सर्लाही ट्राफिक प्रहरीले १ बर्षमा उठायो २ करोड बढि राजस्व
सर्लाही । आर्थीक बर्ष २०७८/७९ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले २ करोड बढि राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका २५ हजार १६८ वटा सवारी साधनलाई कारवाहि गर्दा बर्षभरिमा २ करोड १६ लाख ३४ हजार पाँचसय रुपैँया राजस्व रकम संकलन भएको हो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक ईश्वर कार्किका अनुसार सबैभन्दा बढि कारवाहिमा पर्ने सवारीमा ट्रक पहिलो नम्बरमा रहेको छ ।
८ हजार ६२४ वटा ट्रक कारवाहिमा पर्दा सबैभन्दा बढि १ करोड ४३ हजार राजस्व संकलन भएको छ । ३२४ वटा यात्रुबस कारवाहिमा पर्दा २५ हजार ५००, ७ हजार २६८ वटा कार, जिप र भ्यान कारवाहिमा पर्दा ५३ लाख ८ हजार ५०० राजस्व संकलन भएको छ ।
त्यसैगरि ९३३ वटा ट्रयाक्टर कारवाहिमा पर्दा ६ लाख ४४ हजार ५००, ७ हजार ७०४ वटा मोटरसाईकल कारवाहिमा पर्दा ५१ लाख ९० हजार ५०० र ३१५ वटा टेम्पोसहित अन्य सवारी कारवाहिमा पर्दा १ लाख ९३ हजार र...