Monday, April 20News That Matters

समाचार

विषादी रहित खाद्यान्न भण्डारण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

विषादी रहित खाद्यान्न भण्डारण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

Breaking news 3, समाचार
निराज रानाभाट , ललितपुर : मेरो एग्रो प्रा.लि. ले विषादी रहित खाद्यान्न भण्डारण कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा ललितपुरको होटल हिमालयमा सरोकारवाला निकायसँग छलफल गरेको छ । कम्पनीले लामो समयदेखि विषादी रहित खाद्यान्न भण्डारणको लागि ग्रेन प्रो ब्याग, ग्रेन सेफ ब्याग, सुपर ग्रेन ब्याग, कोकुनका साथै छिटो छरितो सुकाउनको लागि सोलर बबल ड्रायर, कोल्यावसेवल ड्रायर र अक्सिजन नाप्नको लागि अक्सिमिटर, मोईस्चर मापनको लागि मोईस्चर मिटर, आदि बिक्री - वितरण गर्दै आएको छ । सरकारी एवम् गैरसरकारी व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रममा ब्यागको प्रभावकारीताको बारेमा प्रस्तुतिकरण गरिएको थियो । ग्रेन प्रोका लागि एसिया एण्ड मिडल ईस्ट कन्ट्रि म्यानेजर प्रविण गुप्ताले ब्यागको महत्व र यसको उपयोगिताको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै मेरो एग्रो प्रा.लि.का संचालक श्रीकृष्ण श्रेष्ठले ग्रामिण क...
देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

Breaking news 1, समाचार
काठमाडौं | देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो । उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ । टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन ।...
२३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

२३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

Breaking news 1, समाचार
काठमाण्डाै | पोखरामा हिजो आइतवार भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु गरिएकाे छ । पोखरामा शव बुझ्न चाहने आफन्तलाई पोस्टमार्टमपछि शव बुझाउन सुरु गरिएको हो । बाँकी सनाखत भइसकेका १८ जना र सनाखत हुन बाँकी २८ जना गरी ४६ जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । शव लिनका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा पुगिसकेको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले आज अबेर भएकोले भोलि मङ्गलवार बिहान ९ बजेपछि शव काठमाण्डाै पठाइने जानकारी दिनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले सेती नदीकाे खोँचमा खोजी कार्य जारी राखेको छ । आज पानीभित्रबाट एक जनाको शव निकालिएको र बाँकी तीन जनाको शव खोज्नका लागि गोताखोर टोलीसहित नेपाल प्रहरीका दुई ...
आज माघे संक्रान्ति

आज माघे संक्रान्ति

Breaking news 2, समाचार
सर्लाही  | सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ।  माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ। यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ। यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ। तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्।  बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा...
अझै खुलेनन् सर्लाहीका छोटी भन्सार कार्यालय

अझै खुलेनन् सर्लाहीका छोटी भन्सार कार्यालय

Breaking news 3, समाचार, सर्लाही बिशेष
सर्लाही |  द्वन्द्वको कारण देखाउँदै बन्द गरिएका सर्लाहीका छोटी भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आउन नसक्दा सिमानाकाबाट भन्सार छली तथा चोरी तस्करी बढेको छ । छिमेकी देश भारतसँग ५१ किलोमिटर खुला सिमानामा जोडिएको जिल्लामा सातवटा छोटी भन्सार कार्यालय छन् । एउटा मुख्य भन्सार कार्यालय रहेको छ । सबै छोटी भन्सार कार्यालय बन्द छन् । गोरखकाली नाकामा रहेको मुख्य भन्सार कार्यालय मात्र अहिले सञ्चालनमा छ । छोटी भन्सार कार्यालय बन्द हुँदा जिल्लाका साना व्यापारी मारमा परेका छन् । छिमेकी देश भारतसँग खुला सिमाना हुनु र नजिकै नेपाली बजार नहुँदा दैनिक उपभोग्य सामग्रीका लागि  भारतीय बजारमाथि भर पर्नुपर्ने हुँदा सीमा क्षेत्रका साना व्यापारी तथा स्थानीयवासी मारमा परेका स्थानीय जानकार उमाशङ्कर साहले बताउनुभयो । जिल्लाका साना व्यापारीले छोटी भन्सारको बाटो भएर सामान...
हतियारसहित मधेश प्रदेशबाट ५७ जना पक्राउ

हतियारसहित मधेश प्रदेशबाट ५७ जना पक्राउ

Breaking news 3, ट्रेन्डिङ, समाचार
सर्लाही | मधेश प्रदेशको विभिन्न जिल्लाबाट प्रहरीले दुई वर्षको अवधिमा करिब पाँच दर्जन व्यक्तिलाई हतियारसहित नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०७९।०८० को पुस महिनासम्ममा ८ वटा हतियार नियन्त्रणमा लिएको छ । भने,गत आर्थिक वर्ष २०७८।०७९मा ४९ वटा हतियारसहित व्यक्तिलाई समेत प्रकाउ गरेको थियो । नियन्त्रणमा लिइएको ५७ वटा हतियारमध्ये ४४ वटा कटुवा,पेस्तल लगायतका साना हतियार रहेको छ भने १३ वटा ठूलो हतियार नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सुमन तिमल्सिनाले बताए । सूरक्षाको दृष्टिकोणले प्रदेशको अत्ति संवेदनशील मानिएको जिल्ला बाराबाट सबभन्दा बढी सानो ठूलो गरी १६ वटा हतियार प्रहरीले नियन्त्रणमा लिएको छ भने सोही अवधिमा सबभन्दा कम महोत्तरी र सप्तरी जिल्लाबाट दुई÷दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको प्रवक्ता तिमल्स...
कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

Breaking news 2, समाचार
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। तराईका थोरै भू-भागहरूमा  हुस्सु/कुहिरो लागेको अवस्था छ। शनिबार कर्णाली, गण्डकी प्रदेश र प्रदेश १का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार पनि कर्णाली  प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  सोमवार भने प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरूका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।...
इस्मा गाउँपालिकाले नि:शुल्क मुटु परिक्षण शिविर सञ्चालन गर्ने 

इस्मा गाउँपालिकाले नि:शुल्क मुटु परिक्षण शिविर सञ्चालन गर्ने 

Breaking news 2, समाचार
निराज रानाभाट , गुल्मी : गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले मुटु परिक्षण शिविर सञ्चालन गर्ने  भएको छ । पालिकाको  वडा नम्बर - ०२ , छल्दिमा रहेको पालुखा माद्यामिक विद्यालयमा पुस ३० गते , शनिबार नि:शुल्क मुटु परिक्षण शिविर सञ्चालन गर्ने पालिकाले जनाएको छ ।  गाउँपालिकाले दीर्घ राेगी , अपाङ्ग र ६० वर्ष माथिका नागरिककाे नि:शुल्क मुटु परिक्षण गर्ने भएको हाे । गाउँपालिकाकाे वार्षिक नीति तथा कार्यक्रम वमोजिम इस्माली नागरिकको स्वास्थ्य परिक्षण अन्तर्गत माघे सक्रान्तिकाे अवसर पारि कार्यक्रमकाे आयोजना गरिएकाे गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले बताइन् । उनले भनिन् ` सांस्कृतिक कार्यक्रम सहित स्वास्थ्य परिक्षण हुने र यसबाट दाेहाेराे फाइदा लिने पनि भएकाले धेरै नागरिकलाई सेवा दिन सकिन्छ कि भन्ने  हेतुले सोहि दिन आयोजना गरियाे । ´  मुटु शिविरमा मुटुराेग बिशेषज्ञ डा...
बागमती सेवा समाजका अध्यक्ष कार्कीलाई उत्कृष्ट समाजसेवीको सम्मान

बागमती सेवा समाजका अध्यक्ष कार्कीलाई उत्कृष्ट समाजसेवीको सम्मान

Breaking news 1, ट्रेन्डिङ, समाचार, सर्लाही बिशेष
हरिवन,। हरिवनस्थित बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की उत्कृष्ट समाजसेवीको रुपमा सम्मानित हुनुभएको छ ।  कार्कीले समाजसेवाको क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै मैनाली सेवा समाज सर्लाहीले आफ्नो नवौं वार्षिक साधारणसभाका अवसरमा कार्कीलाई उत्कृष्ट समाजसेवीको रुपमा सम्मान गरेको हो ।  हरिवन स्थित सम्राट पार्टी प्यालेसमा समाजका जिल्ला अध्यक्ष केदारनाथ मैनालीको अध्यक्षता तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष कपिलमुनि मैनालीको प्रमुख आतिथ्यतामा भएको साधारणसभाका अवसरमा समाजसेवी कार्कीलाई सभाध्यक्ष, प्रमुख अतिथीसहित विशिष्ट अतिथी हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले नगदसहित दोसल्ला ओढाई सम्मान पत्रबाट सम्मान गर्नुभएको मैनाली सेवा समाज सर्लाहीले जनाएको छ ।  मैनाली सेवा समाजले बागमती सेवा समाजको अध्यक्ष हुनुभन्दा अगाडिकै समयदेखि सम्मानित व्यक्तित्व भरत कुमार ...
काठमाडौंमा माघ १ गतेदेखि ७ गतेसम्म ` प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा माघे संक्रान्ति मेला ´ ( प्रेस विज्ञप्ति सहित )

काठमाडौंमा माघ १ गतेदेखि ७ गतेसम्म ` प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा माघे संक्रान्ति मेला ´ ( प्रेस विज्ञप्ति सहित )

समाचार
निराज रानाभाट , काठमाडौं : माघ ०१ गतेदेखि ०७ गतेसम्म प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा माघे संक्रान्ति मेला ´ आयोजना गरिएको छ । जीवन र वातावरणको लागि कृषि जैविक विविधता ´ भन्ने मूल नाराका साथ ` राष्ट्रिय कृषि जैविक विविधता वर्ष ´ मनाईदै छ । उक्त कार्यक्रममा सांसद गगन थापाको प्रमुख आतिथ्य रहने छ । कृषि जैविक विविधता महत्त्व , संरक्षण र दिगो उपयोगमा सकृय रूपमा लाग्न उत्प्रेरित गर्ने हेतुले राष्ट्रिय जीन बैंककाे पहलमा राष्ट्रिय कृषि जैविक विविधता संरक्षण समितिको बैठकबाट वि.सं. २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता वर्ष ´ काे रूपमा घोषणा गरि मनाउने बारे निर्णय भएको छ । आर्थिक वर्ष २०७९ / ८० काे संघीय संसदमा प्रस्तुत नेपाल सरकारकाे बजेट वक्तव्य मार्फत वि.सं. २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता वर्ष ´ काे रूपमा मनाउने घोषणा गरिसकेको छ । नेपाल सरकारले यसै वर्षदेखि माघ ०१ ग...