआईजीको नेतृत्वमा नयाँ समिति गठन

निर्मला हत्या प्रकरणको अनुसन्धान ब्यूँतियो, डीआईजीको नेतृत्वमा नयाँ समिति गठन

Breaking news 3, ट्रेन्डिङ, समाचार
काठमाडौं । निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटना अनुसन्धान गर्न पुनः समिति गठन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । मन्त्रीको निर्देशनमा शुक्रवार समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयका अधिकारीहरू बताउँछन् । समितिमा सिआईबीमा कार्यरत एसपी कमल थापा र मनोचिकित्सक डा। राजेश दत्त सदस्य छन् । २०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको हत्या भएको थियो । १३ वर्षीया पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ गरिएका विष्ट डिएनए नमिलेपछि रिहा भएका थिए । निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले दिलिपसिंह विष्टलाई समातेर स...