ग्रेडर मेशिन हाँक्दै अनिता
दाङ | दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्र्याक खन्ने काममा व्यस्त हुनुहुन्छ, अनिता थारु । साना गाडी चलाउने महिलाको सङ्ख्याभन्दा ठूला गाडी चलाउने महिला न्यून छन् । तर अनिताले भने विगत चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न ग्रेडर मेशिन चलाउँदै आउनुभएको छ ।
उहाँ डेढ वर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रूपमा कार्यरत हुनुहुन्छ । अनिताले पछिल्लो समय भने उपमहानगरपालिकाभित्रका विकासका काममा ग्रेडर मेशिन चलाउँदै आउनुभएको छ । १२ कक्षासम्म अध्ययन सकेर घरमै बसेको समयमा आफन्तको सहयोगमा उहाँ बर्दियाबाट दाङ आएर ग्रेडर मेशिन चलाउन थाल्नुभएको हो । ‘मैले यतै आएर चलाउन सकेकी हुँ’, चालक अनिता बताउनुहुन्छ ।
‘कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई अघि बढाउन नसकेर घरमै बसेकी थिएँ’, उहाँले भन्नुभयो, ‘घरमा त्यसै बस्नुभन्दा ग्रेडर मेशिन चलाउन सि...







