Monday, April 20News That Matters

समाचार

बम विस्फोट हुँदा २ बालिकाको मृत्यु, ३ जना गम्भीर घाइते

बम विस्फोट हुँदा २ बालिकाको मृत्यु, ३ जना गम्भीर घाइते

Breaking news 1, समाचार
 काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् । स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए । बम नयाँ हो वा पुरानो भन्ने नखुलेको प्रहरीको भनाइ छ । गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका-१०  रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि  हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ । पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भएको प्रहरीको भनाइ छ । खेल्न गएका बालबालिकाको साथमा हसिया रहेको खुलेको डीएसपी रिमालले जानकारी दिए । बम विस्फोट भएको जमिनमा प्वा...
 खुकुरी प्रहार गरी एक जनाकाे हत्या

 खुकुरी प्रहार गरी एक जनाकाे हत्या

समाचार
चितवन | खुकुरी प्रहारबाट माडीमा एकजनाको हत्या भएको छ । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएकोे आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका  नेपालीको  टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो। नेपालीको हत्या गरेको आशङ्कामा कुमाललाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।...
भारतले विना सूचना विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको ज्यान गयो

भारतले विना सूचना विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको ज्यान गयो

ट्रेन्डिङ, समाचार
महाकाली नदीपारि भारतले सडक चौडा पार्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको ज्यान गएको छ । अर्की बालिका घाइते भएकी छिन् । हिजो भएको घटनामा व्यास गाउँपालिका-२ दुम्लिङका हिक्मत महराका छोरा ९ वर्षीय पवनको ज्यान गएको हो । हिक्मतकी छोरी १४ वर्षीया सरिना घाइते भएकी छिन् । उनकाे खुट्टामा चोट लागेकाे र अहिले जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको व्यास गाउँपालिकाका अध्यक्ष मङ्गल सिंह धामीले उज्यालोलाई जानकारी दिनुभयो । उहाँकाअनुसार भारतले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा विना सूचना विस्फोट गराउँदा घटना भएको हो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एकअर्कालाई असर पुर्याउने काम गर्न नपाइने र विस्फोट गराउनैपर्ने भए त्यसको सूचना दिनुपर्ने नियम छ । तर, हिजो भारतले सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा सूचना नै नदिएको जिल्ल...
तिहारको आज मुख्य दिन, भाइटीका

तिहारको आज मुख्य दिन, भाइटीका

समाचार
काठमाण्डौ l यमपञ्चक अर्थात् तिहारको पाचौँ दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटको समय उत्तम रहेको उहाँले बताउनुभयो । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थाली...
प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारको उम्मेदवारी खारेज

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारको उम्मेदवारी खारेज

ट्रेन्डिङ, समाचार
काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारको उम्मेदवारी खारेज भएको छ। नेपाली कांग्रेसले समानुपातिकमा उनको नाम बन्द सूचीमा राखेको थियो। प्रतिनिधि सभाको समानुपातिकमा रहेका परियारलाई लाभको पदमा रहेको भन्दै आयोगले सूचीबाटै हटाएको छ। उनको नाम दलित क्लस्टरमा रहेको थियो
बन्दसूचीबाट हटाइएका ५५० जनाको नामावली सार्वजनिक

बन्दसूचीबाट हटाइएका ५५० जनाको नामावली सार्वजनिक

ट्रेन्डिङ, समाचार
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीमा नाम समावेश भएका मध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका व्यक्तिको नाम सार्वजनिक गरेको छ । यही कात्तिक ८ गतेको आयोग र उक्त प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट ती नाम बन्दसूचीबाट हटाइएको हो । उक्त प्रणालीतर्फ छ हजार चारसय ५७ जना उम्मेदवार रहेकामध्ये निर्वाचन कानुन तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने तीन सय ६९, उम्मेदवारका सम्बन्धमा परेको दाबी विरोध उपर जाँचबुझबाट गरी पाँच सय ४८ र समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक र कालोसूचीमा रहेका एक गरी कूल पाँच सय ५० व्यक्तिको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाइएको छ ...
देशभर थप १६ जनामा कोरोना संक्रमण,३५ संक्रमित संक्रमणमुक्त्त

देशभर थप १६ जनामा कोरोना संक्रमण,३५ संक्रमित संक्रमणमुक्त्त

समाचार, स्वास्थ्य
काठमाडौं । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५५४ पीसीआर परीक्षणका क्रममा १४ जना र ५६३ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण आज पनि कसैको मृत्यु भएको छैन भने थप ३५ संक्रमित संक्रमणमुक्त्त भएका छन् । हाल नेपालमा ६४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।...
तिहारका लागि साढे २४ लाख फूलमाला खपत : प्रतिबन्ध लगाए पनि भारतबाट आयात रोकिएन

तिहारका लागि साढे २४ लाख फूलमाला खपत : प्रतिबन्ध लगाए पनि भारतबाट आयात रोकिएन

समाचार
काठमाण्डौ | यो तिहारमा साढे २४ लाख माला खपत भएको छ । देशभित्र उत्पादन भएको १७ लाख सयपत्री माला तथा मखमली, गोदावरी र भारतबाट आयात भएको सयपत्री गरी साढे २४ लाख माला खपत भएको र झण्डै १३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । भोलि मुख्य दिन भाइटीकासम्म नै कारोबार हुने भएकाले फूलको खपत र कारोबारको वास्तविक तथ्याङ्क भने तिहारपछि मात्रै आउने फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । तिहारमा प्रयोग हुने माला र फूलका लागि नेपाल भित्रकै उत्पादनले लगभग धान्न सक्ने अवस्था छ । तर, व्यवसायीले बढी नाफा कमाउन भारतबाट आयात गर्ने गरेका छन् । सरकारले यसवर्ष फूलमाला ल्याउन प्रतिबन्ध लगाएको भएपनि माला आयात भने रोकिएन । काठमाण्डौ तथा मुख्य बजारमा भारतबाट आयातित सयपत्री फूल किनबेच र कारोबार भैरहेको छ । यस वर्षको तिहारका लागि सयपत्री माला अनुमान भन्दा धेरै आयात भएको छ...
फेसबुकको शेयर, ट्याग, कमेन्टमा पनि निर्वाचन आयोगको निगरानी

फेसबुकको शेयर, ट्याग, कमेन्टमा पनि निर्वाचन आयोगको निगरानी

ट्रेन्डिङ, समाचार
काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालको शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्टमा पनि निगरानी राखेको छ । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नगर्न आग्रह गर्दै आयोगले कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा नगराउन भनेको छ । सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टीकाटिप्पणी नगर्न र नगराउन पनि भनेको छ । निर्वाचनमा प्रतिकुल प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा एकाउन्ट खोल्न, झुटा वेवसाइट नखोल्न वा सञ्चालन नगर्न र नगराउन पनि आयोगले आग्रह गरेको छ ।...
‘नो नट अगेन’ फेसबुक पेज तत्काल बन्द गर्न निर्देशन

‘नो नट अगेन’ फेसबुक पेज तत्काल बन्द गर्न निर्देशन

ट्रेन्डिङ, समाचार
काठमाडौं । निर्वाचन आयोगले दलका शीर्ष नेताहरुमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र गु्रुप तत्काल बन्द गर्न निर्देशन दिएको छ । ‘नो नट अगेन’ आदि नाममा बनेका फेसबुक ग्रपमा शीर्ष नेतामाथि लाञ्छना गरिएको भन्दै आयोगले यस्ता पेज र ग्रुप तत्काल हटाउन आग्रह गरेको हो । ४ मंसिरमा हुने चुनावका लागि उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा यस्ता ग्रुपमार्फत गरिएको लाञ्छनायुक्त अभिव्यक्ति, भ्रामक र द्वेषपूर्ण श्रव्य दृश्य सामग्री विद्युतीय कारोबार ऐनको दफा ४७, निर्वाचन कसूर तथा सजाय ऐन २०७३ को दफा २३ अनुसार कसूर मानिने आयोगले जनाएको छ । त्यस्तै यस्ता गतिविधि निर्वाचन आचारसंहिताविपरीत हुने पनि आयोगको भनाइ छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ । आयोगले यस्ता पेज र ग्रुप तत्...