Saturday, April 18News That Matters

सर्लाही बिशेष

ईश्वरपुर र हरिपुरका विपन्न नागरिकहरुलाई न्यायाे कपडा वितरण

ईश्वरपुर र हरिपुरका विपन्न नागरिकहरुलाई न्यायाे कपडा वितरण

Breaking news 1, ट्रेन्डिङ, सर्लाही बिशेष
ईश्वरपुर | कठ्यांग्रीदो चिसोमा ईश्वरपुर नगरपालिकाका बिपन्न परिवारलाई न्यानो कपडा विरतण गरिएको छ । शनिवार वडा नम्बर १, ३ र ९ का बिपन्न परिवारलाई नगरप्रमुख मनोज कुमार आचार्यको बिशेष पहलमा बागमति सेवा समाजले न्यानो कपडा बितरण गरेको हो । विपद्को क्षेत्रमा सक्रिय संस्था बागमती सेवा समाज नेपाल हरिवनले इस्लामिक रिलिफ नेपाल काठमाडौँसँग सहकार्य गरी बिपन्न परिवारलाई न्यानो कपडासहित अन्य सामाग्री बितरण गरेको बागमति सेवा समाजले जनाएको छ । चिसोका कारण केहिको मृत्यु समेत भईसकेको हरिपुर नगरपालिकाका बिभिन्न वडामा पनि बागमति सेवा समाजले न्यानो कपडा बितरण गर्दै छ । बिपन्नलाई प्रति परिवार करिव साँढे आठ हजार बराबरको न्यानो कपडा वितरण भईरहेको वागमती सेवा समाज नेपालका कार्यक्रम निर्देशक निरज भण्डारीले जानकारी दिए । उनिहरुलाई कम्बल, सिरक, झुल, मोजा, टोपी लगायत चिसोमा लगाउने न्यानो कपडा वितरण गरिँदै छ । ...
सर्लाहीमा आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

सर्लाहीमा आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

Breaking news 2, ट्रेन्डिङ, सर्लाही बिशेष
हरिव | सर्लाहीको हरिवमा आगो ताप्नेक्रममा जलेर एकजनाको मृत्यु भएको छ। हरिवन नगरपालिका–३ स्थित तुलसी हुमागाईले संचालन गरेको चिरान मिलमा आगो ताप्ने क्रममा जलेर सोही ठाउँकी ५५ वर्षीया गोरीमाया रखालको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। गोरीमायाका पति टिकाराम रखाल सोही चिरान मिलमा कामदार छन्। उनी पतिले काम गरेको ठाउँमा गएर आगो ताप्ने क्रममा घटना भएको हो। बिहीबार बिहान मिलभित्र आगो तापिरहेको अबस्थामा अचानक शरीरको कपडामा आगो सल्किँदा उनी गम्भीर घाइते भएकी थिइन्। तत्कालै उनलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारको क्रममा दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए। गोरीमायाको शव अहिले अस्पतालमै छ। बिहीबार बिहानदेखि तराईका जिल्लामा बाक्लो हुस्सु लाग्दा चिसो अत्यधिक बढेको छ। नेपालखबर...
सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

Breaking news 1, सर्लाही बिशेष
हरिपुर | सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको ज्यान गएको छ। हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।   ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश मङ्सिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकामा त्यहीँ चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको पीडित परिवारले जनाएको छ।  केही वर्षअघि जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश सरकारले जस्ताले छाएको दुई कोठे घर निर्माण गरिदिएको थियो। दुई कोठामध्ये एउटा कोठा दाइ मोती माझी र अर्को कोठा रमेशले अंशबन्डा गरेका थिए। एउटै कोठामा रमेश, उनकी श्रीमती चन्दु माझी, जेठो छोरा पङ्कज र बुहारी आँचल र कान्छो छोरा कृष्णनन्दनसहित पाँच जना ब...
सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा युवकको मृत्यु, ५ जना गम्भीर घाइते

सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा युवकको मृत्यु, ५ जना गम्भीर घाइते

Breaking news 1, सर्लाही बिशेष
हरिवन | सर्लाहीको हरिवन र बागमतीमा भएका दुई सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। शनिबार साँझ हरिवन नगरपालिका १ भोक्टेनीमा ज १ च १७१९ नम्बरको बोलेरोले विपरीत दिशाबाट आउँदै गरेको ना ५३ प ९७९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने दुई किशोर गम्भीर घाइते भएका छन्।  दुर्घटनामा गम्भीर घाइते भएका हरिवन नगरपालिका ८ डाँडाटोल निवासी २२ वर्षीय नवीन राईको उपचारका क्रममा वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ। राईको गएराति वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए।  दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका गिरिराज रानाका छोरा १८ वर्षीय साहिल राना र एकराज घिमिरेका छोरा विज्ञान घिमिरे गम्भीर घाइते भएका छन्।&n...
मलंगवामा इंगेज परियोजनाको समीक्षा तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

मलंगवामा इंगेज परियोजनाको समीक्षा तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

Breaking news 2, सर्लाही बिशेष
मनोज यादव,सर्लाही | विगत ४ वर्षदेखि प्रेरणा,भि.एस.ओ र एच.आइ को साझेदारीमा मलंगवा नगरपालिकामा संचालित किशोरी सशक्तीकरणको लागि शिक्षा कार्यक्रम (INGAGE project)को आइतवार समीक्षा गरि उक्त कार्यक्रम मलंगवा नगरपालिकालाई हस्तान्तरण गरिएको छ। सन् २०१८ को अगस्ट देखि सुरु भई सन् २०२२ को डिसेम्बर महिनामा फेजआउट हुन लागेको उक्त प्रोजेक्ट सोमबार सदरमुकाम मलंगवा स्थित महेन्द्र होटलमा एक कार्यक्रमको आयोजना गरि १२ प्रमुख प्रशासकीय अधिकृत तथा १२ वटै वडाका वडाप्रमुखहरुको रोहवरमा नगर प्रमुख नागेन्द्र प्रसाद रायलाई हस्तान्तरण गरिएको हो। दिगोपनाको लागि संचालन भइरहेको कार्यक्रमहरु विद्यालय जाने बालबालिकालाई निरन्तरता दिन ,विभिन्न सीपहरु सिकेका बालबालिकाहरुलाई निरन्तरता दिन,सामुदायिक सिकाई केन्द्रलाई निरन्तरता दिन,बालिका तथा सामाजिक शिक्षा संजाललाई निरन्तरता दिन,अपाङ्गता भएका बालबालिकाहरुलाई दिइने सरसहयोग...
हरिपुरमा आठौ राष्ट्रिय उधोग दिवस मनाइयो

हरिपुरमा आठौ राष्ट्रिय उधोग दिवस मनाइयो

Breaking news 2, सर्लाही बिशेष
सर्लाही । सर्लाहीमा आठौ राष्ट्रिय उधोग दिवस मनाइएको छ ।शुक्रवार घरेलु तथा साना उधोग कार्यलयको आयोजना तथा घरेलु तथा साना उधोग कार्यलय प्रमुख जितेन्द्र किशोर गुप्ताको अध्यक्षतामा अौधोगिक लगानी र पूर्वाधार समृद्धिको बलियो अधार मुल नाराका साथ हरिपुर नगरपालिकामा आठौ राष्ट्रिय उधोग दिवस मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी हरिपुरको सभाहलमा गरिएको कार्यक्रममा उधोग दर्ता गर्न आवश्यक पर्ने कागजातहरु,निजि फर्म दर्ता गर्न लाग्ने राजस्व, वाणिज्य फर्म दर्ता गर्न आवश्यक पर्ने कागजातहरु,उधोगको प्रकार, कार्यलय बाट प्रवाह हुने सेवाहरु लगायतका विभिन्न विषयमा चर्चा गरिएको थियो । त्यस्तै सर्लाहीमा १४ हजार १ सय ८१ उधोग फर्म दर्ता र १२हजार ६सय ९ वाणिज्य फर्म दर्ता रहेको घरेलु तथा साना उधोग कार्यलय मलंगवाले जनाएको छ । प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारीले नेपालमा उधोग धन्दा गर्न ग्राहो छ, कानुनी समस्या नभए...
मोटरसाइकल दुर्घटना हुँदा ईश्वरपुरमा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा ईश्वरपुरमा एक जनाको मृत्यु

Breaking news 2, सर्लाही बिशेष
ईश्वरपुर | सर्लाहीको ईश्वरपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।  शुक्रबार राति ईश्वरपुर ९ खोरिया टोलस्थित बयलवास नाढिमन सडकखण्डमा नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ घर भएका ३५ विजय मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मुखियाको उपचारको क्रममामा शनिबार बिहान सिद्धिबिनायक अस्पताल बयलवासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
सांस्कृतिक पर्व जोगाउन चन्द्रनगरमा समा–चकेवा उत्सव, उत्कृष्ट हुने परिस्कृत

सांस्कृतिक पर्व जोगाउन चन्द्रनगरमा समा–चकेवा उत्सव, उत्कृष्ट हुने परिस्कृत

Breaking news 1, सर्लाही बिशेष
चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा समा–चकेवा उत्सव सम्पन्न भएको छ । मंगलवार गाउँपालिकाको आयोजना तथा गाउँपालिकाको अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा समा–चकेवा उत्सव सम्पन्न भएको छ । समा–चकेवा उत्सव प्रदर्शनीमा उत्कृष्ट हुने क्लबहरुलाई परिस्कृत समेत गरिएको छ । परिस्कृत हुने क्लबहरु नव निर्माण युवा क्लब खडकाटोल, श्री युनाइटेड युथ क्लब खडकाटोल, श्री जनज्योती युवा क्लब चन्द्रनगर रहेको छ । प्रथम हुने नव निर्माण युवा क्लब खडकाटोललाई नगद रु १५ हजार तथा प्रमाणपत्र, दोस्रो हुने श्री युनाइटेड युथ क्लब खडकाटोललाई नगद रु. १० हजार तथा प्रमाण पत्र र तेस्रो हुने श्री जनज्योती युवा क्लब चन्द्रनगरलाई नगद रु ७ हजार तथा प्रमाण पत्र प्रदान गरिएको कार्यक्रमको उदघोषक अमृत चौधरीले जानकारी दिनुभयो ।गाउँपालिका अध्यक्ष राजकुमार महतोले तराई मधेशमा सांस्कृती पर्व जोगाउन कुनै पनि निकाय बाट कार्यक्रम न...
सर्लाहीमा माओवादीका ‘बागी’ पार्टीबाट निष्काशित

सर्लाहीमा माओवादीका ‘बागी’ पार्टीबाट निष्काशित

Breaking news 1, राजनीति, सर्लाही बिशेष
लालबन्दी । सर्लाहीमा नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिने र उनीहरुका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्काशन गरिएको छ । पार्टीको मधेश प्रदेश कमिटीका इन्चार्ज गणेश साहले सर्लाहीमा पार्टीका ११ जना नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेका हुन् । कारवाहीमा पर्नेमा ५ जना बागी उम्मेदवार र बाँकी ६ जना उनीहरुको प्रस्तावक तथा समर्थक छन् । ५ दलिय गठवन्धनको विरुद्धमा उम्मेद्वारी दिएका सर्लाही क्षेत्र नं. १ (ख) बाट राजनकुमार श्रेष्ठ र क्षेत्र नं. ३ (क) बाट जवाहारलाल कुशवाहालाई पार्टीले कारवाही गरेको छ । श्रेष्ठले बागी दिएको क्षेत्र नं. १ (ख) मा गठवन्धनबाट नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र कुशवाहाले बागी दिएको क्षेत्र नं. ३ (क) बाट समाजवादीकै डिल्लीप्रसाद उप्रेतीको उम्मेदवारी परेको छ । त्यस्तै, सर्लाही क्षेत्र नं. ४ (ख) बाट बागी उम्मेदवारी दिने तीन जना नेता महेन्द्र...